काठमाडौँ । गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बागमती तथा हनुमन्ते खोलामा आएको बाढीले काठमाडौँ, ललितपुर र भक्तपुरका नदि किनारका बस्ती डुबानमा परेका हुन् ।
यस्तै सडक, पुलमा समेत क्षति पुर्याएको छ । अहिले ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय क्षेत्रमा बागमतीले डुबान गराएको छ । एमाले पार्टी कार्यालय, फुटबल मैदान, प्रहरी पोष्ट तथा पार्टी प्यालेसमा बाढी बसेको छ ।
बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा पनि बाढी बसेको छ । यस्तै शङ्खमूल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ । कालिमाटी तरकारी बजारमा पनि बाढी पसेको छ ।
ललितपुरको कुपण्डोल स्थित वडा कार्यालय पनि डुबानमा परेको छ भने गोदाबरी खोलामा आएको बाढी पनि बस्ती छिरेको छ । यस्तै भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले पुरानो जगाती पुल नजिकका बस्तीमा क्षेत्र पुर्याएको छ ।