काठमाडाैँ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए।
नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौँ उपत्यका प्रहरी कार्यालय संघिय संसद सुरक्षा वेस नयाँ बानेश्वरमा कार्यरत दोलखा मेलुङ गाउँपालिका ४ का गोलेले बिहान करिब ८ बजे २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफुले बोकेको ईन्सास राईफलद्वारा निधारमा प्रहार गरी आत्महत्या गरेको रजाैरले बताए ।
घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।