काठमाडाैँ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ।
वर्षौँदेखि विभिन्न बहाना बनाएर अपलत्र छोडिएका आयोजनाको विवरण पठाउन शुक्रबार मन्त्रालयले परिपत्र गरेको हो । ‘मुलुकको विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना÷योजना संचालन गर्न कार्यालय÷निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र÷रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’, गृहले दिएको निर्देशनमा भनिएको छ ।
त्यस्तै मन्त्रालयले अपलत्र परेका आयोजनालाई पुर्णता दिन सम्बन्धित कार्यालय, निकाय र सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न प्रशासलाई अनुरोधसमेत गरेको छ ।