काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजेका लागि सरेको हो । ११ बजेका लागि बस्ने भनिएकाे बैठक सूचना टाँस गरि सरेकाे जानकारी गराइएकाे हाे ।
सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण बैठक सरेको हो ।
गत शुक्रबार पनि विभिन्न कारण देखाउँदै ११ बजेको बैठक २ बजेका लागि सरेको थियो । २ बजेका लागि सरेको बैठक बस्न नसक्दा आइतबार ११ बजेका लागि बोलाइएको थियो । तर आइतबार पनि निर्धारित समयमा बैठक बस्न सकेन ।