सापटी माग्दै पैसा नभएको चेक काट्थिन् ज्योति, घरमा आएका पीडितलाई हप्काउँथे धनराज

लक्ष्मण गिरी

काठमाडाैँ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको अगाडि पट्टी दोलखाकी सुष्मा राउत श्रेष्ठको फेन्सी पसल छ ।  सानो पसल सानै कमाइले घर व्यवहार चलाइरहेकी उनलाई एक दिन सहकारीकी प्रबन्धक ज्योति गुरुङले अत्यन्तै आवश्यक परेको भन्दै रकम सापटी मागिन । उनले ५ लाख रुपैयाँ सापटी मागेकी थिइन् । 

सुरुमा राउतले छैन भन्दै टारिन् । तर, हरेक दिन आएर पैसा मागेको माग्यै गरेपछि उनले २०७६ मङ्सिरमा ४ लाख ४८ हजार रुपैयाँ सापटी दिइन् । 


वैदेशिक रोजगारीमा रहेका उनका भाइले जम्मा गर्न भनेर नेपाल पठाएको पैसा सुष्माले भाइलाई समेत नभनी सापटी दिएकी थिइन । सापटी रकम लिएपछि ज्योतिले एउटा चेक पनि दिइन । ज्योतिले आफू नेताको श्रीमती भएको, यत्ति ठूलो सहकारीको प्रबन्धक भएको भन्दै सापटी फिर्ता गर्नेमा आशङ्का नगर्न पटक पटक आग्रह गर्थिन् ।  तर, उनी पैसा खाएर फरार भइन् । 

‘रोजगारीका लागि मेरो कान्छो भाइ दुबई गएको थियो । उसले जम्मा गर्न भनेर मलाई पठाएको पैसा मैले उसको विश्वास गरेर भाइलाई समेत नसोधी दिएको थिएँ ।’, सुष्मा भन्छिन्, ‘पछि भाइ नेपाल आएर पैसा खोजेपछि दि नसक्दा भाइ र मेरोसमेत बोलचाल हरायो ।’

सुष्माका अनुसार सापटी लिएर गएकी ज्योतिले दिएको चेकमा ३ महिनाको समय थियो । पैसा दिन्छु भन्दा भन्दै चेक बाउन्स गर्ने समय पनि सक्कियो ।  उता भाइ नेपाल आएर पैसा खोज्यो । त्यसपछि माइती र घर दुवैतिर सुष्मा नराम्रो बनिन् ।


‘घरमा त कराइहाल्नु हुन्छ नि, त्यत्रो पैसा । सम्झियो भने पनि रुन मन लाग्छ । मैले विश्वास गरेर दिएको थिएँ तर पैसा दिनुभएन । के भन्ने ?’, सुष्मा भक्कानिन्छिन् । 

पैसा पाउने आशमा उनी पटक पटक घर खोज्दै ज्योति गुरुङको घर पुगिन् । तर, उनका पति धनराज र उनकी आमाले आफूहरूसँग ज्योतिको सम्बन्ध नरहेको बताउँदै फर्काएको उनको भनाई छ ।

०००

रामेछापका धनराज श्रेष्ठ परिवार दुई पछिल्लो २० वर्षदेखि ललितपुरको महालक्ष्मीस्थानमा व्यवसाय गर्दै आएका छन् । खाजा खाना बेचेर होटलबाट कमाएको थोरै रकम जम्मा गर्दै श्रेष्ठ परिवारले आफ्नो गर्जो टार्दै आएका थिए । खाजा होटलको पारी पट्टी रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङले धनराजको होटलमा खाजा खान्थिन् । उनीहरूको सम्बन्ध दिदीभाइको जस्तो बनेको थियो । 

सोही क्रममा २०७५ चैतमा ज्योति गुरुङ धनराजको होटल गएर जग्गा किन्नका लागि पैसा नपुगेको गुनासो गरिन् । धनराजसँग उनले १० लाख रुपैयाँ ऋण केही दिनका लागि दिन आग्रह गरिन् । धनराजले पनि ठूलो परिवारको मान्छे, त्यत्रो सहकारीको म्यानेजर, यति पैसामा के समस्या आइपर्ला र भनेर ज्योतिलाई ऋणको रुपमा नभई सापटीका रुपमा १० लाख थमाए ।

केही दिनमै दिन्छु भनेको पैसा एक महिनासम्म नदिएपछि धनराजले चेक मागे । सोहीअनुरूप ज्योति गुरुङले २०७६ बैशाखमा लक्ष्मी बैँकको चेक धनराजलाई दिइन् । तर, लामो समयसम्म त्यस खातामा पैसा नभएका कारण पैसा निकाल्न मिलेन । त्यो चेकको मिति सकियो ।

कहिले बिरामी भएको त कहिले आफैँलाई पैसाको आवश्यकता परेको भन्दै ज्योतिले धनराजलाई पुनः दोस्रो पटक नेपाल बङ्गलादेश बैँकको अर्को चेक काटिन् । २०७६ साउन २३ गतेको मिति राखेर दिइएको उक्त चेकको मिति सकियो तर पैसा आएन ।


दोस्रो चेकको मिति सकिएर बाउन्स गर्नुपर्ने मिति समेत सकिएपछि ज्योति धनराजसँगको सम्पर्कबाट अलग भइन् । आफू बिरामी परेर थाइल्यान्ड आएको बताउँदै भाइबरमा कुरा गर्ने ज्योतिले धनराजलाई ब्लक गरिन् । त्यसयता उनीहरूको सम्पर्क भएको छैन ।

‘भाइ प्लीज मैले जग्गा किनेको, पैसाले आवश्यकता पर्यो भनेर पटक पटक अनुरोध गर्नुभयो । त्यति ठूलो घरानाको मान्छे भएका कारण धोका हुन्न भन्ने सोचेर पैसा दिएको थिएँ ।’ धनराजले सिधाकुरासँग दुखेसो पोखे, ‘चेकको मिति नसकिउन्जेल त भाइबरबाट कुराकानी हुन्थ्यो, पैसा दिन्छु भन्नुभएका कारण विश्वास गरेर चेक बाउन्स पनि गरिएन । पछि त सम्पर्कबाटै हराउनुभयो ।’

सुरुमा पैसा आइहाल्ला भनेर कानुनी कारबाहीमा नगएका धनराज ५ वर्षयता पछुताएर बसेका छन् । विगत ५ वर्षदेखि ज्योतिसँग कुराकानी नै नभएको धनराज बताउँछन् । ‘माननीयको श्रीमती, यति ठूलो संस्थाको म्यानेजर, इज्जत भएको मान्छे सोचेर उजुरी दिएनौँ, चेक बाउन्स गरेनौँ ।’, धनराज भन्छन्, ‘मिति रहुन्जेल सम्पर्कमा भएकाले विश्वास थियो । मिति नै सकिएपछि त न चेक बाउन्स गर्न पाइयो, न कुनै आधारमा उजुरी । के गर्ने के गर्ने ।’

चेक नसाटिएपछि चेक बाउन्स गर्नुपर्छ भन्नेसमेत थाहा नभएकी सुष्मा र धनराजको सोझोपनको फाइदा उठाएर ज्योति ५ वर्षदेखि फरार छिन् । यता पीडितहरू भने त्यही चेकका चिर्कटो हेर्दै पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् ।


गत सोमबार ज्योति र  नेपाली कांग्रेसका उपसभापति एवम् स्याङ्जाबाट निर्वाचित सांसद धनराज गुरुङ सहकारी ठगीमा मुछिएको खबर सार्वजनिक भएको थियो । आफूहरूलाई ठगेकी ज्योतिको सहकारी प्रकरण बाहिरिएपछि अहिले उनीबाट ठगिएका पीडितहरू सङ्गठित भइरहेका छन् । ज्योति गुरुङलाई रकम सापटी दिँदा सांसद गुरुङ एकाघरमै रहेको तर रकम फिर्ता गर्न उनले कुनै पहल नगरेको पीडितहरूको आरोप छ । पटक पटक घरमा पुगेर रकम फिर्ता गरिदिन आग्रह गर्दा उल्टै सांसद गुरुङले हप्काएर पठाएको उनीहरु बताउँछन् ।

पूर्व कानुनमन्त्रीसमेत रहेका सांसद गुरुङले भने ज्योति गुरुङको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएकी छन् । सिधाकुरासँग सोमबार कुरा गर्दै नेता गुरुङले उनी आफ्नो पूर्व पत्नी भएको भन्दै यि सबै कुराको जिम्मेवारी उनी नै हुने बताएका थिए । ज्योति गुरुङसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भएको सांसद गुरुङको दाबी छ । हाल ज्योति गुरुङ फरार छिन् । 

सम्बन्धित समाचार : 

‘सहकारी छानबिन समिति बनाएपछि धनराजले यो कुरा बाहिर नल्याइदिन तीन पटकसम्म घरमा छलफल गरे’ : कुम्भराज गुरुङ


सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी




प्रतिक्रिया

  • 💽 Notification: Operation NoEP62. WITHDRAW => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZS 1 months ago
    49syst

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....