काठमाडौँको खोला किनारा अतिक्रमणः बालेन र एमाले पुनः आमने सामने

लक्ष्मण गिरी

काठमाडौँ । काठमाडौँको खोला किनारा आसपासको जमिन अतिक्रमणको विषयमा काठमाडौँ महानगर र सरकारको नेतृत्व गरिरहेको एमाले पार्टी बीच पुनः विवाद सृजना भएको छ । सर्वोच्च अदालतको परमादेश कार्यन्वयनका गर्न भन्दै काठमाडौँ महानगरले आफ्नो क्षेत्राधिकार भित्रका खोलाबाट ४० मिटर दूरीमा कुनै पनि संरचना नबनाउन सार्वजनिक सूचना जारी गरेको छ । 

यत्ति मात्रै होइन् महानगरले त्यस्ता बनिरहेका संरचनाको निर्माण रोक्न र अब उपरान्त त्यस क्षेत्रको संरचनामा नगरपालिकाबाट प्रदान गरिने सबै प्रकारको सेवा समेत रोकिएको बताएको छ । काठमाडौँ महानगरका प्रमुख स्तरबाट भएको निर्णयविरुद्ध उनकै महानगरकी उपमेयर सुनिता डङ्गोल तथा सङ्घीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पार्टी पङ्त्ति उभिएको छ ।


महानगरका मेयरको निर्णय र सर्वोच्च अदालतको परमादेश विरुद्ध सरकारले काम गर्नु पर्ने भन्दै एमाले पार्टीका बाग्मती प्रदेशका इन्चार्ज डा। राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोल, पूर्वप्रमुख विद्यासुन्दर शाक्य सहितको प्रतिनिधि मण्डलले आइतबार साँझ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

प्रतिनिधि मण्डलले जनजिविकाका सवालमा प्रधानमन्त्री भेटेको भने पनि मुख्य मुद्दा भने महानगरको निर्णय खारेज गर्नुपर्ने र खोला छेउको ४० मिटर क्षेत्रमा पूर्वाधार निर्माण गर्न रोक लगाउने विषयमा सर्वोच्च विरुद्ध सरकार पुनरावलोकनमा जान सुझाव दिइएको नै रहेको देखिन्छ । 

यसबारे राष्ट्रिय समाचार समितिले पनि समाचार सामाग्री प्रसारण गरेको छ । आफ्नै उपप्रमुख महानगरको निर्णय विरुद्ध पार्टीको प्रधानमन्त्री भेट्न गएको भोलिपल्ट महानगरका मेयर शाहले सामाजिक सञ्जालबाट उक्त प्रकरणको गलत प्रचार नगर्न चेतावनी दिएका दिएका छन् । 

‘सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन,’ बालनले भनेका छन् ‘अदालतको आदेश अनुसार  जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछर्नु होला ।’

मेयर शाहले कागले कान लग्यो भनेर कागको पछि नलागी आफ्नै कान छाम्न पनि एमाले नेता कार्यकर्तालाई भनेका छन् । 

बालेन एमाले विवादको चुरो 

सार्वोच्च अदालतले २०८० पुस ३ गते एउटा मुद्दामा आफ्नो फैसला सुनाउँदै उपत्यकाका ठूला नदी किनाराका सुकुम्बासी बस्तीलाई विकल्पसहित सार्न र नदी किनाराबाट सरकारले तोकेको भन्दा थप २० मिटर क्षेत्र भित्र कुनै संरचना बनाउन नदिने फैसला गरेको थियो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले २०६९ वैशाख ९ गते दायर गरेको रिटमा निर्णय सुनाउँदै न्यायाधिश आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले यस्तो फैसला गरेको थियो । 

सर्वोच्चले नदी क्षेत्रको संरक्षण गर्न विकल्पसहित सुकुम्बासी बस्ती हटाएर त्यसलाई हरियाली क्षेत्र कायम गर्न, नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायतका उपत्यकाका ठूला नदी तथा खोलाहरुका हक सरकारले तोकेको क्षेत्रफलमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन भनिएको छ । 

यसअघि २०६५ साल मंसिर १ गतेको मन्त्रिपरिषद्ले ठूला नदीहरुमा २० र साना नदीहरुमा ४ मिटरसम्म क्षेत्र दायाँ बायाँ छोड्नु पर्ने निर्णय गरेको थियो । साथै सर्वोच्च अदालतले पहिले नै अनुमति लिएर बनेको संरचनाको हकमा क्षतिपूर्ति दिएर अधिग्रहण गर्न र खोलाको बहाव क्षेत्र छुट्याउन फैसलामा भनेको छ । 

यही फैसललाई टेकेर साउन ३० गते काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै फैसलाले तोकेको क्षेत्रमा पूर्वाधार निर्माणमा रोक लगाएको छ । अब काठमाडौँका ठूला खोला किनाराका ४० मिटर  र साना खोलामा दायाँ बायाँ २४ मिटरसम्म क्षेत्रभित्र नयाँ संरचना निर्माण गर्न नक्सा पास पाइने छैन् । जग्गा र निर्माण भइसकेका सम्पत्ति बैंकमा धितो राख्न पाइने छैन भने सरकारले चाहे बनिसकेका संरचना मुआब्जा दिएर भत्काउन सक्नेछ ।

कुन नदी क्षेत्रमा कति क्षेत्र खाली गर्नु पर्छ ?

काठमाडौँ महानगरकाअनुसार सर्वोच्चको फैसलाले अब काठमाडौँमा बग्ने नदी तथा खोलाहरुको दायाँ बायाँ कम्तिमा २४ मिटर देखि बढीमा ४० मिटरसम्म खाली छोड्नु पर्ने छ । यस अघि सरकारले बागमती, विष्णुमति र मनोहरा नदीमा २० मिटर क्षेत्र नदीलाई छाड्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएका खोलामा थप २० मिटर छाड्न सर्वोच्चले भनेको छ । अब यि खोलाको दुवैतर्फको ४० ४० मिटर किनारा खोलाको क्षेत्र भएको छ । 

धोवीखोलाको आयोजना भएको स्थानमा प्रजोजेक्टको प्लानिङअनुसारको दुरी र बाहेका ९ मिटर यस अघि सरकारले छोड्न भनेको थियो अब यस क्षेत्रमा थप २० मिटर क्षेत्र छोड्नु पर्नेछ । अर्थात खोालको २९ मिटर दायाँ बायाँ अब कुनै पनि संरचना बनाउन पाइने छैन् । नख्खु खोलामा सरकारले निर्णय गरेको पहिलेको १२ मिटरमा अब २० मिटर थपिएको छ । यो खोलाको दायाँ बायाँ अब ३२ ३२ मिटर क्षेत्र खोलालाई छोड्नु पर्नेछ । 

बल्खु, कर्मनासा,कोइकु, साङ्ले र महादेव खोलामा यस अघि १० मिटर खोलालाई छोडिएको थियो तर अब त्यो बढेर ३० मिटर पुगेको छ । करखुसी खोलामा यस अघि ६ मिटर छोडुन भनिएका अब २० मिटर थपिए पछि खोलाको दायाँ बाँया छोड्नु पर्ने क्षेत्रफल २६ मिटर पुगेको छ । यस्तै, टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४ मिटर दायाँ बायाँ छोड्ने भनिएकामा अब त्यहाँ २० मिटर थपिएर खोलालाई छोड्नु पर्ने क्षेत्रफल २४ मिटर पुगेको छ ।

अधिवक्ता ओम प्रकाश अर्याल सर्वोच्चको परमादेशले नदीको प्राकृतिक बहाबको अधिकारलाई सुनिश्चित गरेको बताउँछन् । उक्त परमादेश सरकार र स्थानीय तहले  अनिवार्य पालना गर्नुपर्ने भन्दै यसबारे कुनै विवाद नै गर्न आवश्यक नरहेको बताउँछन् । ‘खोलाको क्षेत्र खोलालाई छोड अतिक्रमण नगर भनेर परमादेशले भनेको हो,’ अर्याल भन्छन्,‘यसका विपक्षीहरुले पुनरालोकन गर्छ भन्ने कुरा अलग भयो तर अहिलेलाई यो मान्नुको कुनै विकल्प छैन् ।’ सर्वोच्चको परमादेश पछि कुनै पनि स्थानीय तहले नक्सापास दिने, किनबेच गर्ने लगायतका काम गर्न नपाउने उनले प्रष्ट्याए । अब ति क्षेत्र कच्चा अर्थात खोलाको क्षेत्र भएको उनको भनाई छ । 

अदालतको आदेश नमानी अहिले पूर्वाधारमा लगानी गर्ने तर पछि ति संरचना अवैध भए भने जनता अप्ठ्यारो नपरुन्, बरु अहिल्यै ति क्षेत्रमा निर्माणको काम नहोस् भन्ने मात्रै महानगरको उद्देश्य भएको महानगरका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपवेद शाह दाबी गर्छन् । 

खोला किनारामा एमालेको आशक्ति

दुई वर्ष अघि महानगरले थापाथलीको क्षेत्रको सुकुम्बासी हटाउन प्रयास गर्दा एमाले अध्यक्ष ओली नै त्यसको बचाउमा उत्रिएका थिए । उनले मेयर विरुद्ध तुच्छ टिप्पणी गर्दै बागमती किनाराका सुकुम्बासीको बचाउ गरेका थिए । सरकारले असयोग पछि महानर पछि हटेको थियो । तर, अब खोला क्षेत्रको अतिक्रमण विरुद्ध सर्वोच्च अदालतबाटै फराकिलो ब्याख्यासहितको फैसला हात लागेपछि महानगर सो कार्यन्वयनका लागि दृढ देखिन्छ । 

तर, काठमाडौँको खोला किनारा क्षेत्र खाली गर्ने विषय सार्वजनिक चर्चामा आउने बित्तिक्कै अहिलेको सत्ता सञ्चालन गरिरहेको दल नेकपा एमालेलाई सबै भन्दा धेरै टाउको दुख्छ । 

यसको मुख्य कारण हो, खोला नाला र सार्वजनिक क्षेत्र अतिक्रमण गर्नेहरु कि एमाले नेता र तिनका खल्तिका मान्छे हुन् कि एमाले अतिक्रमणकारीको ढाल बनेर भोटको रक्षा गर्छ । तर, अब विषय अदालतबाटै प्रष्ट भइसकेका कारण एमालेका दुवै अडान कमजोर छन् । तर, ओलीको बलमिच्याइँ र बालेनको प्रतिरोधले खोला किनारा खाली गराउने विषय अब थप पेचिलो बन्नेमा कुनै संकोच मान्नु पर्दैन । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....