काठमाडौँ । १७ औ गणतन्त्र दिवसको अवसरमा पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेलेको भूमिकाको उच्च कदर गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीद्वारा जैसी सम्मानित भएका हुन्।
विभिन्न सञ्चार प्रतिष्ठानमा आवद्ध रहेर त्यस क्षेत्रको विकास र राष्ट्र निर्माणमा पुऱ्याएको योगदान सबैका लागि अविष्मरणीय र अतुलनीय रहेको भन्दै आयोजक संस्थाले जैसीलाई सम्मान गरेको हो। कांग्रेस नेता डा. मिलेन्द्र रिजाल, एमाले नेता कृपासुर शेर्पाले पनि उनलाई सम्मान गरेका हुन्।
‘पिता जक्तिराम जैसी र माता अम्रिता जैसीको कोखबाट कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा न १ लुसामा जन्मनु भई अत्यन्तै निष्ठा र समर्पणका साथ पत्रकारिता क्षेत्रमा सक्रियतापूर्वक लागेर नेपाली नागरिक समाजमा आफूलाई निष्ठापूर्वक समर्पित गराउँदै आउनु भएको जैसीले पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा खेल्नुभएको सक्रिय भूमिका सबैका लागि प्रेरणादायी र प्रसंसनीय रहँदै आएको छ। पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै १७ औ गणतन्त्र दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानको तर्फबाट यहाँलाई ूराष्ट्रिय सेवा सम्मानू प्रदान गरिएको छ ।’ सम्मान पत्रमा उल्लेख छ।
गणतन्त्र १७ओौ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ उपाध्यक्ष बाला अधिकारीसहित विभिन्न क्षेत्रमा योगदान दिएका प्रतिष्ठित दर्जनभन्दा बढि व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।