नागढुङ्गा सुरुङमार्ग : अवरोध छिचोल्दै दुई महिनाभित्र 'ब्रेक थ्रु'को तयारी

सिधाकुरा

काठमाडाैँ । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न मात्र ७३.६० मिटर मात्र बाँकी रहेकाे छ । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ । यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती र सञ्चारलगायत अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) पुर्‍याउन बाँकी छ । 

सुरुङ मार्गमा भौतिक निर्माण पूरा गरिसकेपछि सवारीसाधन सञ्चालन गर्न एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्श दातृ संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइराला बताउँछन् । यसबाहेक केही अवरोधलाई छिचोल्नसके आगामी वर्षभित्र यो मार्ग पूर्णरुपमा सञ्चालन हुनेछ ।  सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुङ्गा बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघन्टा समय बचत हुने  कोइराला बताउँछन्। यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङमार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने कोइराला बताउँछन् ।

अक्सिजनदेखि एफएम सिग्नलसम्म  

सुरुङमार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । यसका लागि १५ वटा ‘जेट फ्यान’आवश्यक हुने कोइराला बताउनुहुन्छ । यसका साथै कूल दुई हजार छ सय ८८ मिटर दूरीमा २४सै घन्टा उज्यालो आवश्यक हुन्छ । बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेशनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उनले दिए। साथै ‘जेनेरेटर’लाई पनि तयारी हालतमा राख्ने व्यवस्था गरिएको उनले बताए ।

निरन्तर सञ्चार संयन्त्र तथा अग्निनियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र (टनेल फ्यासिलिटी) हरहमेशा तयारी हालतमा राख्नुपर्छ । आगलागी सुरुङमार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ । आगलागीको अवस्थामा सुरुङभित्र जडित अग्नि समन यन्त्रको तत्काल प्रयोग गर्ने ‘कन्ट्रोलरुम’लाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङमार्गमा रहेका र पस्दै गरेका सवारीसाधनलाई माइक र एफएम रडियोमार्फत तत्काल सूचना दिन सकिनेछ । त्यसपछि ट्राफिक व्यवस्थापन र ‘डाइभर्सन’ तत्काल गराउने, सुरुङमार्गमा राखिने ‘भिजुअल बोर्ड’मा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचना ‘डिस्प्ले’ गराउने र सबै सञ्चारमाध्यमसमेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिए। 

सुरुङको सुरक्षाका लागि ‘सिसिटिभी क्यामेरा’ तथा सबै संयन्त्रको सञ्चालन गर्न कन्ट्रोल रुमसमेत सुरुङमार्गको पूर्वी ‘पोर्टल’ नजिक बन्दैछ । सामान्यतया सुरुङमार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनमा निर्वाध रेडियो सम्पर्क स्थापना  होस् भन्नका लागि रेडियो ‘सिग्नल’ पु¥याउने सञ्जालसमेत त्यहाँ स्थापना गरिनेछ । 

जमिनकै बाधा 

देशले पहिलो पटक आधुनिक सुरुङमार्गको अनुभव लिँदै गर्दा अन्य आयोजनामा जस्तो मुआब्जा तथा जमिनसम्बन्धी विवादको अल्झोमा छ । झण्डै ३० वटा कित्तामा मुआब्जासम्बन्धी समस्याका कारण काम अघि बढिरहेका छैनन् । पूर्वी विन्दुमा पर्ने बलम्बुस्थित केही जग्गाका केही भाग राजकुलोमा पर्ने र घोषित मापदण्डका कारण सम्बद्ध जग्गाधनीले आंशिक मात्र मुआब्जा पाउने स्थिति छ । जग्गा धनीहरुले आफूलाई पूरैको मुआब्जा पाउनुपर्ने भन्दै त्यहाँको काम अघि बढ्न दिएका छैनन् । “व्यक्तिले भोगचलन गरिएको घरजग्गा भए पनि राजकुलो र त्यसको मापदण्डभित्र पर्ने जमिनको मुआब्जा दिन सम्बद्ध निकाय मानिरहेको छैन । जग्गाधनी भने पूरैको मुआब्जा मागिरहेका छन्”, उनले बताए। 

यसैगरी पश्चिम विन्दुतर्फ धादिङको खत्री पौवास्थित विगत सडक कायम रहेका तर पछि नयाँ सडक बनेपछि सार्वजनिक प्रयोगमा नआएका जग्गामा स्थानीयले उपयोग गरिरहेका छन् ती जग्गाको मुआब्जा दिनसमेत प्रचलित कानुन अनुसार मिलिरहेको छैन । “त्यहाँ पनि मुआब्जा विवादका कारण यात्रुसेवा भवन, शौचालय तथा विश्रामस्थललगायतका काम अड्किएको छ”, उनले भने । सोही स्थानका केही जग्गासम्बन्धी सरकारी अभिलेखमा ‘जग्गाधनी सडक विभाग र व्यक्ति’ दुवैको नाम भेटिँदा थप जटिलता सिर्जना भएको छ । यस्ता समस्याका कारण निर्धारित समयमा काम सक्न समस्या हुने र खर्चसमेत बढन जाने खतरा छ । काममा ढिलाइ हुँदा ठेकेदार र क्षतिपूर्ति दाबी गर्ने र त्यसबापत रकम दिनुपरे आयोजनाको खर्च बढ्न जाने अवस्था छ । आयोजनाका तर्फबाट सम्बद्ध मन्त्रालयलगायतका माथिल्ला निकायमा यससम्बन्धी जानकारी गराइसकिएको र मन्त्रालयस्तरबाट ती समस्या समाधानको पहल भइरहेको जानकारी कोइरालाले दिए । 

आयोजनाका निमित्त प्रमुख गोविन्द डुमरुका अनुसार आगामी मार्च ३ मा मुख्य सुरुङ छेड्ने (ब्रेक थ्रु) को लक्ष्य छ । अहिले जारी काममा गतिरोध नआए करिब एक वर्षपछि सुरुङमार्ग सञ्चालनमा आउने उनले जानकारी दिए ।

खानेपानीको व्यवस्थापन 

सुरुङमार्ग निर्माणका क्रममा पानीका परम्परागत मुहान सुक्नेजस्ता केही समस्या देखिएकाले त्यसलाई समाधान गर्न आयोजना र चन्द्रागिरि नगरपालिकाबीच सहकार्य भइरहेको जानकारी नगरप्रमुख घनश्याम गिरीले दिए । यसअन्तर्गत नगरपालिकाको वडा नं २ मा नयाँ ‘बोरिङ’ गरिने र सुरुङ बनेपछि चन्द्रागिरि नगरपालिकबाट सुरुङको पश्चिम पोर्टलतर्फ बगेको पानीलाई सङ्ग्रह गरी पम्पद्वारा चन्द्रागिरितर्फ वितरण गरिने सहमति भएको जानकारी पनि उनले दिए। 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||

  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....

Current Affairs

रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....

  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’