मृगौला परीक्षण गर्ने समेत पैसा नभएर वीर अस्पतालबाट निकालिए लाकुरे दमाई

लक्ष्मण गिरी

काठमाडाैँ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बारम्बार ‘कोही नेपाली नागरिक उपचार गर्न नसकेर मर्नु पर्दैन’ भन्दै आएका छन् । 


स्वास्थ्य मन्त्रालयमा आफ्नो सय दिन पूरा हुँदाको खुसियाली साट्दा होस् वा वीर अस्पतालको वार्षिकोत्सवको अवसरमा, विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा होस् वा नेपालगञ्जस्थित भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा वा भनौँ जुनसुकै औपचारिक कार्यक्रममा पनि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पटक पटक फलाक्ने एउटै वाक्य हो, ‘गरिब भएर उपचार गर्न नसक्नेको राज्यले निशुल्क उपचार गर्छ’ । तर उनको यो बोली व्यवहारमा भने रत्ति पनि लागू भएको छैन ।

उनले केही महिनाअघि मात्र वीर अस्पतालको १३४ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उपचार अभावले कोही मर्नु पर्दैन भनेका थिए तर त्यही वीर अस्पतालको नेफ्रो वार्डको शय्या नम्बर ३९ मा मृगौलाको समस्या भएर आर्थिक अभावले उपचार नपाउँदा पीडाले छटपटाइरहेका छन् बाँकेका लाकुरे दमाई । 

आफूलाई बचाइदिन गुहार गर्दै देशकै पुरानो र ठूलो सरकारी अस्पतालको शय्यामा पुगेका दमाईले गरिबीका कारण उपचार पाएका छैनन् । 

बाँकेको खजुरा गाउँपालिका २ मा डेरा गरि बस्ने लाकुरे,  एक वर्षयता मृगौलाको रोगबाट ग्रसित छन् । आर्थिक अभावमा उपचार गराउन नसक्दा उनी अहिले उभिन समेत सक्दैनन् । यतिसम्म कि, पैसा नभएकै कारण उनको बायोप्सी ९रोग पत्ता लगाउन मासु परिक्षण गरिने प्रक्रिया ० समेत गर्न पाएका छैनन् । जसका कारण मृगौलामा समस्या भएपनि के समस्या भएको भनेर पहिचान भएको छैन् ।

सुरुमा स्वास्थ्यमा सामान्य समस्या देखापर्दा स्थानीय अस्पतालमा जाँच गराउँदै आएका दमाई पछिल्लो एक महिनायता दुई पाइला पनि हिँड्न नसक्ने भए । 

स्वास्थ्य अवस्था दिनानुदिन बिग्रिँदै गएपछि उनकी श्रीमती सिता परियारले गाउँपालिका र गाउँघरबाट करिब १ लाख रुपैयाँ चन्दा उठाएर १७ दिन अघि उनलाई काठमाडौँ ल्याएकी थिइन् । परिक्षण र औषधी खरिदमै सबै पैसा सकियो । अहिले सिटामोल खाने पैसा  समेत छैन । 

औषधी किन्ने समेत पैसा नभएपछि वीर अस्पतालले लाकुरेलाई घर जान भनेको छ । थप उपचारका लागि परिक्षण गर्नु पर्ने भएपनि पैसा नभएपछि थप परिक्षण हुन सकेको छैन । चिकित्सकले परीक्षणका लागि पैसा जोह गरेपछि आउनु भन्दै अस्पतालबाट डिस्चार्ज गरिदिएका छन् । 

वीर अस्पतालका अनुसार उनको मृगौलामा के समस्या देखा परेको हो भन्ने थाहा पाउन रेनल बायोप्सी अर्थात शरीरको जाँच गराउन भारतमा नमुना पठाउनुपर्छ । त्यसका लागि २५ हजार बढी पैसा लाग्छ ।  तर दमाई दम्पतीले उक्त पैसा जम्मा गर्न नसकेको अस्पताल प्रशासन बताउँछ । 

आफ्नो जीवनको भीख माग्दै काठमाडौँ आएका लाकुरेलाई उपचार र औषधी गर्ने पैसा नहुँदा चिकित्सकले गरेको अपमान खपिनसक्नु छ । 

चिकित्सकले विगत केही दिनदेखि औषधी किन्न लगाएपनि उनीहरूले औषधीसमेत किन्न सकेका छैनन् । अस्पतालले निशुल्क दिएको जाउलोको भरमा उनीहरु दिन कटाइरहेका छन् । 

अस्पतालले निस्केर जानु भन्दै डिस्चार्ज गरिदिएपछि यतिबेला के गर्ने भन्ने विषयमा दमाई दम्पती चिन्तित छन् । उपचार त परको कुरा, घर जाउँ गोजीमा एक रुपैयाँ समेत पैसा छैन्, नजाउँ त अस्पतालले बेड छोड भनिसके । अब अस्पतालको ढोकामा भिख माग्नुको विकल्प छैन । लाकुरे याचना गर्छन् ।

आर्थिक अभावकै कारण उपचार नपाएर  आफू मर्नुपर्ने अवस्थामा आएपछि सहयोगको याचना गरेका छन् । एक छाक कटाएर भएपनि आफूलाई सहयोग गरिदिन उनी अपिल गर्छन् । 

त्यस्तै अहिले उनलाई अस्पतालले डिस्चार्ज त गरिदियो तर घर फर्किने गाडी भाडा समेत नहुँदा उनीहरु अलपत्र भएका छन् ।

६० वर्षीया लाकुरे बाँच्न चाहन्छन् । त्यसका लागि सहयोगी मनहरूको खाँचो छ । तपाईँको सानो सहयोगले एक नेपालीले नयाँ जीवन पाउने छ । यदि कसैले लाकुरेलाई आर्थिक सहयोग गर्न चाहेमा तल दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै दिइएको उनको बैंक खातामा समेत पैसा जम्मा गर्न सक्नुहुनेछ । 

नाम : लाकुरे दमाई

सम्पर्क नम्बर : ९८०२६४७३३४

बैंक खाता : कुमारी बैंक, रिमझिम बजार शाखा, बाँके (१७३०२८७९४१४००००१)

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....