सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी

युवराज कँडेल

५ असोज, काठमाडौं । ६० किलो सुन प्रकरणमा दावा छिरिङलाई तस्करीको सुन र त्यसका लागि चाहिने पैसा व्यवस्थापन गर्न आफूलाई अपराध बिट हेर्ने पत्रकार दावी गर्ने व्यक्तिकै संलग्नता रहेको प्रमाण भेटिएका छन् । पत्रकारीताको खोल ओढेर प्रहरीका उच्च अधिकारीदेखि तस्करीका माफियाहरुसँग सम्बन्ध बनाएका ति पूर्वपत्रकारले दावा छिरिङको समूहले ल्याउने सुनको कारोबार गर्नेदेखि पैसा हुण्डी गरिदिनेसम्मको भुमिका निभाएका छन् । त्यति मात्रै होइन उनले पूर्वप्रहरी प्रमुखका साझेदारको बैंक खातामा अमेरिकामा एकै पटक ४० लाख बढी पैसा पठाएका छन् । 


६० किलो सुन प्रकरणमा दावा छिरिङसँग डिल गर्ने अर्का व्यक्ति हुन् जीवन चलाउने । उनले दावाको समूहले हङकङबाट ल्याउने सुन भारत पठाउनेदेखि दावाको पैसा अमेरिकासम्म पुर्याउने काम गरेका छन् । 



दावाको मोबाइलमा भेटिएको प्रमाणले सुन तस्करीदेखि हुण्डी कारोबारमा जीवन चलाउनेको भुमिका महत्वपुर्ण देखिन्छ । निरन्तर संवाद भैरहने दावा र जीवन चलाउनेबीच भएको कुराकानीको अंश यस्तो छ । 

दावाले ह्वाट्सएपमा आफ्नो नाम जेम्स राखेका छन् भने जिवन चलाउनेको नाम जेइ दाईका रुपमा सेभ गरेका छन् । दावा र जीवन चलाउने दुबैले एक अर्कालाई ‘दाई’ भन्दै सम्बेधन गरेका छन् । दावाले जीवनलाई एउटा म्यासेज पठाएका छन् । उनले लेखेका छन्, 'I will talk the gold Chinese party after support us do something business. I have some good idea can do business with the Chinese gold Party.'

अर्थात मैले सुनको कारोबार गर्ने चिनियाँ टोलीसँग कुरा गर्छु, उनीहरुको सहयोग पाएपछि हामीले केही व्यापार गर्नुपर्छ । मसँग केही उपायहरु छन्, सुन कारोबार गर्ने चिनियाँ टोलीसँग काम गरौँ । 

यसको जवाफमा जेइ दाई अर्थात जीवन चलाउने लेख्छन् । 'yes dai, mailey milako xu sab kaam dai'.

उनीहरुको म्यासेजको क्रममा यतिमा मात्रै सिमित छैन । दावाले फेरी लेख्छन्, त्यसो भए हामीलाई सहयोग गर । जीवनले जवाफमा पठाउँछन् ‘गुड इन्डियन पार्टी । रिच पर्सन ।’

दावाले फेरि लेख्छन्, ‘लेट मी चेक, इफ ओके, आई विल कम एलोन टु मिट यु ।’ 

जीवनले जवाफ फर्काउँछन् । ओके । 

अर्को दिन दावाले म्यासेज पठाउँछन्, ‘हामी एम्बासडर होटलमा व्यवसाको कुरा गर्दै छौँ ।’ जीवनले रिप्लाई गर्छन्, ‘ओके’ । 

दावाले केही समयपछि अर्को म्यासेज लेख्छन्, ‘उनीहरु सबै मेरो होटलमा छन्, मलाई ३१ लाख रुपैयाँ मागिरहेका छन् ।’ दावाले फेरि अर्को म्यासेजमा लेखेका छन्, ‘दाई कृपया यस्तो नगर्नुस् मलाई धेरै काम गर्नु छ, उनीहरुलाई पैसा दिनुस् ।’ यसको जवाफमा चलाउनेले दाई मैले दुवईको कल कुरिरहेको छु भन्ने म्यासेज पठाउँछन् । 

यो संवादको विषयमा दावाले सीआईबीलाई झुठो बयान दिएका छन् । सीआईबीको बयानमा दावाले उक्त संवाद तेल कारोबार गर्ने विषयमा भएको बताएका छन् । सीआईबीको सवाल नम्बर ३२ मा यो प्रसंगमा प्रश्न सोधिएको थियो । तर यसको जवाफमा दावाले भनेका छन्, ‘चाइनिज नागरिक लिउ आज भन्दा ७ महिना अगाडि नेपालमा आएको समयमा चाइनिज नागरिक लिउलाई खाने तेलको उद्योगमा लगानी गर्न लगाउने विषयमा म र जीवन चलाउनेबीच कुराकानी भएको हो । लगानी चाँही भएको छैन  ।

सोझै झुठो जवाफ दिएका दावालाई प्रहरीले यहि विषयमा दोहोरो प्रश्न गरेको छैन । 

दावा र जीवन चलाउनेको संवाद यत्तिमा मात्रै सिमित छैन । उनीहरुले सुन किन्ने खरिद कर्तादेखि हुण्डीको पैसा अमेरिका पठाउने समेत व्यवस्था गरेको संवादमा देखिन्छ । 

एउटा म्यासेजमा जीवन चलाउनेले दावालाई सुबु प्रताप केसीको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर अर्थात आजको मितिमा ४० लाख २० हजार रुपैयाँ पठाइएको भन्दै म्यासेज पठाएका छन् । 

उनले लेखेका छन् '30k$ sent to subu pratap kc in wells fargo bank.'

यो विषयमा दावालाई सीआईबीले सवाल नम्बर ४२ मा सोधेको छ । जहाँ दावाको जवाफले सुन तस्करी प्रकरणमा अमेरिका बस्ने, नेपाल प्रहरीका पूर्व देखि वर्तमान अधिकारीहरुसँग नङ मासुको सम्बन्ध भएका व्यक्तिको समेत सुन तस्करीमा संलग्नता पुष्टि गर्छ । 



सीआईबीको सवाल नम्बर ४२ जवाफमा दावाले भन्छन्, ‘उक्त पैसा पेम्बा दोर्जे शेर्पाको अमेरिका बस्ने आफन्तलाई अमेरिकामा बस्ने जीवन चलाउनेको चिनेको मान्छेलाई अमेरिकी डलर ३०,०००।– पठाएको हो । अमेरिकामा पैसा पठाएको फोटो जीवनले दावालाई पठाएका थिए । 

फोटोमा जीवन चलाउनेले भनिएका व्यक्ति सुबु प्रताप केसी भएको सीआईबी स्रोतको दावी छ । सुन प्रकरणमा पक्राउ परेका सुमन खरेलको फोनमा समेत सुबु प्रताप केसीका खातामा पैसा पठाएका विवरण भेटिएको छ । 


खरेलको ओप्पो मोबाइलको परीक्षणका क्रममा 'Cash Out To Wells Fargo Bank' भनेर विभिन्न मितिमा रकम डिपोजिट गरेको विवरण उल्लेख छ।

प्रहरीले फेला पारेको स्क्रिन सटहरूमा $6,417, $1,465 र $3,116  अमेरिकी डलर सो बैंकमा डिपोजिट गरेको देखिन्छ।

 उनी नेपाल, दुबई र अमेरीकामा व्यापार गर्ने व्यक्ति हुन् । उनको नेपालमा बसुन्धरा बैंंक्वेट देखि दुबईमा टप एभरेष्ट जनरल ट्रेडिङ सहित अमेरिकामा पनि थुप्रै व्यापार व्यवासाय रहेको प्रहरीको दावी छ । उसो त उनी नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालका नजिकका साथी हुन् ।  

सवेन्द्र खनाल प्रहरी प्रमुख हुँदा नेपाल प्रहरीका अधिकांस कार्यक्रम यही बैंक्वेटमा  भएको प्रहरी स्रोत बताउँछ । 

जीवन चलाउनेले सुबु प्रताप केसीलाई ४० लाख बढी पैसा पठाएको म्यासेजपछि दावाले जीवन चलाउनेलाई अर्को म्यासेज पठाएका छन् । उक्त म्यासेजमा दावाले ५ करोडको  व्याज कति हुन्छ, पार्टीले सोधिरहेको छ भन्दै लेखेका छन् । 

दावाले जीवन चलाउनेलाई 'how much is the monthly Intrest of 50 million, the party Asked me' भन्दै म्यासेज गरेका छन् । 

यस विषयमा पनि दावाले सीआईबीलाई आलटालको जवाफ दिएका छन् । सवाल नम्बर ४३ को जवाफमा दावाले मैले चाइनिज पार्टीहरु चिनेको हुँदा मलाई जीवन चलाउनेले लगानी गर्न रकम खोज्नु भनेको हुँदा मैले रकम खोज्ने क्रममा रकम लगानी गर्ने पार्टीहरुले मासिक ब्याज कति आउँछ भनी सोधेको हुँदा मैले सोही कुरा जीवन चलाउनेलाई सोधेको हुँ भन्ने जवाफ दिएका छन् । 

जीवन चलाउने र दावाको हुण्डी र सुनको कारोबार पुष्टि गर्ने थप संवादहरु पनि छन् । दावाले जीवन चलाउनेलाई यो महिना ८० किलो भन्दै म्यासेज पठाएका छन् । त्यसको जवाफमा जीवनले ओक्के लेखेका छन् । 

सीआईबीले सवाल नम्बर ४४ मा यही विषयमा यो महिना ८० किलो सुन भनिएको हो भन्ने प्रश्न गरेको छ । जवाफमा दावाले मलाई याद भएन भनेका छन् । 

यस्तै अर्को म्यासेजमा जीवन चलाउनेले गोप्य गर्न भन्दै दावालाई म्यासेज पठाएका छन् । उक्त म्यासेजमा जिवनले लेखेका छन्, ‘दाई अलिक गोप्य गर्नुस्, अरुसँग कुरा नगर्नुस् ।’ 

यसको जवाफमा दावाले 'only u and me business talk ok we meet' लेखेको छन् । 

'hlo. I may hyatt. Iwill come to meet u tomorrow morning the Chinese party come office okey, 10:30-11:00 AM.'  भन्दै म्यासेज पठाएका छन् । 

दावासँग यसरी सुन तस्करीको योजनाबद्ध तस्करी गर्ने जीवन चलाउनेलाई सीआईबीले नै कार्यालयमा आइसकेपछि भगाएको देखिएको छ । 

सीआईबी स्रोतका अनुसार दावा छिरिङसँग सम्पर्क देखिएपछि  केही समय  अघिसम्म आफूलाई अपराध बिट हेर्ने पत्रकार बताउने जीवन चलाउनेलाई सीआईबी बोलाइएको थियो । भदौ २३ गते सीआईबीमा आएका चलाउनेलाई सीआईबीले पक्राउ नै नगरी ससम्मान घर पठायो । त्यस बखत पनि उनले नयाँ फोन बोकेर आएका थिए । तर प्रहरीले पुरानो फोन ल्याउनु भनेर घर पठाएको चलाउने फर्केर आएनन् । अर्थात सीआईबीले सुन तस्करीका एक माफियालाई जोगायो । 

त्यही सीआईबीले फेरि सरकारी वकिलको कार्यालयमा भने जीवन चलाउने सीआईबी आएको, सोधपुछ भएको भन्ने विवरण नै पेश गरेको छैन । बरु फरार सूचीमा रहेको भन्दै पेश गरेको छ । सुन प्रकरणको अनुसन्धानमा सीआईबीले गम्भिर लापरवाही गरेको देखिन्छ । किनकी सीआईबीमा उपस्थित भएका चलाउनेसँग भएको सोधपुछको विवरण समेत सार्वजनिक गरेको छैन । किनकी जिवनको सम्बन्ध पूर्वप्रहरी अधिकारीदेखि सुन तस्करीका माफियाहरुसँग देखिएकाले उनको बयानबाट सुन तस्करीको थप प्रमाणहरु खुल्न सक्छन् । 

सरकारी वकिलको कार्यालयले पनि जीवन चलाउने दावा छिरिङसमेतको आपराधिक समूहमा आवद्ध भई आपराधिक लाभको लागि अन्य प्रतिवादिहरु समेतसँग मिलि संगठित रुपमा अवैध सुनको कारोबार गरेको कसुर स्थापित भएको उल्लेख गरेको छ । [


स्रोतका अनुसार जीवन चलाउनेको सिडिआरबाट राजनीतिक दलका माथिल्लो तहका नेताहरुको समेत सम्पर्क देखिएको छ । सीआईबीले ससम्मान घर पठाएका चलाउने अहिले सबै तिरबाट सम्पर्क विहिन छन् ।  

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....