सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुट्दा संसद बैठक नबसी स्थगित भएको छ। संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।
आज ११ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर २ बजे बस्ने भनिएको थियो । तर उक्त बैठक समिति बनाउने विषयमा टुंगो नलाग्दा स्थगित भएको हो ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । बिहिबारको बैठकमा सरकार पक्ष र नेपाली कांग्रेसबिच हात हालाहालको स्थिति सिर्जना भएपछि सभामुखले बैठक स्थगित गरेर आजका लागि बोलाएका थिए । तर राजनीतिक दलहरुबिच सहमति नबन्दा बैठक स्थगित भएकाे हाे ।