बाल श्रमविरुद्ध सिंहदरबारभित्र बालेन : साता दिनदेखि रेकी गरेर अपरेशन

लक्ष्मण गिरी

काठमाडौँ । बुधबार दिउँसो बाल श्रम विरुद्धको अपरेशनका लागि महानगरको प्रहरीसहितको टोली ४ वटा गाडी लिएर सिंहदरबार प्रवेश गर्यो । श्रम मन्त्रालयमा पुगेर उक्त टोलीले केही कानुनी प्रक्रिया पुरा गर्यो र बाल श्रम शोषण विरुद्ध सिंहदरबार भित्र छापा सुरु गर्यो। 


छापाकै क्रममा उक्त टोली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चमेना गृहमा पुग्यो । चमेना गृह सञ्चालकसँग महानगरको टोलीले त्यहाँ कार्यरत कर्मचारीको विवरण माग गरे । चमेनागृह सञ्चालकले उक्त विवरण टिपाए । त्यहाँ काम गर्ने एक जना मात्रै बाल श्रमिक भएको खुल्यो । 

महानगरको टोलीले सञ्चालकलाई सोधे, ‘अर्का बालक खोई ?’ क्यान्टिन सञ्चालक अक्क न बक्क भए । उनले टार्न खोजे । ‘अरु छैनन् सर ।’ 

महानगरका कर्मचारीले ढुक्कका साथ सोधे ‘५ जुन अर्थात जेठ २३ गतेको सिसिटिभी फुटेज कहाँ छ ? त्यसदिन यहाँ काम गर्ने अर्का बाल श्रमिक थिए । अहिले उनी कहाँ छन् ?’ 


चमेना गृह सञ्चालक निःशब्द र लज्जित भएर भने ‘सिसिटिभीको फुटेज मन्त्रालयको स्टोर रुममा हुन्छ ।’ महानगरले त्यसदिन चमेनामा काम  गरिरहेका बाल श्रमिकबारे स्पष्ट खुलाउन र उक्त दिनको दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्मको सिसिटिभी फुटेज उपलब्ध गराउन निर्देशन दियो र त्यहाँ रहेका एक बाल श्रमिकलाई उद्धार गरेर आफ्नो साथमा लिएर गयो ।

देशभर बाल श्रमिक विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहँदा काठमाडौँ महानगरले भने बालश्रमिक राख्ने कार्य विरुद्ध योजनाबद्ध कारबाही चलाइरहेको थियो । 

कर्मकाण्डी अनुगमन र निर्देशन भन्दा पनि योजनाबद्ध अध्ययन, स्वयंसेवकको गोप्य परिचालन र बाल श्रमिकको प्रयोग निश्चित भएको निष्कर्ष पछि महानगरले छापा हानेर बालबालिकाको उद्धार र श्रम शोषण गर्नेहरू विरुद्ध कडा कारबाही अगाडि बढाइरहेको छ । त्यसैको निशानामा बुधबार केन्द्रिय सत्ता सञ्चालनको मुख्य थलो सिंहदरबार पर्यो । 


महानगरका अनुसार सिंहदरबार भित्रका चमेना गृहमा प्रयोग गरिएका बाल श्रमिकबारे एक साता देखि गोप्य अनुसन्धान गरिएको थियो ।  बुधबार बिहानै देखि महानगरका स्वयंसेवकहरु सिंहदरबारमा रेकीका लागि खटिएका थिए । जसका कारण बुधबार चलाइएको सिंहदरबार भित्रको अपरेशन खेर जान पाएन । 

विश्व बालश्रम विरुद्धको दिवसकै दिन सिंहदरवारबाट ४ जना बालबालिकालाई महानगरले उद्धार गरेको छ । उद्धार गरिएकाहरूका १८ वर्षमुनिका २ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरूमध्ये २ जना बालिकालाई प्रशासनिक अदालतको भवनसँगै रहेको सेन्ट्रल क्यान्टिनबाट, १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्का १ जनालाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको हो । 


उनीहरूलाई उद्धार गरेर महानगरले सुरक्षित गृहमा लगेको छ । उद्धार टोलीका संयोजक धिरज जोशीका अनुसार कानुन विपरित बालबालिकालाई श्रममा लगाउनेलाई कानुनी कारबाही गर्ने र बालबालिकाका लागि क्षतिपूर्ति भराइने महानगरले जनाएको छ । पछिल्लो एक महिना देखि महानगरले बालश्रमिक विरुद्धको गोप्य अभियान चलाइरहेको छ ।  

नागरिकताबिना प्रवेश नपाउने सिंहदरबारमै नागरिकता नभएका बालबालिकाको शोषण

सिंहदरबारभित्र प्रवेश गर्नका लागि एक सामान्य नागरिकले अनेक झमेला झेल्नुपर्छ । भित्र कोही चिनेजानेका आफन्त भए पास मगाउन लगाउनुपर्छ र आफू नागरिकता वा अन्य कुनै परिचय पत्र बोकेर भनेअनुरूपको झ्यालझ्याल चिहाउनुपर्छ । तर, त्यही सिंहदरबारभित्र श्रम शोषण गर्न नागरिकता नै नबनेका बालबालिकाको प्रयोग भएको महानगरका सचिवालय सदस्य धिरज जोशी बताउँछन् । 

‘देशकै ठूलो प्रशासनिक केन्द्र हो सिंहदरबार । यो केन्द्रको परिधिबाट भित्र छिर्न आम नागरिकले नागरिकताबिना छिर्न पाउँदैनन् । नक्कली नागरिकता देखाउँदा पनि छिर्न पाउँदैनन्, सक्कल नै देखाउनुपर्छ । भित्रबाट नै पास पठाएपछि छिर्न पाउने ठाउँमा बाल श्रम शोषण गर्न बालबालिका कसले छिरायो ?’, उनी प्रश्न गर्छन्, ‘बालबालिकाको संरक्षण गर्ने अधिकार राज्यको हो तर राज्य सिंहदरबार भित्र नै देखिएन ।  सिंहदरबारभित्रै राज्य खोई ?'


कानुनले के भन्छ ?

सिंहदरबारभित्रको अनुगमन र बालबालिका उद्धारका क्रममा महानगरको टोलीले प्रत्येक क्यान्टिन सञ्चालकरूलाई अन्त्यमा सम्झाएको एउटा लाइन छ, ‘श्रम स्वीकृति बिना कसैलाई पनि काममा लगाउन पाइँदैन र श्रम स्वीकृति दिनका लागि कामदार १८ वर्षको पुगेको हुनैपर्छ । यदि १८ वर्ष नपुगी काममा लगाएको पुष्टि भएका कारबाहीको भागेदारी हुनुपर्छ । आगामी दिनदेखि यदि त्यस्तो गल्ती नगर्नुहोला ।’ बाल श्रम शोषण गर्न नेपालको कानुनले बर्जित गरेको छ । 

त्यस्तै बालबालिकाको संरक्षण तथा बालबालिकाको अधिकारको सुनिश्चितता गर्नकै लागि काठमाडौँ महानगरले ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । पछिल्लो समय काठमाडौँमा विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना संकलन गर्दै महानगरले सोही कार्यविधिअनुरूप काम गरिरहेको महानगरका सचिवालय सदस्य धिरज जोशी बताउँछन् । महानगरले बालबालिकाको खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको जनाएको छ । 

उद्धार गरेर कहाँ लगिन्छ बालबालिका ?

काठमाडौँ महानगरले सिंहदरबारबाट उद्धार गरेर लगिएका बालबालिकालाई सुरुमा बालबालिका खोजतलास केन्द्रमा लगेर काउन्सिलिङ गरिने जनाएको छ । 

उक्त केन्द्रमा उनीहरूको अवस्था, उनीहरूले भोगेको श्रम शोषणको प्रकृति बुझेर सेफ हाउसमा पठाइने सचिवालय सदस्य जोशीले बताए । त्यहाँ पनि उनीहरूको काउन्सिलिङ हुने उनले बताए । सबै चेकजाँच भएपछि अन्त्यमा उनीहरूको अवस्था बुझेर मनोपरामर्शदाताले रिपोर्ट बुझाएपछि उनीहरूको सुझावअनुरूप कानुनी कारबाही गर्नुपरे गर्ने नत्र बागमती श्रम कार्यालयले कानुन अनुरूप कारबाही गर्ने र जरिवाना तिराउने बताइएको छ ।  

सम्बन्धित समाचार: 

रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को दर्दनाक भोगाइ

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....