प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, मृतकको फेसबुकमा हत्याराले नै गरेका थिए बेहुली भएको फेक फोटो पोस्ट

विष्णु ढुंगाना

काठमाडौँ । गत फागुन २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभिर स्थित शिवपुरी जंगलमा शरीरको भाग पुरिएको र २ ओटा हात मात्र देखिएको शव फेला पर्यो । शव फेला परेको सूचना पाउने वित्तिकै नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टोली परिचालन गरेको थियो । घटनाको अनुसन्धानपछि जुन बाहिर आयो त्यो काल्पनिक चलचित्रको कहानी भन्दा अझ भयानक छ । 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की १८ वर्षीया सुष्मा लामा माघ २२ गते घरबाट कलेज जानका लागि निस्केकी थिइन् । तर उनी बेलुकी घर फर्किनन् । परिवारले सो दिन उनलाई सम्पर्क गर्ने धेरै प्रयास गरे । संभावित सबै ठाउँमा खोजे, बुझे तर केही पत्तो लागेन । 

भोलिपल्ट अर्थात माघ २३ गते सुष्माले चलाउने सुष्मा मंगोलियन नाम गरेको फेसबुक अकाण्टमा एउटा पोस्ट आयो । जहाँ बेहुला बेहुलीको फोटो अपलोड गरेर क्याप्सन लेखिएको थियो, ‘सरी सबैजनालाई, तीन दिनमा म आउँछु’ । उक्त पोष्टमा बेहुलाको फोटोमा इमोजी राखिएको हुन्छ भने सुष्मालाई बेहुलीको बस्त्रमा देखिन्छ । 

परिवारले माघ २५ गते सुष्मा हराएको भन्दै प्रहरी बृत्त बौद्धमा खोजतलासको लागि निवेदन दिन्छन् । परिवारले निवेदन दिएको भोलिपल्ट सुष्माको दिदि नाता पर्ने बिन्दा तामाङलाई सुष्माको नम्बरबाट म्यासेज आउँछ । जहाँ लेखिएको हुन्छ, ‘किन के को पुलिस रिपोर्ट गरेको ? म तीन दिनमा आउँछु भन्दा भन्दै कस्तो मान्छेहरु रैछ । अब आउँछु भन्ठानिराहोला । अब मलाई बच्चा पनि भइसक्यो होला । हामीलाई जेलमा हालेर के पाउँछ ? अब टाढा गएर बस्ने हो कसैले के को पनि चिन्ता लिनु पर्दैन हाम्रो ।’

परिवार सुष्माले बिहे नै गरेको निष्कर्षमा पुग्छन् । उजुरी पछिको म्यासेजमा अब टाढा गएर बस्ने र कसैले चिन्ता लिुपर्दैन भनिएको थियो । तर परिवार सुष्मा फर्कनेमा आशावादी थिए । एक महिना बित्छ । सुष्माको कुनै खबर आउँदैन । 

फागुन २४ गते शिवपुरीको जंगलमा शव भेटिएको प्रहरीले सूचना पाउँछ । अनुसन्धानको क्रममा उक्त शव सुष्माकै भएको खुल्छ । बिहे गरेँ भनेकी सुष्माको शव भेटिएपछि परिवार असह्य पीडामा डुब्छ । बिहे गरेँ भन्ने खबर पठाएकोे सुष्माको गाडिएको अवस्थामा शव भेटिनुले घटना सामान्य नभएको निचोडमा प्रहरी पुग्छ । प्रहरीको अनुसन्धानपछि एउटा डरलाग्दो अपराध बाहिर आउँछ ।

यस्तो छ प्रहरी अनुसन्धानबाट खुलेको डरलाग्दो तथ्य

मृतक सुष्मा लामालाई रुपेन्द्र लामा ना गरेका सुष्माकै गाउँका २१ वर्षीय युवकले विगत ८ महिनादेखि मन पराउँदै आएका थिए । प्रहरीका अनुसार उनीहरु विगत १÷२ वर्षदेखि सँगै घाँस काट्न, बाख्रा चराउन जाने गर्थे । तर उनीहरुको फोन वा म्यासेजमा भने कुरा हुँदैनथ्यो । भेटका क्रममा मात्र उनीहरुबिच बोलचाल हुन्थ्यो । रुपेन्द्रले सुष्मालाई पटक पटक प्रेम प्रस्ताव समेत राखेका थिए । तर सुष्माले अस्वीकार गरेकी थिइन् । २२ गते पनि सुष्मा कलेज हिँडेको समयमा रुपेन्द्रले प्रेम प्रस्ताव राखेका थिए । तर सुष्माले पहिले जस्तै अस्वीकार गरिन् । त्यसपछि रुपेन्द्रले घाँटी थिचेर अचेत बनाएको बयान दिएका छन् । रुपेन्द्रले सुष्माले लगाएको टाई र जुत्ताको तनाले घाँटी कसेको र पेटीले हात बाँधेर खाल्डोमा पुरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीका अनुसार रुपेन्द्रले ४ दिनअघि खाल्डो खनेका थिए । उनले ८ दिनदेखि सुष्मालाई बाटोमा ढुकेको समेत बयानका क्रममा बताएका छन् । 

सुष्मालाई खाल्डोमा पुरेपछि उनको फोन र किताब समेत रुपेन्द्रले नै लगेका थिए । त्यसपछि उनले भोलिपल्ट गुगलबाट बेहुला बेहुलीको फोटो तानेर त्यसमा सुष्माको टाउको जोडेर बेहुलाको अनुहारका इमोजी राखी सुष्माकै फेसबुकमा अपलोड गरिदिएका थिए । त्यसपछि परिवारले खोजीको लागि उजुरी दिएको कुरा थाहा पाएपछि रुपेन्द्रले नै दिदि बिन्दालाई म्यासेज गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले रुपेन्द्रको कोठाबाट सुष्माको मोबाइल फोन, उनको कापी किताब र खाल्डो खन्न प्रयोग गरेको कुटो समेत बरामद गरेको छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....