‘खाडीमा श्रम गरेर फर्किएका हामीलाई विमानस्थलमा तस्करको व्यवहार गरियो’

लक्ष्मण गिरी

काठमाडौँ । साउदी अरबमा २ वर्ष काम गरेर फर्किएका सिन्धुलीका भेषकुमार गिरीले लगाएर आएको  औँठी विमानस्थल भन्सारले जफत गरेको छ । 


६ वर्षदेखि साउदीमा रहेका गिरी २ वर्ष पछि  बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलको भन्सार आइपुग्ने बित्तिक्कै कर्मचारीले औँठी फुकाल्न भनेको र करिब ४७ हजार रुपैयाँ भन्सार तिरेर सुन लैजान भौचर दिएको उनले सिधाकुरालाई बताए ।

वैदेशिक रोजगारीबाट आउँदा पहिलो पटक आफूले यसपटक गहना लगाएर आएको भन्दै गिरीले विमानस्थल भन्सारले तस्करको व्यवहार गरेको दुखेसो गरे । विदेशमा श्रम गरेर फर्किने युवाहरुर्लाइ राज्यले दुःख दिएको उनको आरोप छ । 

‘साउदी बसेको ६ वर्ष भयो । म २ वर्षपछि नेपाल आएको हुँ । यो पहिलो पटक २५ ग्रामसम्म गहना ल्याउन पाइन्छ भन्ने भन्सारको सूचनाअनुसार मैले १९.९ ग्रामको औँठी लगाएर आएको हुँ,’ गिरी भन्छन् ‘ न म अवैध रुपमा काम गर्ने मान्छु हुँ, न त मेरो ट्राभल हिस्ट्री नै त्यस्तो छ । तर, भन्सारले मलाई तस्कारको व्यवहार गर्यो ।’


उनले घरमा परिवारले गहनाको रहर गरेकै कारण सुन किनेर ल्याएको पनि दाबी गरे । आफूले नेपाल सरकारको नियमअनुसार नै गहना ल्याएको उनको जिकिर छ । सुनको औँठी खरिद गरेको बिल र कागजात देखाउँदा समेत  आफूहरुलाई  कर्मचारीले दुःख दिएको उनी बताउँछन् । भेषकुमारसँगै आएका एउटै कम्पनीमा काम गर्ने उदयपुरका गोकुल बहादुर कार्कीले पनि १९.९ ग्रामकै भेषकुमारको जस्तै औँठी खरिद गरेरलगाएर आएका थिए । 

एकै समयमा बिदामा नेपाल आएका उनलाई समेत विमानस्थलका कर्मचारीले रोकेर चिट थमाए । यतिबेला उनी पनि घर जानुको सट्टा औँठी पाउन काठमाडौँको होटलमा बसेर विमानस्थल धाईरहेका छन् । कर्मचारीसँग विन्ति गर्दासमेत पैसा नतिरेसम्म सुन नपाउने बताएपछि आफूहरुले न्याय पाउनुपर्ने भन्दै मिडियामा आएको बताउँछन् । उनीहरुले आफूहरुलाई कानुनसम्मत व्यवहार गरिनुपर्ने बताए । 

उनीहरु आफूहरुले भन्सार कार्यालयले सार्वजनिक गरेको सूचनालाई नै आधार मानेर सुनको गहना लगाएको दुवै जनाको दाबी छ । आफूहरुले गलत प्रयोजनका गहनाको आकार मात्रै दिएर सुन नल्याएको गिरी र कार्कीको दाबी छ ।

तर, भन्सार विभागले भने रसायन प्रयोग नगरिएका बेरुवा औँठी, सिक्री र बाला ल्याउन नपाउने दाबी गर्छ । गहनाको आकार जस्तो मात्रै दिएर  त्यस्ता सुन ल्याउन कानुनले रोकेको भन्सार विभागका सूचना अधिकारी एवम् प्रवक्ता पुण्यबिक्रम खड्का बताउँछन् ।

‘पुरुषहरुले २५ ग्रामसम्मका गहना र महिलाले ५० ग्रामसम्मको गहना ल्याउँदा भन्सार लाग्दैन,’  खड्का भन्छन्, ‘तर, झिटी गुण्टाको सुविधा सम्बन्धी सूचनाले नै ल्याउन नपाइने भनेको बेरुवा औँठी, सिक्री र बाला जस्ता गहना ल्याउन पाइन्छ तर त्यसमा भन्सार लाग्छ ।’

कानुन अनुसार भन्सारमा यात्रुहरुलाई व्यवहार गरिने भन्दै उनले त्यसलाई  अन्यथा नबुझ्न पनि आग्रह गरे । अर्थ मन्त्रालयले २०८० जेठमा एक सूचना जारी गर्दै विदेशबाट आउने यात्रुहरुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने स्पष्ट गरेको छ । 

जसअनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहना ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, राजश्व तिरेर १०० ग्रामसम्म काँचो सुन ल्याउन भने पाइन्छ । जसमा ५० ग्रामसम्मका कम र ५० ग्राम देखि १०० ग्रामको हकमा थप धेरै भन्सार महशुल तोकिएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....