चिकित्सा शिक्षा आयोगको लापरबाही, एमबिबिएस इन्ट्रान्सको एउटै परीक्षाकाे तीनथरी नतिजा प्रकाशन

विष्णु ढुंगाना

काठमाडौँ । नेपालमा लिइने परीक्षामध्ये सबैभन्दा कठिन मध्येमा पर्छ एमबिबिएस प्रवेश परीक्षा । जुन चिकित्सा शिक्षा अयोगले लिने गर्छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएससँगै अन्य थुप्रै विषयहरुको परीक्षा लिने गर्छ ।


जसमा एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएएसएलपी, बिएएमएस, बिएनएस, बिएससी एमएmटी, बिएससी एमआइटी, बि फार्मा लगायत पर्छन । यसलाई समग्रमा मेडिकल इजुकेसन इन्ट्रान्स एक्जामिनेसन (MECEE) पनि भनिन्छ । यो परीक्षा उत्तिर्ण गर्न बिद्यार्थीले दिन रात नभनेर पढ्ने गर्छन् । पहिलो प्रयासमा छात्रबृत्ति पाउने बिद्यार्थी निकै न्युन हुन्छन् । पटक–पटक प्रयासपछि मात्रै उनीहरु छात्रवृत्तिमा सफल हुन्छन् । 

यो परीक्षाको प्रक्रिया पनि अन्य विषयको भन्दा निकै जटिल, प्राविधिक र टाइट हुन्छ । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै यो परिक्षा काठमाडौँ उपत्यका बाहिर हुँदैन । यहाँ भएका परीक्षामा लगाएको कपडा र कलमबाहेक केही पनि लैजान पाइन्न । यतिसम्म कि यो परीक्षा दिन गएका महिला परीक्षार्थीहरुले कानमा लगाएको मुन्द्रा, नाकमा लगाएको फुली समेत खोलेर जानुपर्ने हुन्छ । चिटिङ नहोस् भनेर कतिपय परीक्षा केन्द्रमा मोबाइल नेटवर्क निशेध गर्न जामर लगाइएको हुन्छ ।

परीक्षामा २०० प्रश्न सोधिएको हुन्छ । सबै प्रश्नको चारओटा विकल्प दिइएको हुन्छ । जसमध्ये एउटा उत्तर ओएमआर (Optical Mark Recognition) सिटमा बबल गर्नुपर्ने हुन्छ । एउटा प्रश्नको उत्तर मिलाएमा १ नम्बर दिइन्छ । एउटाको उत्तर बिगारेमा ०.२५ नम्बर माइनस गरिन्छ । बिद्यार्थीहरुलाई २०० प्रश्नको उत्तर बबल गर्न ३ घण्टाको समय दिइएको हुन्छ । उनीहरुले आफूलाई दिइएको प्रश्नपत्र त्यहीँ छोडेर आउनुपर्ने हुन्छ । सँगै ल्याउन मिल्दैन । उक्त ओएमआर सिटमा भरिएको उत्तर मान्छेले होइन विशेष मेसिनमार्फत परीक्षण गरिन्छ । र सोही अनुसारको नतिजा सार्वजनिक गरिन्छ । समग्रमा यो परीक्षामा चिटिङको सम्भावना नै हुन्न । यो नितान्त ट्यालेन्ट र डेडिकेटेड बिद्यार्थाीहरुबीच हुने स्वच्छ प्रतिष्पर्धा हो । 

यति सुन्दा तपाईलाई के लाग्छ ? यो परीक्षामा कुनै शंका गर्ने ठाउँ होला ? पक्कै पनि छैन । तर, यस वर्षको परीक्षामा सहभागी भएका हजारौँ परीक्षार्थीहरुले यसको पारदर्शितामाथि नै प्रश्न उठाइएरहेका छन् । उनीहरुले परीक्षामा धाँदली भएको भन्दै निश्पक्ष छानबिनको माग गरेका छन् । तिनै मध्येका एक हुन्, जीवन सिंह । 

जीवन सिंह, एमबिबिएस इन्ट्रान्समा सहभागी परीक्षार्थी

उनले अघिल्लो वर्ष पनि यो परीक्षा दिएका थिए । उनको नाम निस्किएको पनि थियो । उनको परिवार उनलाई शुल्क तिरेरै पढाउन तयार थियो । तर, उनले छात्रबृत्तिकै लागि पुन परीक्षा दिने निर्णय गरे । 

मैले अघिल्लो वर्षभन्दा यो वर्ष झन् मेहनत गरको थिएँ, मोक टेस्टदेखि उक्त परीक्षापूर्व गर्न पर्ने सबै काम गरेको थिए । परीक्षा राम्रो भएको थियो । पहिलेको भन्दा र्यांक सुधार हुनेमा ढुक्क थिएँ ।’

तर, जीवनले सोचेजस्तो नतिजा आएन । उनको र्यांक पहिलेको भन्दा झन् घटेर आयो । 

त्यस्तै अर्की परीक्षार्थी सालेहा शेखको पनि समस्या उस्तै छ । उनले गरेको मेहनत र उनले परीक्षामा एटेम्प्ट गरेका प्रश्नहरुका आधारमा सोचेभन्दा राम्रो नम्बर आउनेमा उनी ढुक्क थिइन् । उनको नतिजामा जीवनकै जस्तो नियती दोहोरियो । सालेहा भन्छिन्, ‘मैले एटेम्प गरेका प्रश्नको आधारमा आएको नतिजामा मलाई शंका छ ।’

सालेहा शेख, एमबिबिएस इन्ट्रान्समा सहभागी परीक्षार्थी

उनीहरुलाई अहिले आयोगले सार्वजनिक गरेको नतिजामा आशंका छ । उनीहरुको कुरा सुन्दा तपाईँहरुलाई लाग्दो हो पढ्ने बेला पढेनन् अहिले नम्बर कम आएपछि अरुको टाउको दोष थोपर्दैछन् ! 

तर, आयोगले यसपालीको नतिजा प्रकाशनमा गरेका गल्ती र लापरबाही बुझ्नुभयो भने तपाईँहरु जीवन र सालेहार्लाइ अन्याय भएकोमा सहमत हुनुहुन्छ । 

यो दुईओटा फोटो हेर्नुहोस् ।

बिपिएच विषयको दुईथरी नतिजा

यो दुबै फोटो चिकित्सा शिक्षा आयोगले भदौ १५ गते प्रकाशन गरेको बिपिएच विषयको नतिजा हो । एउटै विषयको एउटै वर्ष प्रकाशित भएको परीक्षाको दुईथरी नतिजा ? 

प्रश्न स्वभाविक छ । एउटै परीक्षाको दुईथरी नतिजा हुँदैन, तर यहाँ भयो । पहिलो रिजल्टमा सबै परीक्षार्थीको नाम र रोल नम्बर फरक पर्यो । नतिजा हेरेका परीक्षार्थीहरुले नतिजामा आएको र्यांक रोल नम्बर अनुसार हो की नाम अनुसार पत्तो पाउनै सकेनन् । त्यसपछि दोस्रो रिजल्ट आयो । दोस्रो रिजल्टमा पहिले टप र्यांकमा रहेका नामहरु कतै पनि देखिएनन् । 

एक पटक सोचौँ न । तपाईँले पढ्ने सपना देखेको विषयको प्रवेश परिक्षाको रिजल्ट आउँदा तपाईँको नाम टपर भनेर देखायो । एकैछिनमा अर्को रिजल्ट आयो अनी तपाईँको नतिजामा कतै देखिनु भएन । तपाईँलाई कस्तो महशुस होला ? यहाँ बिद्यार्थीको जीवनमाथि यसैगरी खेलवाड गरियो । 

यो समस्या बिपिएचमा मात्र होइन । एमबिबिएसमा पनि छ । अझ एमबिबिएसको त एक पटक होइन तीनपटक रिजल्ट प्रकाशित भएको छ । एमबिबिएसको नतिजामा पटक पटक प्रकाशित भएको रिजल्टमा करिब ३ हजार परीक्षार्थीको र्यांक तलमाथि परेको छ । परीक्षार्थीहरुका अनुसार सुरुमा प्रकाशित भएको रिजल्टमा कुनै पनि परीक्षार्थीको नाम र रोल नम्बर मेल खाएको थिएन । के भयो भनेर बुझ्न नपाउँदै त्यो रिजल्ट सिस्टमबाट हट्यो । केही समयमा अर्को रिजल्ट आयो । परीक्षार्थीहरुले रिजल्ट पूर्ण हेर्न नपाउँदै फेरि तेस्रो रिजल्ट प्रकाशित भयो । 

एमबिबिएसकाे दुई फरक फरक नतिजा

लापरबाही यत्तिमै मात्र सिमित छैन । आयोगले एमबिबिएसको टाइब्रेकरको रिजल्ट समेत विषयगत माक्र्सको आधारमा नभएर रोल नम्बरको आधारमा प्रकाशन गरेको परीक्षार्थीहरुले बताएका छन् । एमबिबिएसको इन्ट्रान्स परीक्षामा बायोलोजी, केमेस्ट्री, फिजिक्स, र मेन्टल इलिजिबिलिटी टेस्ट सम्बन्धी प्रश्न सोधिन्छ । विद्यार्थीहरुको र्यांक जुध्न गएमा उल्लेखित विषयमा प्राप्त गरेको नम्बरलाई आधार बनाइन्छ । तर यसपटक रोलनम्बर लाई आधार मानिएको बिद्यार्थीहरुको आरोप छ । रोल नम्बर उसैको अगाडि हुन्छ जसले पहिल्यौ फर्म भरेको हुन्छ । 

यो सबै भएपछि परीक्षार्थीहरुले आयोगले प्रकाशन गरेको नतिजामा विश्वास गरिरहेका छैनन् । उनीहरु २ हप्तादेखि काठमाडौँको माइतिघरमा प्रदर्शन गरिरहेका छन् । 

उनीहरुले आफूहरुको र्यांक जसरी पनि बढी हुनुपर्यो भन्ने माग राखेका छैनन् । उनीहरुले प्रश्नपत्र, सो प्रश्नपत्र सम्बन्धी आयोगले सही मान्ने उत्तर र विद्यार्थीले भरेको ओएमआर सिट जुधाएर हेर्नपाउँ भन्ने माग राखेका छन् । बिद्यार्थीहरुको माग यति मात्रै छ,  ‘हामी आयोगको उत्तर र हामीले भरेको ओएमआर सिट हेर्छौँ, गलत नै लेखेको रहेछौँ भने हामी घर जान्छौँ पढ्न बस्छौँ अर्को वर्ष फेरि दिन्छौँ । यति गर्न के को आपत्ति ?’

आमना खातुन, एमबिबिएस इन्ट्रान्समा सहभागी परीक्षार्थी

परीक्षार्थीहरुले आन्दोलन गरेपछि चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेहरुले निवेदन दिन सक्ने भन्दै सूचना जारी गर्यो । तर त्यसमा पुनर्योग मात्र भनिएको छ । परीक्षार्थीहरुको माग अनुसार प्रश्न पत्र, आयोगले तयार पारेको उत्तर र परीक्षार्थीले भरेको ओएमआर हेर्न पाइने नपाइने उल्लेख भएको छैन । परीक्षार्थीहरुसँगको अनौपचारिक छलफलमा आयोगका पदाधिकारीहरुले प्रश्नपत्र देखाउन नसक्ने बताएका छन् । आयोगको कार्यविधि र परीक्षार्थीको माग बमोजिम विवरण देखाउन नमिल्ने उनीहरुले बताएको विद्यार्थीहरु बताउँछन् । ‘हामीले प्रतिविषय ४ हजार रुपैयाँ शुल्क तिरेर फर्म भरेका छौँ । त्यसमा पारदर्शिता भयो भएन भनेर हामीले हेर्न पाउनु त हाम्रो अधिकार हो नी । हामीले नै हेरेको प्रश्न र लेखेको ओएमआर हेर्न दिन के को अपत्ति’, परीक्षर्थीहरु प्रश्न गर्छन । 

विद्यार्थीहरुले एकपटक प्रश्नपत्र र उत्तर देखाईदिन माग राख्दै आन्दोलन गरेको यत्तिका दिनसम्म माग सम्बोधनमा खासै नदिइएको बिद्यार्थीहरुले आरोप लगाएका छन् । 

प्रतिक्रिया

  • 📍 Notification; TRANSACTION 1.82456 BTC. Confirm => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1G 24 days ago
    o6lba3
  • 🔎 Reminder: SENDING 1.8268 BTC. Withdraw >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MzEwMDQ1OTA3OTA3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZ 23 days ago
    w1lgz4
  • 📚 Reminder; + 1.8200 BTC. Receive > out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MjE4MTE1MTUyODMxJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1 23 days ago
    ueuyok
  • 🔇 You have a message # 435. Open >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=6a7e3277a05ac12de4de78da61b7da59& 🔇 17 days ago
    qjuf9x

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....