नेपाल र कतार सरकारबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार काठमाडौँको होटल सोल्टीमा भएको द्विपक्षीय वातापश्चात नेपाल र कतारबिच लगानी र सहकार्यसम्बद्ध सम्झौता भएका हुन् ।
दुई देशबिच युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धान, राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सीबीच समाचार आदाप्रदान, कला र संस्कृति क्षेत्रमा सहकार्य, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै दुई देशका निजी क्षेत्रका थप २ सम्झौतासमेत भएका छन् । कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि सम्झौता भएको छ ।
नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।