हवाई यात्राः असुरक्षासँगै मुलुककै बदनामी

सिधाकुरा

काठमाडौँ । बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा प¥यो । दुर्घटनामा परी हेलिकप्टरका चालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भयो । 


यो आक्कल–झुक्कलमा भएको एउटा दुर्घटनाको संयोग मात्रै होइन । नियमित रुपमा नेपाली आकाशमा भइरहेको एकपछि अर्को दुर्घटनाको निरन्तरता हो । सरकारी तथ्याङ्क अनुसार पनि यो नेपाली हवाई दुर्घटनाको इतिहासमा ११० औँ दुर्घटना हो भने पछिल्लो दुई साताको बीचमा भएको दोस्रो हवाई दुर्घटना हो । 

प्रतिकुल भूगोलका बीच अथाह पर्यटनको सम्भावना रहेको मुलुकमा भइरहेको एकपछि अर्को हवाई दुर्घटनामा परी हालसम्म ९६५ जनाको मृत्यु भएको छ । जसमा दुर्घटनामा पर्ने हेलिकप्टरको संख्या ४१ पुगेको छ भने ६९ वटा हवाई जहाज दुर्घटनामा परेका छन् । यी सबै शृंखलावद्ध दुर्घटना न्युनिकरणमा राज्य निरिह बन्दा नेपालको हवाई यात्रा असुरक्षित त बनाएको छ नै हवाई सुरक्षामा मुलुकको बदनामी झनै चुलिएको छ । 

बुधबार दुर्घनामा परेको हेलिकप्टर भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेसीका लागि उडान भरेको थियो । चिनियाँ नागरिकलाई स्याफ्रुबेसी छोडेर त्यहाँबाट भारतीय मुलका अमेरिकी नागरिकलाई काठमाडौँ ल्याउने योजना थियो । तर, विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । 

दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला प¥यो । एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट अरुण मल्ल वरिष्ठ र अनुभवी पाइलट थिए । उनले करिब सात हजार घण्टा उडान भरेका थिए । लोड पनि धेरै थिएन । चार जना मात्रै यात्रु थिए । तर, पनि कसरी दुर्घटना भयो भनेर प्राधिकरणका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । ‘दुर्घटना अप्रत्यासित छ, बुधबारको मौसम सफा थियो । काठमाडौँमा ‘भिएफआर फ्लाइट’ चलिरहेको थियो । काठमाडौँबाट पाँच किलोमिटरसम्मको ‘भिजिबिलिटी क्लियर’ थियो । तर, पनि कसरी दुर्घटना भयो । मौसम बिग्रिएर भयो कि अरु कारणले भयो भन्नेबारे जाँच आयोगको प्रतिवेदनपश्चात मात्रै भन्न सकिन्छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने,‘काठमाडौँको नजिकै जुन किसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ, प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ । एयरलाइन्सको आन्तरिक सेफ्टी अडिट पनि गर्छौँ ।’

भूलले उडान सुरक्षामा प्राधिकरणले गम्भीरतापूर्वक कार्य गरिरहँदा पनि हवाई दुर्घटना दर बढिरहनु चिन्ताको विषय भएको भन्दै एयरलाइन्स सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा पुगेको बताए । ‘अब, यहाँ कर्मसियल कुरा हैन कि एयरलाइन्स चलाउने कि बन्द गर्ने अवस्थामा पुगिसकेका छौँ’, उनले भने, ‘हामीले उडान सुरक्षामा यति गर्दागर्दै पनि किन दुर्घटना भइरहेको छ, भन्ने कुरा पत्ता लगाउन जरुरी छ, प्राधिकरणले सबै एयरलाइन्सको सेफ्टी अडिट इन्भिेष्टिगेसन गरेर आगामी दिनमा कसरी जाने भन्ने रणनीति तय गर्नेछ ।’

एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ । पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा बुधबार भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनःतरङ्गीत बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता भएको बताउँछन् ।  

‘अहिलेसम्म जति पनि हवाई दुर्घटना भएका छन् ती सबै दुर्घटनाले नेपालमा एभिएसन सेफ्टीमा समस्या छ भन्ने सङ्केत गरेको छ,’ उनले भने, ‘हवाई उड्डयन सुरक्षा हिजो पनि समस्या थियो, अहिले झनै समस्या देखिएको छ, त्यसैले नेपालको समग्र ‘सेफ्टी ओभरसाइड क्यापाबिलिटी इनह्यान्स’ गर्नुपर्छ, त्यसका लागि सरकारले नीतिगत रुपमा केके काम गर्नुपर्ने हो त्यसतर्फ ध्यान दिन जरुरी छ ।’

बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको हवाई विज्ञ अच्युत पहाडी बताउँछन् । ‘दुई सातामै दुई वटा दुर्घटना हुनुभनेको दुर्भाग्य हो, तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने, ‘नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ ।’

विज्ञ पहाडीले हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेको उल्लेख गरे । 

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भयो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको छ । मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । मृतक सबैको शव सङ्कलनगरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएका थिए । 

४१ औँ हेलिकप्टर दुर्घटना, ९८ जनाको मृत्यु

नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

त्यसपछि  १९९७ मा कर्णाली एयरको हेलिकप्टर दुर्घटना हुँदा १ जनाले ज्यान गुमाएका थिए । सन् १९९८ मा ३ जना, २००१ मा ४ जना, २००२ मा १३ जना, २००३ मा २ जना, २००५ मा ३ जना, सन् २००६ मा २४ जना, २०१० मा २ जना, २०१३ मा १ जना, २०१४ मा १ जना, २०१५ मा ४ जना, २०१६ मा ७ जना, २०१८ मा १ जना, २०१८ मै ६ जना, २०१९ मा ७ जना, सन् २०१९ मा ७ जना, २०२३ मा १ जनाको मृत्यु भएको थियो । सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको एमआई–१७ हेलिकप्टर दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । यसलाई हेलिकप्टर दुर्घटनामा भएको इतिहासकै सबैभन्दा ठूलो क्षति मानिन्छ । त्यस्तै २०७५ सालमा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । 

१४ अक्टोबर सन् २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । तीन महिनामा दुई हेलिकप्टर दुर्घटना भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको थियो ।

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल १ सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ । यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधबारको हेलिकप्टर दुर्घटनासहित हालसम्म नेपालमा विभिन्न हेलिकप्टर कम्पनीका ४१ आँै दुर्घटना हो । ती दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । 

प्राधिकरणको विवरणमा एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, आठ सिङ्गल इञ्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ । 

बुधबार दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । 

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । 

नेपाल दुर्घटना हुने गरेका विमान दुर्घटनाको प्रमुख कारण खराब मौषम पाइलटको कमजोरीलाई औँल्याइने गरिएको छ । तर, एअरलाईन्स कम्पनीको व्यवस्थापनबाट भएको कमजोरी सर्लक्कै ढाक्ने परिपाटीका कारण नेपाली आकाश निरन्तर बदनाम भईरहेको छ । जसको ज्वलन्त उदाहरण हो २०७९ माघ १ गते भएको यति एअरको विमान दुर्घटना । जसमा ७२ जनाले ज्यान गुमाएका थिए । करिब २ वर्षपछि बाहिरिएको ब्ल्याक बक्स अडियोमा पाइलटले को–पाइलटलाई जहाज उडाउन सिकाउँदै थिए । ७२ जना यात्रु बोकेको प्लेनलाई प्रशिक्षण फ्लाइट बनाउन पाइन्छ ? ७२ जना यात्रुको ज्यान लिने जस्तो जघन्य व्यवस्थापकीय लापरबाही गरेको यति एअरलाई कारबाही त परको कुरा प्रश्न सोध्ने आँट समेत कसैले गरेन । भौगोलिक जटिलता र मौषम दुर्घटनाका कारणमध्येमा पर्न सक्छन् तर लापरवाही गर्नेलाई कारबाही गर्न नसक्ने संयन्त्रका कारण पनि नेपाली आकाश बदनाम बनिरहेको छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....