दुर्लभ ५ वटा विश्व रेकर्ड बनाएका नेपाली सैनिक हरिचन्द्र गिरी

युवराज कँडेल

काठमाडौँ । तीन वर्षअघि दाङका हरिचन्द्र गिरीले आमालाई काठमाडौँ घुम्न बोलाए । आमालाई लिएर उनी भक्तपुर दरबार स्क्वाएर घुम्न गए । दरबार घुम्दै गर्दा आमा न्यातपोल दरबारको आँगनमा उभिइरहेकी थिइन् । हरि अग्ला खुड्किला भएको न्यातपोल मन्दिरको माथिल्लो सिँडीलाई हातले टेकेर उल्टो गरी ओरालो झर्न थाले । ‘न्यातपोलको सिँडीमा छोराले उल्टो गरी हातले टेकेर हिँडेको देखेर आमा आत्तालिनु भयो, रुन थाल्नु भयो । म सिँडी ओर्लने बेलासम्म आमा रोइरहनु भएको थियो,’ गिरीले आफ्नो अभ्यासको पुराना दिन सिधाकुरासँग साटे । 


नेपाली सेनाका लेसनायक हरिचन्द्र गिरी ५ वटा विश्व कीर्तिमान राख्न सफल नेपाली सैनिक हुन् । पछिल्लो ४ वर्षमा मात्रै गिरीले हातले टेकेर अग्ला भर्याङबाट झर्ने देखि ट्रकको टायरमा स्किपिङ गर्नेसम्मका दुर्लभ विश्व रेर्कड गिनिज वल्र्ड रेकर्डमा दर्ज गराएका छन् । नेपाली सेनाका सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा कार्यरत उनी दाङको देउखुरीका हुन् । सानैदेखि फूर्तिला उनलाई जिमन्याष्टिकका अनेक विधामा रुची थियो । सन् २०१४ मा पहिलो पटक एक विदेशीले हातले टेकेर हिँडेर विश्व रेर्कड कायम गरेको देखेपछि उनलाई त्यस्तै रहर पालायो । सुगठित शरीर भएका गिरी त्यसपछि अग्ला खुुड्कीला भएको भर्याङमा हातले टेकेर झर्ने अभ्यास गर्न थाले । 

उनी कहिले स्वयम्भूको उकालोका खुुड्कीला हातले टेकेर झर्दै गरेका हुन्थे त कहिले अग्ला भवनका भर्याङ झरिरहेका हुन्थे । न्यातपोल मन्दिर परिसरमा आमालाई सोही अभ्यास देखाउन गिरीले खुड्किलोमा अभ्यास गरेका थिए । पहिले ५० वटा खुड्किला झर्न ४५ सेकेण्ड लाग्ने गरेकामा निरन्तरको अभ्यासमा उनले १२ सेकेन्ड ६५ मिलिसेकेन्ड मै ५० वटा सिँडी झर्न सक्ने बनायो । उकालोमा बनाइएको खुड्किलासहितको भर्याङमा, सामान्य मान्छेले हिड्ने भन्दा ठ्याक्कै उल्टो तरिकाले अर्थात दुुबै हातले टेकेर, दुुबै खुट्टा माथि फर्काएर भर्याङका खुड्किालाबाट आरोलो झर्ने त्यो पनि तिब्र गतिमा । 

उनले दाङको देउखुरीस्थित एक भर्याङको ५० खुड्किला जम्मा १२ सेकेण्ड ६५ मिलिसेकेण्डमा हातले टेकेर उनी झरे । गिरीले गरेको सो कार्य र समयले गिनिज वल्र्ड रेकर्डको यस अघिको रेकर्ड तोड्यो । स्वीट्जरल्याण्डका एक व्यक्तिको नाममा रहेको १४.५८ सेकेण्डमा ५० वटा खुड्किला उल्टो हिँडेर बनाएको रेकर्ड तोडेर गिरीले पहिलो विश्व रेर्कडमा नाम लेखे । 

एकै दिन दुई रेकर्ड

पहिलो रेर्कड राखेको केही समयमै गिरीले अर्का दुई विश्व रेर्कड पनि बनाए । त्यो पनि एकै दिनमा । सन् २०२२ मा गिरीले जमिनामा हातले टेकेर दुुबै खुट्टाको बिचमा फुटबल राखेर ५० मिटर दुुरी तय गरे । त्यो पनि जम्मा २५.५८ सेकेण्डमा । यो रेर्कड बनाउन उनले दुबै हातले टेकेर, दुबै खुट्टा माथि फर्काएर बिचमा फुटबल च्यापेर दूरी तय गरेका थिए । यसअघि एक चिनीयाँले २६.०९ सेकेण्डमा यस्तो रेकर्ड राखेका थिए । तर, हरिले ९ सेकेण्ड कममै सो बिधामा नयाँ किर्तिमान बनाए । 

उक्त खेलमा विश्व रेकर्ड बनाएको दिनमै हरिले १० मिटर दूरीमा पनि सोही खेलको रेकर्डका लागि प्रयास गरे । गिजिन वल्र्ड रेकर्डस्का लागि पनि नयाँ विधा रहेको सो खेलमा र समयमा उनले झनै दुर्लभ किर्तिमान बनाए । जमिनमा दुई हातले टेकेर, खुट्टाका बिचमा फुटबल राखेर जम्मा ४.४९ सेकेण्डमा उनले १० मिटर दुुरी पार गरे । यो रेर्कड यस अघि बनेकै थिएन। यो रेर्कड उनले नेपाली सेनाको मुख्यालयकै मैदानमा राखेका थिए । 

७५ खुुड्कीला २५.०३ सेकेण्डमा पहिलो रेर्कड जस्तै गरि हरिले चौथो रेर्कड पनि गिनिज वल्र्ड रेर्कडस्मा राखे । उनले ७५ वटा खुुड्कीला हातले टेकेर जम्मा २५.०३ सेकेण्डमा तय गरे । चौथो रेर्कडका लागि उनले काठमाडौँको बुढानिलकण्ठ स्थित एक गुम्बाको भर्याङ झरेर राखे । यही विधामा उनले ५० खुड्किलामा यसअघि नै विश्व रेकर्ड राखेका थिए । 

टायरमा चढेर १२० पटक स्किपिङ पाँचौ रेर्कड भने उनको शारीरिक सन्तुलनसँग सम्बन्धीत छ । ट्रकको टायर सिधा राखेर, टायरलाई गुड्न नदिई, त्यस माथि उभिएर डोरी नाग्ने अर्थात स्किपिङ गर्ने खेलमा उनले रेकर्ड कायम गरे । गिनिज वल्ड रेर्कडसमा यस अघि नभएको यो रेर्कडका लागि गिनिज वल्र्ड रेर्कडको कार्यालयले केही मापदण्ड बनाइदिएको थियो । जसअनुसार १ मिनेटमा ६० पटक स्किपिङ गर्न सके मात्रै पनि रेर्कड बन्ने थियो । तर, उनले २०२४ मा गिनिज वल्र्ड रेर्कडसले तोकेको न्युनतम मापदण्ड पनि पार गरे । टायरमाथि उभिएर एक मिनेटमा उनले १२० पटक स्किपिङ गरे । उनले यो रेर्कड नेपाली सेनाको खेलकुद केन्द्र भित्रै राखेका थिए । 

गिरीले सबै रेर्कड राख्नका लागि अनलाईबाट प्रस्ताव पेश गर्ने गरेका छन् । उनको प्रस्ताव स्वीकार भएपछि गिनिज वल्र्ड रेर्कडसले केही मापदण्ड सहित रेर्कडका लागि अनुमति दिन्छ । जसका लागि सबै कोणबाट भिडियो कैद गर्नुपर्छ । ‘रेर्कडका लागि गर्न लागेको काम र समय एकै फ्रेममा देखिने गरि भिडियो कैद गर्नुपर्छ । साथै दर्शकहरुका बिचमा पनि प्रर्दशन गर्नुपर्छ । यी सबै प्रक्रिया पुरा गरेपछि मात्रै विश्व रेर्कडको दाबी पेश गर्नुपर्छ,’ रेकर्ड राख्दाको अनुभव सुनाउँदै गिरी भन्छन् ‘उक्त भिडियो, समय तथा फारम हेरेपछि मात्रै गिनिज वल्र्ड रेकर्डसले रेर्कड मान्यता दिन्छ । मापदण्ड भन्दा थोरै फरक भएमा पनि विश्व रेर्कड कायम हुँदैन। ’ 

गिरीले यि सबै मापदण्ड र प्रक्रिया पुरा गर्दै नेपालबाटै ५ वटा विश्व रेकर्डको प्रमाणपत्र पाएका छन् । हरिले रेर्कड राखेको बाहेक पनि धेरै जोखिपूर्ण अभ्यास गर्दै आएका छन् । उनले हातले टेकेरै ढाडमा डोरी बाँधेरे गाडी समेत तान्न सक्छन् । साथै, उनले आँखामा पट्टी पाँधेर उल्टो हिंडेर सिढि झरिरहेका पनि हुन्छन् । 

विश्व रेर्कडदेखि ‘रियालिटि शो’ सम्म 

५ विधामा विश्व रेर्कड बनाएका उनलाई आफ्नो क्षमता विश्व मञ्चमा देखाउन मन छ । उनले अमेरीका गट ट्यालेन्टमा सहभागी हुन फारम पनि भरे । अडिसनका लागि उनलाई छानिएको पनि थियो । तर, अमेरीकाका लागि भिसा नपाउँदा सहभागी हुन पाएनन् । तर, फेरि पनि प्रयास गरिरहने गिरी बताउँछन् । 

अभ्यासकै समयमा एक पटक उनी यात्रा गर्दा दुर्घटना परे । दुई साता अस्पताल बसेका उनले करिब १ वर्ष बिस्तारामै आराम गर्नुपर्यो । उक्त समय हरिलाई आफू पुरानो अवस्थामा फर्कन सक्दिन की भन्ने निकै डर थियो । तर १ वर्षपछि उनी फेरि अभ्यासमा फर्कीए । अनेकन समस्याका बाबजुत आफूलाई अरु कयौं विश्व रेकर्डका लागि तयार राख्ने दौडमा आफू तल्लिन रहेको हरि बताउँछन् । 

नेपाली सेना र परिवारको साथ 

११ वर्षअघि नेपाली सेनामा प्रवेश गरेका उनी धनकुटामा तालिम सकिएपछि विराटनगर पोष्टिङ भएका थिए । त्यसपछि बागलुङको घोडाबाँधे ब्यारेकमा उनी पुगे । हरिलाई खेलकुदप्रतिको रहर, सुगठित शरीर देखेर नेपाली सेनाकै अधिकारीहरुले सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जान हौस्याउँथे । नभन्दै उनको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पदस्थापन भयो । जसले गर्दा उनको खेलकुदमा ठूलो ढोका खुल्यो । 

अहिले त्रिभुुवन आर्मी क्लवबाट प्रतिनिधित्व गर्ने उनले ५ वटा विश्व रेर्कड कायम गरेका छन्, जस मध्ये दुई वटा रेकर्ड तोडिने सम्भावना निकै कम रहेको गिरीको दाबी छ । 

हरि परिवारका एक्लो छोरा हुन् । टोलका अधिकांस युवाहरु नेपाली सेनादेखि भारतीय तथा बेलायती सेनामा भर्ती भएको देखेपछि उनी नेपाली सेनामा प्रवेश गरेका थिए । बाल्यकालबाट जिमन्याष्टीकका खेलहरुमा पोख्त उनी नेपाली सेना भित्र आएपछि झनै हाम्रो अभ्यास गर्न पाए । अहिले उनले राखेका रेर्कडप्रति परिवारलाई पनि गर्व छ । तर, अग्लो खुुड्कीला भएका सिँडीमा तिब्र गति उल्टो हिड्ने, हातले टेकेर ढाडमा डोरी बाँधेर गाडी तान्ने देखि टायरमै स्किपिङ गर्नेसम्मका जोखिमपूर्ण काम देख्दा बाबु आमाले गुनासो गर्ने गरेका छन् । तर, छोराले कमाएको ख्यातिका कारण उनीहरु दंङ्ग रहेको गिरी बताउँछन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....