काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार पाँच जना एसपीको काज सरुवा गरेको छ ।
एसपीहरु अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, राम प्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगीको काज सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागका अनुसार एसपी अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत पठाइएको छ भने प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाहीलाई तनहुँ पठाइएको छ । यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाहलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।
यस्तै, उदयपुरका एसपी रमेश थापालाई अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल तानिएको छ भने बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगीलाई उदयपुर पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ ।