दाङमा कपाल काटेरै दाजुभाईले जुटाउँछन् पढाइ खर्च

शिवराज खनाल

दाङ । दाङमा एकै घरका दुई भाइले सैलुन व्यवसाय (कपाल काटेर) बाट पढाइ खर्च जुटाउँदै आएका छन् । लमही नगरपालिका–४ अर्नहवाका २० वर्षीय अस्कर बस्नेत र १८ वर्षीय अरुण बस्नेतले लमही बजारमा सैलुन व्यवसाय गरेर आफ्नो खर्च जुटाउने गरेका छन् । सैलुन व्यवसाय सुरु गरेको करिब डेढवर्ष भएको उनीहरू बताउँछन् ।

बिहान कलेज जाने र दिउँसोको समयमा कपाल काट्ने गरेको अरुण बताउँछन् । खाली समयमा त्यसै बस्नु र बरालिनुभन्दा आफ्नो खर्च पनि जुट्ने र बरालिनु पनि नपर्ने भएकाले व्यवसाय सुरु गरेको अरुणले बताए ।

‘खाली बसेर डुल्नुभन्दा केही गर्नुपर्छ भनेर दुई भाइ मिलेर सैलुन व्यवसाय सुरु गरेका हौँ’, उनले भने । आम्दानी राम्रै भएको बताउँदै अरुणले सैलुन व्यवसायले दुई भाइको पढाइ खर्च र घरखर्च समेत धानेको बताए । ‘बिहान कलेज जान्छौँ, कलेजबाट फर्किएपछि र कलेज बिदाको दिन कपाल काट्ने काम गर्छौँ’, उनले भने । उनीहरुले मासिक १० हजार पाँच सय रुपैयाँ तिर्ने गरी सटर भाडामा लिएर व्यावसाय सञ्चालन गरेका छन् ।

लमहीमा रहेको आदर्श माविमा अस्करले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष र अरुण कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत छन् । कपाल काटेर भएको आम्दानीले उनीहरूले अध्ययनका लागि आवश्यक किताब, कापी, कलम, स्कुल पोसाक र मासिक शुल्क तिर्ने गरेका छन् । पढाइ बिहानी सत्रमा हुने भएकाले दिउँसोको समयमा व्यवसाय गर्न सहज भएको उनीहरू बताउँछन् ।

अहिले दैनिक तीन हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनीहरू बताउँछन् । पहिले कपाल काट्ने सिप सिकेकाले त्यही सिपको सदुपयोग गरेको अस्कर बताउँछन् उनीहरू मात्र नभइ सिप सिक्न आउनेहरूलाई समेत सिकाउने गरेको अरुण बताउँछन् । ‘सिप सिक्छौँ भनेर आउनेहरूलाई सिकाउँछौँ, सिप सानो–ठुलो हुँदैन’, उनले भने । अहिले सञ्चालन गरेको व्यवसाय विस्तार गदै जाने दुईभाइको योजना पनि छ ।

उनीहरूले सुरु गरेको व्यवसायबाट आफू मात्र नभई अन्यलाई समेत रोजगार दिने गरेका छन् । ‘मेरो विदेश जाने कुनै योजना छैन, यही व्यवसायलाई विस्तार गर्ने योजना छ’, अस्कर भन्छन्,  ‘विदेश गए भनेको जस्तो काम पाइँदैन, आफ्नो देशमा जस्तो सहज पनि हुँदैन ।’ अधिकांश युवा रोजगारीका लागि बिदेशिने गरेका छन् तर सिप सिकेर नेपालमै काम गर्न लाज मान्ने गरेको उनको भनाइ छ ।

उनीहरुका बुवा गोपाल बस्नेत छोटो दुरी (लोकल रुट) को बस चालक हुन् । ‘बुवाको कमाइले घरपरिवारका केही आवश्यकता पूरा हुन्छ तर सबै खर्च धान्न समस्या भएपछि हामी दुई भाइ मिलेर व्यवसाय सुरु गरेका हौँ, व्यवसाय राम्रो हुँदै गएको छ’, अरुणले भने । सिभिल इन्जिनियरिङको पढाइमा अलि बढी मिहिनेत गर्नुपर्ने भए पनि खाली भएको समयमा सैलुनमा आएर कपाल काट्ने गरेको अस्कर बताउँछन् । ‘पढाइ बाहेक खाली भएको समयमा म कपाल काट्ने गर्छु’, अस्करले भने,  ‘सानै उमेरमा आफूले व्यवसाय सञ्चालन गरेकोमा खुसी लाग्छ ।’ मासिक ४५ देखि ५० हजार रुपैयाँसम्म जनही कमाइ हुने उनीहरू बताउँछन् । उनीहरुले आफ्नो खर्च कटाएर केही रकम बचत समेत गर्ने गरेका छन् । 

सैलुन व्यवसाय अझै पनि अधिकांश भारतीय मूलका नागरिकले सञ्चालन गर्ने गरेका छन् । ठुला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व छ । पछिल्लो समयमा नागरिकको बुझाइमा परिवर्तन आउन थालेपछि नेपालीले समेत सैलुन व्यवसाय गर्न थालेका छन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....