‘एनबीटिसीमा लगानी गर्दा हामी ठगियौँ’ (भिडियो)

सिधाकुरा

काठमाडौँ । न्युरोड, इन्द्रचोक, विशाल बजार क्षेत्रका व्यवसायीहरूबाट रकम उठाएर कलंकीको खसीबजारमा बनाइएको नेसनल बिजनेस ट्रेड सेन्टर(एनबीटिसी) अहिले दयनिय अवस्थामा पुगेको छ । मिलाल्याण्ड डेभलपर्स प्रा.लि. ले आफूले गरेको सम्झौता पुरा नगर्दा ९२९ जना व्यवसायीहरु ठगिएका छन् । मिलाल्याण्ड डेभलपर्सले ति व्यवसायीहरुबाट ३ अर्ब बढी रकम उठाएको देखिन्छ । डेभलपर्सहरुले व्यवसायीहरूलाई हरेक व्यावसायिक सटर कम्तीमा २५ लाख देखि ४० लाख रुपैयाँसम्म बिक्री गर्ने र त्यसको लालपुर्जा दिने भन्दै सम्झौता गराएका थिए । अधिकांशले सम्झौता अनुसारको रकम तिरिसकेका छन् । तर केहीले बाहेक हालसम्म लालपुर्जा पाउन सकेका छैनन् । 


यता मिलाल्याण्ड डेभलपर्स कम्पनीका सञ्चालक नरेन्द्र बज्राचार्यसहितको टोली अहिले प्रहरी हिरासतमा छन् । बज्राचार्यसहितको टोलीले सञ्चालन गर्ने भनेको अर्को योजना कलंकी ट्रेड सेनटरमा ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुका कारण एनबीटीसीमा लगानी गरेका न्यूरोडका व्यवसायीहरुले पनि आफू ठगीमा परेको भन्दै जाहेरी दर्ता गराएका छन् ।

न्यूरोडको साँघुरो गल्लीबाट फराकिलो र सुविधासम्पन्न कम्प्लेक्समा सर्ने सपना देखेका व्यवसायीहरु कसरी ठगिन पुगे ? एनबीटिसी ब्यापार संघका अध्यक्ष होमनाथ गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः

न्यूरोडको जति पनि क्षेत्र छ त्यो साँघुरो भयो भनेर त्यतैका सबै साथीहरुको लगानी हो यो । हामीहरु उतै हुर्केर यता आएका हौँ । त्यो साँघुरो ठाउँ छोडेर नेपालमै नभएको एउटा राम्रो कम्प्लेक्समा जान पाइन्छ भनेर हामीले सपना देखेको हो । तर सपना देखेअनुसार भएन । 

२०६९÷७० सलतिरको कुरा हो यो बन्न थालेको । २०७४ सालमा यो हस्तान्तरण हुन्छ, तपाईँहरु सबैजना त्यहाँ जान पाउनुहुन्छ भनेर मिलाल्याण्ड डेभलपर्स प्रा.लि. सँग सम्झौता गरिएको थियो । तर त्यसअनुसार हुन नसक्नुमा केही जाहेज कारण पनि छन् केही नाजायज कारणहरु पनि छन् । 

यहाँ ९२९ ओटा पसल छन् । तर भनेको समयमा नपाउँदा ठगिएकै भन्नु पर्यो । ठगिनुपर्ने कारण के हो त्यसलाई हामी नियालेर जानुपर्छ । तर अर्कालाई औँलो उठाउन गार्हो पनि छ तर गल्ती भएको देखिन्छ । आवश्यक परेको अवस्थामा प्रमाणसहित पेश पनि गरिन्छ । सरर हेर्दा हामी ठगिएकै हो । म यस ब्यापार संघको अध्यक्ष भएको हैसियले पटक पटक हामीले घचघच्याईरहेका छौँ । हाम्रा साथीहरु हामीसँग जोडिनुभएको छ । हामी ६÷७ सय जना साथीहरु निरन्तर संवादमा छौँ । तर आफू ठगिएको निष्कर्षमा अहिले धेरै साथीहरु पुग्नुभएको छ । २/४ जना ठगिनुभएको छैन होला त्यो आफ्नो ठाउँमा छ । 

प्रकृति र मिसम्यानेजमेन्ट दुबैका कारण यस्तो भएको हो । ९० प्रतिशत साथीहरुले उत्तर या दक्षिणबाट सामान ल्याएर काम गर्ने हो । हाम्रो देशमा त केही पनि छैन । कोरोनाले गर्दा हामीलाई ठग्यो त्यो आफ्नो ठाउँमा छ, यो बिल्डिङको लालपुर्जा दिने सम्बन्धमा जुन हाम्रो चर्चा चलिरहेको छ त्यसमा ठगिनुको कारण डेभलपरको मिसम्यानेजमेण्ट र लापरवाही हो । 

उहाँहरुसँग के भयो किन यस्तो गरियो भन्ने प्रश्नको उत्तर छैन । उहाँहरुको आर्थिक कारोबारमा ब्यापार संघले हस्तक्षेप गर्न मिल्दैन । उहाँको अडिट रिपोर्ट हेर्न मिल्दैन । उहाँहरुको लगानी हामीले सोध्न मिल्दैन । यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन । हामीले गर्ने भनेको अनुरोध मात्रै हो । उहाँहरुसँग हात जोड्ने मात्रै हो । तर हामी लगभग थाकीसकेका छौँ । 

उहाँहरुले पनि यसलाई सकारात्मक तरिकाले लिनुपर्ने हो । कमसेकम एनबीटीसी ब्यापार संघले हामीलाई घचघच्याईराख्या छ भनेर पोजेटिभ्ली लिनुपर्ने हो । लिनुभाछ होला जस्तो पनि मलाई लाग्छ तर राम्रो खेल उहाँहरुले खेलेको छु भनेपनि गोल भएको छैन । गोल नभएपछि खेल जति राम्रो भएपनि त्यसको केई अर्थ छैन । 

लोकेसन र साइजको आधारमा मूल्य निर्धारण भएको छ । हाराहारी हेर्दा एउटा सटरको लगभग २० देखि ४० लाख रुपैयाँको बिचमा छ । सुरुमा २ लाख रुपैयाँ बुकिङ थियो । १५ प्रतिशत एडभान्स थियो । त्यसपछि ८/८ प्रतिशतका दरले बुझाउनुपर्ने थियो । 

तीन सय ५० पसल खुल्या छ । भाडादर हामीले तोक्यौँ । १ सय ३० रुपैयाँ स्क्वाएर फिट देखि लिएर २ सय रुपैयाँ स्क्वाएर फिट सम्म मात्र लिन पाइने भनेर । लोकेसनको आधारमा भनेर तोकियो । ३३ हजार भाडा तोकिएकोमा ११ हजार दिए पाइने भनेर पारित गरियो । तर समय परिस्थितिले गर्दा अहिलेसम्म जम्मा ३ सय ५० ओटा पसल खुलेका छन् । ६५० खुल्न बाँकी छ । ७ सय बढी लालपुर्जा गर्न बाँकी छ । साथीहरुले लालपुर्जा पाएपछि बल्ल पसल खोल्न आउँछु भन्नुहुन्छ । साथै लालपुर्जाको वितरण नहुनाले यहाँ बसेका ब्यापारिहरु, यहाँ आउन चाहने ब्यापारीहरु र यहाँ भाडामा बसेका ब्यापारीहरु सबैलाई असर परेको छ । मनस्थिति अलिकति खस्किएको छ । 

उहाँहरुले अलिकति पैसा चाहीँ लगाउनुपर्ने ठाउँमा नलगाएर खन्तै लागाउनुभयो कि भन्ने शंका त गर्न सक्छु । प्रमाण ल्याउ भन्न त म गएको छैन । तर त्यस्तो भएको हो भन्ने मलाई शंका छ । 

उहाँहरुले हामीलाई कुनै प्रकारको समस्या छैन, तपाईँले भनेको बेलामा पाउनुहुन्च भन्नुभाकै हो । बीचमा भूकम्प र नाकावन्दी इत्यादी पनि बीचमा छोइएको हो । नबुझ्ने मान्छे हामी पनि होइनौँ । त्यसकारण अलिकति समय थप गर्नु एकदमै जाहेज हो । त्यसमा हामी उहाँहरुको समर्थन गछौँ । तर समर्थन गर्छौँ भन्दैमा अत्याचारमै हामीलाई पार्न नहुने हो । यसमा हाम्रो कडा बिरोध छ । 

अहिले हाम्रा पीडित साथीहरुको अवस्था निकै नाजुक छ । उता (न्यूरोड) तिर भाडामा बसेर काम गरिराखेको, बिभिन्न परिस्थितिले भाडा तिर्न नसकेको, एनबीटीसीमा भएको पसलको पैसा तिरिसकेको र थप सामान हाल्नको लागि यो लालपुर्जा पाएदेखि बैंकमा राखेर केही रकम पाएदेखि फेरि यताबाट सुरु गर्छु भन्नेहरुको संख्या धेरै छ । मैले व्यक्त गरेभन्दा उहाँहरुको समस्या धेरै जटिल छ । एनबीटीसी ब्यापार संघको अध्यक्ष भएको हैसियतले मैले के भन्न चाहेँ भने, पैसा तिरिसकेका मध्ये जसले पसल खोलेर बसेको उसलाई सबैभन्दा पहिला सुरु गर्नुस् । 

हाम्रो एनबीटीसी ब्यापार संघ ४ ओटा एजेण्डामा केन्द्रीत भएर काम गरिरहेको छ । हाम्रो २१ जनाको कार्यसमिति छ । बिल्डिङमै उपस्थित भएको मान्छे मात्र हाम्रो कार्यसमितिमा बस्नुहुन्छ । र ४ ओटा बुँदामा हामी हेर्ने गछौँ । जस्तै एक नम्बर बुँदामा ९ सय बढी पसलको लालपुर्जा वितरण हुनुपर्ने । एजेण्डा नम्बर २ मा ९ सय पसल नै सञ्चालनमा आउनुपर्ने । नम्बर ३ मा ९ सय पसलके भाडादर कम्पनीमार्फत या ब्यापार संघमार्फत या उपभोक्तामार्फत अहिले तय हुनुपर्ने । नम्बर ४ मा दैनिक कार्यमा कुनै प्रकारको झैझगडा पक्षपात तथा थिचोमिचो नहोस् भनेर ब्यापार संघले हेर्ने भन्ने यत्ति ४ कुरामा हामी आधारित छौँ । हाम्रो बिभिन्न पहलबाट, बिभिन्न झगडाबाट गरेर २ सय जति लालपुर्जा हाम्रा साथीहरुले पाइसक्नुभएको छ । ७ सय लालपुर्जा अझै बाँकी छ । र २ सय लालपुर्जा वितरण गरेको पनि २ वर्ष भईसक्यो । २ वर्षमा जम्मा २ सय पाइएको ५ भने अझै पाउन त हामीले अझै ६÷७ वर्ष कुर्नुपर्ने भयो । यो बिल्डङ बनाउँदा उठेको पैसा बाहेक बैंकबाट पनि लोन लिएर यो बिल्डिङ बनाएका हौँ भनेर सरहरुले भन्नुहुन्छ । यो कुरा जाहेज पनि हो । हामीले बैंकमा गएर सोधेका पनि थियौँ । यति यति रकम छ भनेर भनेर उहाँहरुले भन्नु पनि हुन्थ्यो ।

कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी


केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३ अर्ब ठगी




प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....