काठमाडौँ उपत्यका सहित देशभरि आज वर्षा भएको छ । प्री मानसून सुरु भएसँगै यस वर्षको पहिलो प्री मानसून वर्षाले उपत्यकाको जनजीवन प्रभावित भएको छ ।
नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।
हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।