कास्की । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । पोखरा २१ कृस्तीमा भएको दुर्घटनामा परी एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि २९ जना घाइते भएका छन् ।
सोमबार बिहान एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको बस दुर्घटना भएको हो ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।