दुग्ध क्षेत्रको दीर्घकालीन समाधान खोज्न सरोकारवालको जोड

सिधाकुरा

काठमाडौ । दुग्ध क्षेत्रका समस्याका दीर्घकालीन समाधान खोजिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। दुध तथा दुग्धजन्य पदार्थको मूल्यबृद्धिलाई नै समस्या समाधानका मुख्य अस्त्र ठान्ने गलत प्रबृत्तिका कारण नै दुध तथा दुग्धजन्य पदार्थको आन्तरिक खपत घट्नुका साथै निर्यातमा समेत प्रभावित भएको विज्ञ तथा सरोकारवालाको जोड छ। 

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रको सहयोग र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्ट (अनाज) सँगको सहकार्यमा नेपाल डेरी एसोसिएसनद्धारा शुक्रबार राजधानीमा आयोजित वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान सम्वन्धि सरोकारबालाबीच अन्तरक्रिया यस्तो सुझाएका हुन्।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादवले कतिपय डेरी व्यवसायीकै कारण दुग्ध क्षेत्रका समस्या समाधान हुन नसकेको बताए । दुग्ध तथा दुग्धजन्य पदार्थको गुणस्तर, विविधिकरण र बजारीकरणमा व्यवसायीतर्फबाट खासै पहल र प्रयास नभएको उहाँको भनाइ थियो । 

कार्यकारी निर्देशक यादवले भने “अन्य क्षेत्रको तुलनामा नेपाल क्षेत्र धेरै मर्यादित व्यवस्थित छ, अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ तर पनि समस्या किन आइरहेका छन् भने व्यवसायीमा दुरदृष्टि भएन, इमान्दारिता देखिएन । यहाँ समाधानभन्दा पनि किसानका नाममा राजनीति हुने गरेको छ । गुणस्तर, बजारीकरण र विविधिकरणमा चासो दिइएन ।” 

दुध तथा दुग्धजन्य पदार्थ खपत बढाउन व्यवसायी-व्यवसायीबीच पनि सम्वन्ध विस्तार गर्न हुनुपर्नेमा यादवको जोड छ ।  उनले भने, “गुणस्तरमा किन ध्यान दिइएन ? किन यहाँका तारे होटलहरुमा स्वदेशी दुध तथा दुग्धजन्य पदार्थ खपत छैन रु यस्ता काम सरकारले गर्ने होइन, व्यवसायी आफैं गर्नुपर्ने काम हो । अर्को कुरा सरकारले त नीतिगत सहजीकरण गर्ने हो, गरिरहेकै छ।”

डेरीविज्ञ तथा कतिपय डेरी व्यवसायीलेसमेत दुग्ध क्षेत्रको समस्या समाधानका लागि मूल्यबृद्धि नभइ उत्पादन लागत घटाउनुपर्नेमा जोड दिएका छन् ।  दुग्ध विकास संस्थानका पूर्व महाप्रवन्ध सियाराम प्रसाद सिंह, अजवलाल यादव, डेरीविज्ञ नारायण श्रेष्ठले पनि दुध तथा दुग्धजन्य पदार्थको उत्पादन लागत घटाएर गुणस्तरमा ध्यान दिएमा आन्तरिक खपत पनि बढ्ने र निर्यात संभावना पनि बढ्ने बताए । छिमेकी मुलुक भारतभन्दा नेपालमा मूल्य प्रतिलिटर १३ रुपैयाँ महँगो रहेको उनीहरुको भनाइ थियो ।

एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले सरकारले अनुदान दिएमा नेपालबाट दुध तथा दुग्धजन्य पदार्थ बंगलादेश निर्यात संंभावना रहेको बताए । भारत बंगलादेश, श्रीलंकालगायतमा निर्यात संभावना हुँदा हुँदै पनि बढी भएकै कारण निर्यात गर्न नसकिएको उनको भनाइ थियो । 

दुग्धजन्य पदार्थ बिक्री नभएकै कारण किसानलाइ भुक्तानी दिन नसकिएको भन्दै उनले  सरकारले सहुलियत कर्जा उपलव्ध गराएमा किसानलाई भुक्तानी दिन डेरी व्यवसायी तयार रहेको पनि बताए ।

केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, पशुपक्षी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी र पशु सेवा विभागका पूर्व महानिर्देशक डा लोकनाथ पौडेलले भने किसानको भुक्तानीमा ढिलाइ गरिए दुग्ध क्षेत्र झनै संकटमा पर्ने भन्दै तत्काल भुक्तानी व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधानमा लाग्नुपर्ने बताए । कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले डेरी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र कृषि उद्यम केन्द्रले पहल गर्ने बताए ।  

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको बजार प्रवद्र्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको बताए । एसोसिएसनले दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीका खाना र विद्यार्थीको खाजामा अनिवार्यरुपमा दुध दुग्धजन्य पदार्थ समावेश गरिनुपर्ने माग गर्दै आएको छ भने सरकारले पनि उक्त व्यवस्था कार्यान्वयनको क्रममा रहेको जनाएको छ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....