काठमाडाैँ । भजनशिरोमणी भक्तराज आचार्यको प्रार्थिव शरीरमा मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । उनलाई श्रद्धाञ्जली दिन नेता, कलाकार तथा सर्वसाधारणहरु सानो गौचरणमा अवस्थित संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पुगेका छन् । आचार्यको सोमबार साँझ निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिने बताइएको छ ।
कार्तिक ७, २०८१ बुधबार |