धादिङ । धादिङमा बिहीबार तीन वटा चितुवा एकै स्थानमा मृत फेला परेको छ । जिल्लाको थाक्रे गाउँपालिका–१० केवलपुरमा ३ वटा चितुवा मृत फेला परेको प्रहरीले जनाएको छ ।
दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी स्थानीयले तीन वटा चितुवा मृतावस्थामा फेला पारेका हुन् । वडाको गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत अवस्थामा भेटिएको थाक्रे गाउँपालिका १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले बताए ।
घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि आफू घटनास्थलमा पुगेको वडाअध्यक्ष लामिछानेले बताए ।