केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३ अर्ब ठगी

विष्णु ढुंगाना

काठमाडौँ । कलङ्कीको खसी बजारमा रहेको नेशनल बिजनेस ट्रेड सेन्टर (एनबीटिसी) मा लगानी गरेका  ९ सय बढी व्यवसायी तथा सर्वसाधारणले आफूहरू ठगिएको बताएका छन् । 

कलङ्की ट्रेड सेन्टरका नाममा रकम दिएर ठगी गरेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका हाउजीङ व्यवसायी नरेन्द्र बज्राचार्यसहितको समूहबाट ३ अर्ब रुपैयाँ बढी रकम ठगी भएको सर्वसाधारण र व्यापारीहरूले बताएका छन् ।


एनबीटिसीलाई आकर्षक व्यावसायिक हबको रूपमा विकास गरिने र उक्त हबमा लगानी गर्ने सबैलाई लगानीअनुसारको व्यावसायिक सटर लालपुर्जा प्रदान गर्ने भन्दै ११ वर्ष अघि मिलाल्याण्ड डेभलपर्स प्रालिले रकम उठाएको थियो । 


९ सय २९ जना व्यवसायीबाट २०६९ सालमा जनही ४० लाख रुपैयाँसम्म रकम उठाइएको पीडितहरूले बताएका छन् । त्यसरी उठाइएको झन्डै ३ अर्ब ६६ करोड रुपैयाँबाट होलसेल व्यवसायको हब सेन्टर ५ वर्ष भित्रै बनाई सक्ने र २०७४ सालमा जनही सटर र लालपुर्जा उपलब्ध गराउने करार सम्झौता भएको थियो । तर, रकम बुझेको १२ वर्ष पुग्दा जम्मा २ सय जनाले मात्रै आफ्नो रकमअनुसारको सटर पाएको र ७ सय जना लालपुर्जाविहीन भएको पीडितहरूको आरोप छ । 

सबैले लालपुर्जा नपाएका कारण होलसेल पसल नचल्दा लगानी गरेका सबै जना सो समूहबाट ठगिएको उनीहरू बताउँछन् । एनबीटिसी  व्यापार सङ्घका अध्यक्ष होमनाथ गिरीले कम्प्लेक्स बनाउने कम्पनी मिलाल्याण्ड डेभलपर्स प्रालिको लापरबाहीका कारण यसमा लगानी गरेका सबै जना व्यवसायी ठगिएको बताए ।  

आफूले पाउने सटरका लागि पटक पटक आग्रह र आन्दोलन गर्दा पनि एनबीटिसी बनाउने मिलाल्याण्ड डेभलपर्सले वास्ता नगरेको र सम्पर्कमा नआएको गिरी बताउँछन् । ‘अझै ७ सय जना व्यवसायीले कम्प्लेक्सको सटरमा गरेको लगानीको लालपुर्जा पाएका छैनन्,’ अध्यक्ष गिरीले सिधाकुरासँग भने,‘सटर पाएका व्यवसायी न्यून हुँदा कम्प्लेक्स नचलेको र सबैको लगानी डुबेको छ ।’

होमनाथ गिरी

लालपुर्जा माग गर्न पटक पटक आग्रह गर्दा सञ्चालकहरूले अनेक बहानाबाजी मात्रै गरेको गिरी बताउँछन् । सर्वसाधारण र व्यवसायीबाट उठाएको रकम कम्प्लेक्स बनाउने कम्पनीले अपचलन गरेको बुझिएको गिरीले बताए । ‘आज हुन्छ भोलि हुन्छ भन्दाभन्दै तोकिएको समय गुज्रिएर ७ वर्ष बित्यो । तर, लडाइँ गरेर २ सय जतिले लालपुर्जा पाए बाँकीले कहिले पाउँछन्  निश्चित छैन,’ गिरीले भने । 

व्यवसायी र सर्वसाधारणबाट उठाएको रकम डेभलपर्स कम्पनीले हिनामिना गरेर उल्टै कम्प्लेक्सलाई बैंक ऋणमा डुबाइदिएको एनबीटिसी व्यापार सङ्घका महासचिव योगेन्द्र श्रेष्ठले बताए । आफूहरूबाट उठाएको रकम पहिल्यै नाफाको रूपमा बाँडेर सञ्चालकहरूले अपचलन गरेको र बैंकबाट ऋण लिएर कम्प्लेक्स बनाएको पाइएको उनले बताए । श्रेष्ठका अनुसार व्यवसायीहरूबाट उठाएको रकम भन्दा सस्तोमा कम्प्लेक्स बनाएर उल्टै कम्प्लेक्सलाई बैंकमा राखेर ६२ करोड बढी ऋण लिएको पाइएको छ । 


कम्प्लेक्समा लगानी गरेका सर्वसाधारण र व्यवसायीलाई लालपुर्जा दिनुपर्नेमा सिङ्गो कम्प्लेक्स नै बैंक धितोमा रहेको उनले बताए । ‘सटर र लालपुर्जा माग्दा बैंकमा धितो भएका कारण दिन नसकिएको भन्छन्,’ महासचिव श्रेष्ठ भन्छन्,‘हाम्रो लगानीको सम्पत्ति बैंकमा धितो राखेर यत्रो ऋण लिन कसले दियो ? बैंकबाट लिइएको ऋण कहाँ र के मा लगानी गरियो ? यसको जवाफ सञ्चालकहरूसँग छैन ।’

लगानीअनुसारको लालपुर्जा नपाएपछि आफैँ खोजतलास गर्दा नबिल बैङ्कबाट (तत्कालीन नेपाल बङ्गलादेश बैंक) बाट ६२ करोड रुपैयाँ ऋण लिएको पाइएको र उक्त ऋणमध्ये अझै ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको व्यवसायीहरूले बताएका छन् । 

व्यापार सङ्घका उपाध्यक्ष राजु घिमिरेले आफू सहितका व्यवसायीहरू मिलाल्याण्डबाट ठगिएको बताए । आफूहरूलाई सुन्दर सपना देखाएर लगानी गर्न सम्झौता गरेर रकम लिएको र अहिले आएर सञ्चालकहरू सम्पर्कविहीन भएको उनको भनाई छ । 'सटरमा लगानी गर्न पहिले आफैँ धाउँदै घरघर आएका सञ्चालकहरू अहिले सम्पर्कविहीन छन् । हामी आफैँ धाउँदै खोज्दा पनि भेटिनन्,’ उनले भने, ‘न भवन मापदण्ड र लगानीअनुसार बन्यो न त लगानी गरेकाहरूले लगानीको प्रतिफल पाए ।’


समग्रमा मिलाल्याण्डबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा लगानी गरेकाहरू ठगिएको उनको भनाई छ । मिलाल्याण्ड डेभ्लपर्स प्रालिले कम्प्लेक्सको पार्किङ यार्डमा एउटा सम्पर्क कार्यालय राखेको तर कर्मचारीहरु बाहेक सञ्चालकहरुको मुख नै नदेखिएको उपाध्यक्ष घिमिरेले बताए ।  

बिजनेस कम्प्लेक्सका लागि लगानी गरिसकेको र पहिलेको व्यापारिक स्थल छोडिसकेका कारण केही व्यवसायीहरू यहाँ आएकाले जसोतसो केही पसलहरू खोलेको अध्यक्ष गिरी बताउँछन् । तर, अन्य लगानीकर्ता फसाइएका कारण समग्र सेन्टर नै चल्न नसकेको उनको भनाई छ । 

‘यहाँ रहेका पसलहरुले बोनी गर्न पनि सकेका छैनन् । अब सबैले लालपुर्जा पाएपछि मात्रै ट्रेड सेन्टर चल्न सक्ने देखिन्छ । तर, लालपुर्जा पाउन सञ्चालकहरूले बैंकको ऋण तिर्नै चाहेको नदेखिएको अर्का एक लगानीकर्ता सुरज नेपालले सिधाकुरालाई बताए । ‘बैंकको ब्याज, किस्ता घटाउन सकिएन भन्छन् । त्यो सबै हिसाब मिलाएपछि मात्रै लालपुर्जा पाइन्छ रे,’ उनी भन्छन्, ‘हामीबाट उठाएको पैसा कहाँ लगे ? बैङ्कबाट ऋण किन लिए र किन तिरेनन् त्यो हाम्रो चासोको विषय नै होइन । हामीले निशर्त लालपुर्जा पाउनु पर्छ ।’


कसरी उठाइयो यति धेरै रकम ?

न्युरोड, इन्द्रचोक, विशाल बजार क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरूलाई त्यहाँको ठाउँ साँघुरो भइराखेको थियो । राम्रो र खुल्ला ठाउँ पाए होलसेलको व्यापार गर्नका लागि सर्ने मनसाय सबैमा थियो । यस्तै सोच भएका व्यवसायीहरूका लागि भन्दै २०६९ सालमा मिलाल्याण्ड डेभलपर्स कम्पनीका सञ्चालक नरेन्द्र बज्राचार्यसहितको टोलीले कलङ्कीको खसी बजारमा आकर्षक अन्तर्राष्ट्रिय स्तरको बिजनेस होलसेल कम्प्लेक्स बनाउने योजना अघि सारे । 

झन्डै ७ रोपनी क्षेत्रफलमा ९ सय २९ वटा होलसेल बिक्री केन्द्र, सिनेमा हल, फुड कोर्ट, भूमिगत पार्किङ र तेस्रो मुलुकबाट आउने कन्टेनर सिधै कम्प्लेक्समा पुगेर गोदाममा सामान राख्न मिल्ने सुविधा एनबीटिसीमा हुने योजना अघि सारियो । 


काठमाडौँको होटेल याक एन्ड यतिमा भव्य कार्यक्रम गरेर डेभलपर्सहरुले व्यवसायीहरूलाई हरेक व्यावसायिक सटर कम्तीमा २५ लाख देखि ४० लाख रुपैयाँसम्म बिक्री गर्ने र त्यसको लालपुर्जा दिने भन्दै लगानीका लागि आग्रह गरे । असन, इन्द्रचोक, रञ्जना गल्ली क्षेत्रमा भाडामा व्यवसाय गरिरहेकाहरू आफ्नै लगानीमा लालपुर्जा समेत पाइने भएपछि लगानी गर्न इच्छुक भए । 

मिलाल्याण्ड डेभलपर्स प्रालीको तर्फबाट प्रस्ताव गरिएको एक करार नाममा सम्झौता गर्दै ९ सय २९ जना फरक फरक व्यवसायी र केहीको दुई देखि ३ वटासम्म सटर बुकिङ गरेको देखिन्छ । सम्झौता भएको मितिदेखि परियोजना सम्पन्न नहुँदासम्म किस्तामा रकम तिर्न सकिने सुविधा करारमा थियो । जसअनुसार २०७४ सालमा बिजनेस कम्प्लेक्स निर्माण सम्पन्न हुने उल्लेख थियो । 

सुरुमा सबै जनासँग पहिलो किस्तामा २ लाख रुपैयाँ धरौटी रकम (करिब १८ करोड ३२ लाख) लिइएको थियो भने बाँकी रकम ८ प्रतिशतका दरले ११ किस्तामा तिर्नेगरी करार सम्झौता गरिएको सिधाकुरालाई प्राप्त करारमा उल्लेख छ । 

सम्झौताअनुसार २०७४ मा भवन निर्माण सकिने भनिएको थियो तर, भूकम्पका कारण डेभलपर्स कम्पनीले थप समय माग गरेपछि थप एक वर्ष कम्पनीले समय पाएको थियो । २०७५ सालमा निर्माण सम्पन्न भएर सबै लगानीकर्तालाई हस्तान्तरण हुनुपर्ने कम्प्लेक्सका करिब १ सय ८० देखि २ सय हाराहारी मात्रै सटर मालिकले लालपुर्जा पाएका छन् भने बाँकी सबै रित्तो हात छन् ।

बैंकले ऋण नतिरेको भन्दै ताकेता बढाएका कारण एनबीटिसी लिलाम हुन्छ कि भन्ने भय लगानीकर्तालाई उत्पन्न भएको छ । यही सञ्चालकहरूकै समूहले निर्माण गरेको नजिकैको कलङ्की ट्रेड सेन्टरमा पनि यस्तै ठगी भएको पाइएपछि उनीहरु लगानीकर्ताको उजुरीपछि यतिबेला प्रहरी हिरासतमा पुगेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले असार ९ गते आइतबार उनीहरूलाई पक्राउ गरेको थियो । अदालतबाट ३ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । बुधवार पुनः पक्राउ परेकाहरूलाई थप एक दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

एनबीटिसीका लगानीकर्ताले पनि दिए जाहेरी

आफूहरू पनि ठगिएको भन्दै नेशनल बिजनेस सेन्टर (एनबीटिसी) का लगानीकर्ताहरूले पनि मिलाल्याण्ड डेभलपर्स प्रालिका सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा जेठ ३२ गते जाहेरी दर्ता गराएको एक लगानीकर्ता व्यवसायीले बताए ।


एनबीटिसीमा ठगिएकाहरूमध्ये १५ जना लगानीकर्ताहरुको तर्फबाट ६ जना सञ्चालकविरुद्ध जाहेरी दर्ता गरिएको हो । एनबीटिसीमा सटर कबुल लालपुर्जासहित पाउने विश्वासमा ४ करोड ८६ लाख ७२ हजार १ सय ७८ रुपैयाँ लगानी गरेको तर विश्वास घात गरेर आपराधिक कार्य गरेर ठगी गरिएको जाहेरीमा उल्लेख छ । 

कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||