‘प्रहरीले नियोजित रुपमा विमानस्थल प्रमुख र मलाई कुटे, भिडियो इडिट गरेर बेइज्जत गरियो ’

विष्णु ढुंगाना

काठमाडौँ । माघ १२ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबिच कुटाकुट भएको एउटा लज्जास्पद सीसीटीभि फुटेज सार्वजनिक भयो । निजामतिको पोशाकमा रहेका अध्यागमनका कर्मचारी र प्रहरीको कुटाकुटको दृश्यले गृह मन्त्रालय मातहतको नेपाल प्रहरी र अध्यागमन विभागका अधिकारी बीचको तिक्तता देशको सबैभन्दा ठूलो विमानस्थल भित्रै छताछुल्ल भयो ।

विमानस्थलको प्रस्थान र आगमन बीचमा रहेको चेकिङ पोइन्टमा भएको कुटाकुट भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बिभिन्न पक्ष र बिपक्षमा टिकाटिप्पणी भए । सार्वजनिक भएको भिडियोमा प्रहरीबाट कुटाई खाने निजामति कर्मचारी थिए,अध्यागमन अधिकृत छायाँलाल मोक्तान । सम्पादन गरिएको जस्तो देखिने दृश्यमा जुनियर प्रहरी अधिकृत सञ्जय तामाङ्गसंग विवाद भएपछि छायाँलालले सञ्जयलाई लात्तीले हानेको देखिन्छ । त्यसपछि ति सञ्जयसहितका प्रहरी टोली र छायाँलाल बीच विमानस्थल भित्रै कुटाकुट चल्छ ।    

घटना भएकै दिन गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले प्रतिवेदन बुझाउँदै कुटपिट घटनामा संलग्न भएको आरोपमा  डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई कारबाहीको सिफारिस गरेको छ भने कुटाइ खाने अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विभागीय कारबाही गर्न भनेको छ । तर, सीसीटीभी फुटेज पहिल्यै सार्वजनिक गरेर प्रहरीले घटनामा आफू निर्दोष साबित हुन प्रयास गरेको विमानस्थलमा कार्यरत निजामति कर्मचारीहरु बताउँछन् । यही शिलसिलामा सिधाकुराले विमानस्थलमा कुटाइ खाएका छायाँलाईलाई त्यो दिन के भएको थियो भनेर साेधेकाे छ । उनको भनाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौँ ।

माघ १२ गतेको दिन मेरो ड्युटी डिपार्चर (प्रस्थान) मा थियो । तल प्रवेश बिन्दु (इन्ट्री पोइन्ट) मै हाम्रो शारीरिक चेक हुन्छ । त्यहाँबाट मेटल फ्रि भएपछि मात्रै हामी माथि जान पाइन्छ । हाम्रो डिपार्चरबाट अराइभलतिर जाने काम परिराख्छ । डिपार्चरमा चेन्जिङ रुम छैन, हाम्रो हेलमेट लगायतका अन्य सामग्रीहरु हामीले अराइभलपट्टि नै राख्नुपर्ने हुन्छ । अराइभल र डिपार्चरको बिचमा मेटल जाँच गर्ने मेशिन राखिएको छ । म निस्कदा मेटल फ्रि भएर निस्केँ । मेसिनले रिड गरिसकेपछि मान्छेले खानतालासी नगर्ने चलन विमानस्थल भित्र छ । कि सबैलाई (प्रहरी,कर्मचारी) गर्ने कि कसैलाई नगर्ने गरिन्छ । 

त्यो दिन पनि म मेटल फ्रि भएँ । मेसिनले रिड गरिसकेपछि पनि प्रहरी जवान रविरञ्जन गुप्ताले मलाई खानतालासी गर्नुपर्छ भने । म चिया खान निस्कदा त्यो दिन पहिले पनि चेक भईसकेको थियो । खानतालासी गर्न खोजेपछि मैले सोधेँ,‘फेरि गर्नुपर्छ र ?’ मैले राम्रोसँग भनेको थिएँ, ‘अघि पनि गरेकै छ । अहिले पनि मेटल फ्रि भइसकेको छ अब नगर्दा नी हुन्छ होलानी हो सर,’ । तर उनले होइन ‘गर्नुपर्छ’ भने । त्यसपछि मैले भने, ‘ठिकै छ गर्न त गर्नुस् तर अब देखि सबैको गर्नुस् नि प्रहरी निजामति सबैको । कानुनमा त सबैलाई गर्नुपर्ने उल्लेख छ ।’ 

त्यसपछि प्रहरी जवान गुप्ताले ‘हामी यहाँ चेक गर्न बसेको हामीले हाम्रो गर्ने होइन । अरुको गर्ने हो’ भन्ने जवाफ फर्काए । ‘तपाईँलाई थाहा छ यो कुरो ? हाम्रो चाहीँ पर्ने तपाईँहरुको नपर्ने भन्ने कसरी हुन्छ ?’ भनेर मैले सोधेँ । त्यसपछि उनले ‘हामीलाई यही आदेश भएको छ’ भने । त्यसपछि मैले ‘कि सबैको हुनपर्यो कि कसैले हुनुभएन भने’ त्यसपछि उनले किन ठूलो ठूलो कुरा गरेको भन्न थाले । उनले त्यसपछि मलाई ‘तँ’ सम्बोधन गरेर ठूलो स्वरमा कुरा गर्न थाले । 

उसले तँ भनेपछि मलाई रिस उठ्यो । उसले म सँग कुरा गर्दा मेरो ज्यु मा हात हालेर कुरा गर्यो । मेलै मेरो शरीरमा टच नगरी कुरा गर्नुस् भने तर उसले बारम्बार मलाई हात हालिरहेको थियो । मैले मेरो शरीरमा तलासी गर्न दिएर उतापट्टि जान लागेको थिएँ । उसले फेरि मेरो पछि पछि आएर मलाई तान्दै आयो । त्यही समयमा उता मेसिनपट्टि बस्ने एउटा असई केटो (सञ्जय तामाङ) रहेछ । त्यो केटो मलाई कुटम्ला जसरी हानिएर आयो । म सँग के हो ? कसो हो ? किन ठूलो ठूलो कुरा गरेको भनेर थर्काए । अनी ‘मैले त्यस्तो केही भनेको होइन, जाँच गर्दा सबैको प्रहरीको पनि गर्नुस् भनेको’ मैले भने । उसले पनि ‘किन हाम्रो गर्ने ? भन्छ फेरि उसैको जवानलाई सपोर्ट गर्छ ।’ त्यही विषयमा हाम्रो विवाद हुन्छ । विवादकै क्रममा उसले मेरो छातिका हात हालेर धकेल्छ । त्यसपछि मैले किन धकेलेको भन्छु । उसले मलाई उता (नियन्त्रण कक्ष) हिँड भनेर हात लगाउँछ । अनी मैले उसको हात मेरो ज्युबाट हुत्याइदिन्छु । त्यसपछि मलाई त्यसले मुक्का हान्छ । 

बहिर आएको भिडियोमा यस्तो देखिदैन । त्यसपछि ४/५ जना प्रहरी आउँछन् । स्वभाविक रुपमा मलाई त्यो समय निकै रिस उठेको थियो । सबै मिलेर धकेलेर मलाई उता लैजान्छन् । मेरो घाँटिमा भएको आइडी कार्ड पनि उनीहरुले कता फालिदिए थाहा छैन् । त्यसपछि बल्ल मैले लात्ति उठाएको थिएँ । मैले एकपटक लात्ती हानेको हुँ । असई सहितको टोलीले मलाई पिट्दै ल्याउँछन् । केही मानिसहरु आएर छुट्याउँछन् । माहोल केही शान्त हुन्छ । त्यसपछि मैले मेरो बोस (गोगन बहादुर हमाल) लाई घटनाबारे जानकारी गराएँ । मेरो चिफ साब आउनुहुन्छ । त्यहाँ डिएसपी रेवती रमण पोखरेल पनि आईपुग्न हुन्छ । 

उहाँहरु आइसकेपछि एकपटक सीसीक्यामेरा हेरौँ भन्ने कुरा भयो जुन प्रहरीको नियन्त्रणमा छ । चिफसाब, डिएसपी  र म लगायतको टोली सीसीटीभी कन्ट्रोल कक्षमा गयौँ । अन्य २ जना अफिसरहरु पनि प्रत्यक्षदर्शी भएकोले उनीहरुले हामी पनि हेर्छौँ भन्नुभयो । डिएसपीले त मानेका थिएनन् । उनले चिफ साब र मैले मात्र हेर्छु भनेका थिए । तर, साथीहरु पछिपछि गए । प्रहरीले देखाएको फुटेजमा गल्ती उनीहरुकै भएको प्रस्ट देखियो । मलाई घेरेर कुटेको प्रस्ट भयो । त्यसपछि चिफसाब (अध्यागमन प्रमुख गोगन बहादुर हमाल) रिसाउनुभयो । उहाँले हाम्रो अफिसरमाथि यस्तो गर्ने हो भनेर हातले टेबुल ठटाउनुभयो । उहाँले सामान्य आपत्ति जनाउनुभएको थियो । तर, प्रहरीको टोलीले किन टेबल ठटाएको भन्दै कराउन थाले । त्यसपछि हाम्रो एकजना साथीले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव सरसँग त्यसरी कुरा गर्ने हो भनेर प्रतिवाद गरे । उनीहरुले किन नमिल्ने, हाम्रो एरियामा आएर टेबल ठटाउन मिल्छ भनेर भन्न थाले । हाम्रो साथीहरु पनि थपिन्छन् । त्यसपछि उनीहरुले फेरि मलाई मुक्का हाने । त्यो क्रममा चिफसाबले मलाई छेक्नु भएको  थियो तर उनीहरुले चिफसाबलाई नै हाने । खासमा चिफसाबले मैले कुटाई खानबाट बचाउनलाई मलाई छेक्नुभएको थियो । तर, उनीहरुले चिफसाबलाई नै कुट्छन् । मैले चिफसाबलाई कुट्यो भनेर हल्ला गरेपछि अरु साथीहरु आइपुग्छन् र माहोल साम्य हुन्छ । 

त्यो बाहिर आएको भिडियो आधा पनि छैन । सबै भिडियो हेर्नुभयो भने बल्ल गल्ती कसको रहेछ भन्ने प्रस्ट हुन्छ । सीसीटीभी सबै उनीहरुको नियन्त्रणमा छ । उनीहरुले नै त्यसलाई मनिटर गर्छन् । उनीहरुले त्यही कुराको फाइदा उठाएर एडिटेड भिडियो मिडियामा पठाए । उनीहरुको यस्तो गर्छन भन्ने हामीलाई पहिल्यै शंका थियो । काँटछाँट होला, डिलिट होला वा तोडमोड गर्लान भनेर हामीले त्यही दिन भिडियो उपलब्ध गराइपाउँ भनी प्रशासनिक निवेदन दिएका थियौँ । तर, हामीलाई उनीहरुले फुटेज दिएनन् । फुटेज नदिएको कुरा हामीले हाम्रो विभागमा जानकारी गरायौँ । यो भन्दा गम्भिर कुरा मन्त्रालयले त्यही दिन छानबिन समिति बनाएको छ । तर,समिति बनाईसकेपछि भिडियो बाहिर ल्याउन मिल्छ कि मिल्दैन ? पुरा भिडियो नल्याइ इडिटेड भिडियो किन आयो ? त्यो पनि एउटा छानबिनको विषय हुनुपर्छ भन्ने मेरो माग छ । बाहिर आएको भिडियोमा मेले लात्तिले हानेको ठाउँबाट सुरु भएको छ । अगाडिको फुटेज कहाँ गयो ? भिडियो लिक गराउनेलाई पनि कारबाही गर्नुपर्छ ।  

(अध्यागमन अधिकृत छायाँलालसँग सिधाकुराका लागि विष्णु ढु‌ंगानाले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....