पञ्चालाई कारबाही माग गर्दै प्रधाानमन्त्रीको दैलोमा नन्दबहादुर, सोध्न चाहन्छन्, ‘मेरो छोराको आत्मालाई कहिले न्याय मिल्छ ?’

युवराज कँडेल

काठमाडौँ । कालिकोटका ५९ वर्षीय नन्दबहादुर मल्ल । १५ वर्षअघि मारिएका छोराको लागि न्याय खोज्दै काठमाडौँ आएको ८ दिन भयो । गत बिहिबार उनी देशको सबै भन्दा ठूलो मान्छे (प्रधानमन्त्री) लाई भेटेर पीडा पोख्छु भन्दै एक्लै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आए । प्रधानमन्त्री निवासको अग्लो पर्खालले घेरिएको बालुवाटार चोकमा उनी अल्मलिए । 

घरी–घरी सेतो पर्खालसँगै जोडिएको ३ नम्बर गेट पुग्थे त घरी १ नम्बर गेट । बाक्लो संख्यामा रहेका सुरक्षाकर्मीसँग सोध्न पनि सकिरहेका थिएनन् प्रधानमन्त्रीको घरसम्म कसरी पुग्ने ? बेला बेला खल्तीबाट मोबाइल झिकेर कसैलाई फोन लगाउँदै थिए, शायद फोनमा बोल्नेले भित्र भनिदिन्छु भनेका थिए । 


भाई छोराहरुलाई प्रधानमन्त्री भेट्न लैजाउ भने पनि उनीहरुको समय नमिलेपछि बिहिबार उनी आफैँ खोज्दै आएका थिए । तर, भित्र प्रवेश गर्ने चाँजोपाँजो नमिलेपछि नन्दबहादुर निराश देखिए । सेतो पर्खाल भित्र छिरेर नन्दलालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ३ वटा प्रश्न सोध्न खोजिरहेका छन् । मेरो छोराको हत्यारालाई कारबाही कहिले हुन्छ ? के मैले न्याय पाउँछु  ? छोराको हत्यापछि दिनदिनै रोगले च्यापेर छटपटाइ रहेकी मेरी वयोबृद्ध श्रीमतीलाई न्याय पाएको खबर सुनाउन पाउँछु ? 

नन्दबहादुर १५ वर्षअघि सुखर्तेमा पढ्दै गर्दा माओवादी नेता कार्यकर्ताबाट हत्या भएका कालिकोट खाँडाचौर ८ का राजबहादुर मल्लका बाबु हुन् । पढाईमा अब्बल राजबहादुरलाई पढाउन काठमाडौँ ल्याउने भने पनि सुर्खेतका शिक्षकहरुले राम्रो विद्यार्थीले जहाँ पढे पनि राम्रो हुन्छ भन्दै सुर्खेतमै भर्ना गराएका थिए । 


सुर्खेत बस्दा राजले स्थानीय ऐन बहादुर शाहीको गणेश होटलमा खाना खान्थे । २०६५ फागुन २६ गते साँझ ८ बजे राज होटलमा खाना खाएर निस्कीदै गर्दा होटल बाहिर मओवादीका पूर्वलडाकु समेत रहेका टाइगर भनिने पदमबहादुर रावतको टोलीले उनको छातीमा खुकुरी रोपेका थिए । प्रत्यक्षदर्शी होटल सञ्चालक शाहीका अनुसार बाटो ढुकेर बसेको सो समूहले राजलाई  होटलबाट निस्कीनासाथ खुकुर प्रहार गरे । होटल सञ्चालक शाहीकी छोरीले मामालाई मार्यो भनेपछि उनीहरु त्यहाँबाट भागेका थिए । घाइते राजलाई अस्पताल लैजाँदै गर्दा उनको प्राण पखेरो उँड्यो । 

घटना भए लगत्तै आफन्तले प्रहरीमा जाहेरी दिए । प्रहरीले अनुसन्धान गर्ने भनेपनि कसैलाई पक्राउ गरेको थिएन । आफन्तहरु राजको काजक्रियामा लागे । काजक्रिया सकेर घर पुगेपछि सुर्खेतबाट छोरोका कोठाको झोलाहरु घरमा पुगे । झोला खोल्दा नन्दबहादुरले केही कागजपत्र भेटाए । उक्त पत्रमा राजले विभिन्न व्यक्तीको नाम किटेर आफ्नो ज्यान जोखिममा रहेको लेखेका थिए । त्यसको केहि दिनपछि उनको हत्या भएको थियो ।

हत्या भएको छोराको झोलामा भेटिएको पत्र बोकेर १५ वर्ष अघि सुर्खेत प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका मल्लले अहिलेसम्म प्रहरी कार्यालयबाट न्याय पाएनन् । किनकी मल्लले जाहेरीमा लेखेका अभियुक्त सामान्य मानिस थिएनन् । उनीहरु हालका सत्तारुढ नेकपा माओवादीका नेता कार्यकर्ता र पूर्वलडाकु समेत थिए । 

छोरा राजबहादुरको झोला खोल्दा बुबा नन्दबहादुरले इन्सेकका लागि लेखिएको एउटा निवेदन भेट्टाए । पत्रमा कालिकोटको मण्हावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्चा सिंह, टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीबाट आफ्नो ज्यान असुरक्षीत रहेकाले सुरक्षाको लागि अपिल गरिएको थियो ।  

त्यही पत्र बोकेर उनी सुर्खेत प्रहरी कार्यालय पुगे । जाहेरी पत्र बुझ्दै अनुसन्धानपछि खबर गर्छौँ भनेका प्रहरीले १५ वर्ष बितिसक्दा पनि खबर गरेनन् । त्यसपछिका केही समय प्रहरी कार्यालय धाइरहेका मल्ल न्यायको आश मरेपछि प्रहरी कार्यालय जानै छोडे । नन्दबहादुर त प्रहरी कार्यालय गएनन् तर उनको छोराको हत्या गर्नेहरुको राजनीतिक कद भने बढ्दै गयो । 

मुख्य आरोपी टाइगर भनिने पदमबहादुर रावत भारतमा घरजम गरेर बसेका छन् । अर्की पञ्चा सिंह सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष छिन् । उनलाई माओवादीले राष्ट्रिय सभाको उम्मेदवार समेत बनाउन खोजेको थियो । अर्का आरोपी शुभाष भनिने वीरबहादुर मल्ल गाउँमै छन्, उनी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार थिए । 

गत माघ ५ गते जिल्ला अदालत सुर्खेतले १५ वर्ष अघिको हत्या आरोपमा जाहेरी परेकाविरुद्ध पक्राउ पुर्जी जारी गरेको कुरा नन्दबहादुरको कानमा प¥यो । १२ वर्षमा खोलो फर्किन्छ भने झै १५ वर्ष पछि छोराको हत्याराविरुद्ध पका्रउ पुर्जी जारी भएपछि उनलाई न्यायको आश पलायो । प्रहरीले चासो देखाएछकी भन्ने लागेको थियो तर प्रधानमन्त्री, गृहमन्त्री र अभियुक्त पनि माओवादीकै भएपछि न्याय पाउने आशा उनलाई फेरि बिरानो बन्यो । पक्राउ पुर्जी त जारी भयो तर प्रहरीले फेरि पनि बोली फेरेको छ । 

माघ ५ गते माओवादी नेतृ पञ्चा सिंहसहितका अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ पुर्जी जारी गरीपाउँ भन्दै सुर्खेत जिल्ला अदालत पुगेको प्रहरीले सोही दिन पक्राउ अनुमती पाएपछि भने हच्किएको छ । 

पक्राउ पुर्जी जारी भएपछि पनि नेतृ सिंह औपचारीक कार्याक्रममा मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नियमित भेटघाटमा छिन् । 

जसको प्रभाव सुर्खेत प्रहरीमा परेको छ । पक्राउ पुर्जी जारी भएको ३ सातासम्म पनि सिंहलाई किन पक्राउ नगरिएको भन्ने सिधाकुराको प्रश्नमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले हास्यास्पद तर्क गरे ।

उनले घटनाका मुख्य अभियुक्त भारतमा भएकाले पञ्चा सिंहलाई पक्राउ गर्न नमिल्ने दाबी गरे । उनी यत्तिमै रोकिएनन यो मुद्दा राजनीतिक मुद्दा हो समेत भन्न भ्याए । 

प्रहरीको यस्तो जवाफलाई कानुनका ज्ञाताहरु खण्डन् गर्छन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार मुख्य अभियुक्त नभेटिएको खण्डमा पनि अन्य अभियुक्तलाई पक्राउ गरी दोषी देखिएको खण्डमा कारबाही गर्न सकिन्छ । ‘मुख्य अभियुक्त पक्राउ नगरी अरुलाई कारवाही नगर्ने हो भने नेपालमा हजारौँ मुद्दामा कारबाही नै अघि बढ्दैन, यो कार्यकर्ता जोगाउने बहाना मात्रै हो । अभियुक्तदेखि गृहमन्त्री, प्रधानमन्त्री नै एउटै पार्टीका भएपछि प्रहरीले आफ्नो पद जोगाउन पक्राउ नगरेको हो,’ न्यौपानेले थपे, ‘पञ्चालाई पक्राउ गरि अनुसन्धान गर्न कानुनले छेक्दैन, राजनीतिक शक्तिले रोक्न सक्छ ।’ 

प्रतिक्रिया

  • Mohan oli 5 months ago
    It would have been much better if it was in English

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....