काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सभामुख देवराज घिमिरेले बैठक १३ जेठसम्मका लागि स्थगित गरेका हुन् ।
सहकारी ठगीमा संसदीय छानबिन समिति माग गर्दै कांग्रेसले सदन स्थगित गर्दै आएको छ । यस्तो समितिमा गृहमन्त्रीको नाम नै किटेर छानबिन समिति बन्नु पर्ने कांग्रेसको माग छ । तर, सत्ता साझेदार दलहरूले यसरी संसदीय छानबिन समिति गठन नहुने अडान दोहोर्याइ रहेका छन् ।