दसैँले छपक्कै छोप्यो तर छैन घर जाने बसको टिकट (भिडियाे)

लक्ष्मण गिरी

काठमाडौँ । नवराज पौडेललाई दसैँ मनाउन अछाम पुग्नु छ । तीन दिनदेखि बसपार्क भित्रै काम गर्ने साथीहरूको प्रयासबाट टिकट नपाएपछि उनी सोमबार आफैँ नयाँ बसपार्क पुगे । अछाम जाने बसका सबै काउन्टर धाए । सबै काउन्टरमा टिकट सकिएको सूचना टाँसिएको थियो । 


‘मैले ३ दिनदेखि साथीहरूलाई टिकट बुझिदिन भनेको थिएँ तर कहिल्यै पाइएन भने । त्यसैले म आफैँ आज बसपार्क आएको,’ बसपार्कमा भेटिएका नवराजले सिधाकुरासँग भने, ‘बिहानैदेखि बसपार्कमा गएपछि जसोतसो टिकट पाइन्छ भनेर मुखमा पानी पनि नहाली यहाँ (बसपार्क) आएको । यतिबेला भइसक्यो टिकट पाइएको छैन ।’

दसैँ नजिकिँदै गर्दा बस नभएका कारण घर नपुग्ने डरले उनी छट्पटिएका छन् । केही उपाय नलागे उभिएरै भए पनि घर नगई नहुने उनले सुनाए । ‘ टाढाको बाटो छ । उभिएर र रिजर्भमा मात्रै जान पाइन्छ भन्ने हल्ला सुन्छु, हाम्रो कन्तबिजोग भयो,’ उनले भने ।


सुर्खेतका लागि छुट्न लागेको बसमा चढेका केही यात्रुहरुले बस व्यवसायीले क्याबिनको भनेर काटेको टिकटमा सिट नभएको बताए । बसको सिट समेत तोकेर काटिएको टिकट थमाएपनि मुढामा बसेर र उभिएर जानुपर्ने अवस्था आएको एक यात्रु बताउँछन् । ‘क्याबिन भनेर टिकट काटिएको छ । तर, करिडोरमा उभिएर यात्रा गर्नुपर्ने अवस्था आयो,’ ति यात्रुले भने । 

बसपार्क क्षेत्रमा दसैँमा घर जानका लागि टिकट लिन आएका अधिकांश यात्रुहरू टिकट नपाएको गुनासो गर्छन । कतिपय यात्रुहरूका अनुसार सिटको  भनेर बस मालिकहरूले क्याबिन र मुढाको समेत टिकट काटेको उनीहरूको गुनासो छ । 

काठमाडौँबाट धनगढी जान लागेका बसका अर्का एक यात्रुले पनि आफूहरू आफूले सिटको टिकट काटेको तर सिट नपाएको गुनासो गरे । बस व्यवसायीहरूले काठमाडौँबाट लामो दूरीका लागि छुट्ने बसको टिकट बुक भइसकेको भन्दै अहिले नयाँ टिकट बिक्री बन्द गरेका छन् । 


मङ्गलबार सिधाकुरा टिम बसपार्कको टिकट काउन्टरमा पुग्दा पश्चिम जाने अधिकांश टिकट काउन्टरको बाहिर टिकट खाली नभएको सूचना टाँस गरिएको थियो । टिकट नपाएपछि टिकट लिन पुगेका अधिकांश सर्वसाधारण खाली हात फर्किन बाध्य छन् भने कोही टिकटबिना नै उभिएर यात्रा गर्न बसमा कोचिन विवश देखिन्छन् । 

नेपालगञ्ज, धनगढी, लम्की, अत्तरिया लगायत पश्चिम जाने अधिकांश बसको टिकट सकिएको छ । त्यस्तै कोहलपुर, डडेलधुरा, बैतडी, दार्चुला लगायतका स्थानमा जाने बसको टिकट समेत सकिएको बसपार्कको झ्यालमा टाँसिएको सूचनामा उल्लेख छ । 


यातायात व्यवसायीहरूले गत असोज १२ गतेदेखि लामो रुटमा चल्ने सवारीका लागि अग्रिम टिकट खुल्ला गरेका थिए। असोज १० र ११ गतेदेखि परेको अविरल वर्षा र त्यससँगै आएको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सुरुका दिनमा यात्रुहरुको खासै चाप नभएपनि पछिल्ला दिनहरुमा टिकट काट्नेको भिड लागेको थियो ।

असोज २० गते नै फुलपातिसम्मका लागि अधिकांश स्थानका लागि टिकट बुक भइसकेको व्यवसायीहरु जिकिर गर्छन् । सवारीसाधन समयमै गन्तव्यमा नपुग्दा र नफर्किदाँ पनि यात्रुहरुलाई समस्या भएको व्यवसायी हेमराज भट्ट बताउँछन् । 

‘२४ गतेसम्मका लागि सबै टिकट बिक्री भइसकेको छ,’ टिकट काउन्टरमा भेटिएका उनले भने ‘बाटो खराब भएका कारण भनेकै समयमा गन्तव्यमा पुग्न नसक्दा गाडी अभाव भएको हो । केही गरी गाडीहरु समयमै आउने अवस्था बन्यो भने हामी जसरी पनि यात्रु लाने प्रयास गर्छौँ ।’ यातायात व्यवसायीहरुका अगुवा सरोज सिटौला विपद्का कारण बिग्रिएको सडकको मारमा दसैँका यात्रु परेको बताउँछन् । 

यात्रुहरुलाई जसरी पनि सेवा दिने गरी व्यवस्थापनमा ध्यान दिइए पनि सडकमा अत्याधिक जाम भएका कारण बसहरु गन्तव्यमा पुग्न र फर्कन नसकेको उनले बताए । यसवर्ष यात्रुहरुको चाप कम रहेको तर बसहरु नै विपद्का कारण फसेकाले सेवा प्रवाह असजिलो बनेको उनको दाबी छ ।  


‘हामी सेवा दिन दिनरात नभनी खटेका छौँ । यात्रुहरुलाई सकेसम्म टिकट दिएर सिटमै बसेर घर पठाउन मेहनत गरिरहेका छौँ,’ सिटौलाले भने,‘पहिरोका कारण बिग्रिएका सडकमा ठूलो जामका कारण समस्या भइरहेको छ ।’ चाडपर्वको समयमा पर्याप्त सवारी साधन उपलब्ध गराउन सरकारले तदारुकता नदेखाएको यात्रुहरुको आरोप छ ।    

तर जनताले सास्ती पाइरहँदा उता यातायात व्यवस्था विभागका जिम्मेवार अधिकारी भने सम्पर्कविहिन छन् । 

प्रतिक्रिया

  • 📟 Email; + 1.8276 bitcoin. Next =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=544163cd08f9e853d3771bfd2aff7859& 📟 2 days ago
    xswg44
  • ✂ Notification; TRANSFER 1.82412 BTC. GET =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=544163cd08f9e853d3771bfd2aff7859& ✂ 9 hours ago
    zdnwn0

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....