कुलेश्वरमा किन लखेटिए प्रधानमन्त्री ओलीको विश्वास पात्र वाणिज्यमन्त्री दामोदर भण्डारी

सिधाकुरा

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी । सुदूरपश्चिममा एमालेका युवा नेताको रुपमा लोकप्रिय भण्डारी ओलीको रुचिकै कारण पछिल्लो निर्वाचनयता एउटै मन्त्रालयमा तेस्रो पटक मन्त्रीको भूमिकामा छन् । 

उद्योग, वाणिज्य र व्यापार क्षेत्रमा खासै अनुभव नभएका उनलाई आफ्नो फाइदाअनुसार प्रयोग गर्न प्रधानमन्त्री ओली र उनलाई घेरेको स्वार्थ समूहले २०७९ यता तीन पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएको छ ।

तेस्रो पटक मन्त्री बनेको एक सय दिन नपुग्दै तिनै मन्त्री आइतबार कुलेश्वर क्षेत्रको फलफूल मण्डीबाट लखेटिए । वाणिज्य विभागले तय गरेको बजार अनुगमन कार्यक्रम तालिकानुसार तरकारी तथा फलफूलको बजार अनुगमन गर्न पुगेका मन्त्री भण्डारी करिब २ सय हाराहारीका व्यवसायीहरूले तुच्छ टिप्पणी गर्दै लखेटे ।

आइतबार विभागको टोली र केही सञ्चारकर्मीसमेत पुगेका मन्त्री भण्डारीमाथि व्यवसायीहरूले हुलहुज्जत र नाराबाजी गर्दै विरोध गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए । मन्त्री भागेको भोलिपल्ट सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी र प्रहरी समेत सहभागी एक बैठकले मन्त्री लखेट्ने व्यवसायीहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । अनुगमनमा अवरोध गर्नेलाई कारबाही गर्ने निर्णय भएको जानकारी मङ्गलबार उद्योग मन्त्रीको सचिवालयले सार्वजनिक गरेको हो ।

कालीमाटी र कुलेश्वरका व्यवसायीहरू समेत सहभागी बैठकले अनुगमनमा नसघाउनेलाई अभद्र व्यवहारमा कसुरमा कारबाही गर्ने निर्णय भएको मन्त्री भण्डारीको सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । दशैंको मुखैमा उपभोक्तालाई महँगो मूल्य असुल गर्नेहरु विरुद्ध भएको अनुगमन नियोजित रुपमा बिथोलिएको सरकारी निचोड छ । तर, कुलेश्वर र कालिमाटी क्षेत्रका व्यवसायीहरूले भने सरकारले राहत दिनुपर्ने बेलामा आहत दिएको दाबी गरेका छन् ।

किन लखेटिए उद्योग मन्त्री र विभागका डिजी ? 

अघिल्लो साताको बाढीका कारण काठमाडौँ उपत्यकासहितका काँठका केही जिल्ला नराम्रोसँग प्रभावित भयो । बाढीबाट धनजनको धेरै क्षति भएको मध्ये काठमाडौँको दुई क्षेत्र थिए कालीमाटी र कुलेश्वर ।

बागमती र विष्णुमती नदीको बाढी कुलेश्वर क्षेत्रको खाद्यान्न, तरकारी र फलफूलको होलसेल गोदाम क्षेत्रमा ९ फिटसम्म जमेको थियो । बाढीले व्यापारीका माल समान कुहिनुका साथै खातापाता समेत भिजेका कारण व्यवसायीहरू निरास थिए ।

तरकारी तथा फलफूल व्यवसायी राष्ट्रिय महासंघका महासचिव बिनोद पाण्डेकाअनुसार बजारका साढे ३ सय फलफुल मण्डी मध्ये साढे २ सय वटा बढी पसलमा क्षति पुर्याएको थियो । सबै पसल डुबे पनि धेरै क्षति पुगेका पसलहरुको क्षति मात्रै कम्तीमा २० करोडको हाराहारी भएको उनी बताउँछन् । बाढीले डुबेको बजारमा हिलो समेत सोहोरी नसकेको र बाढीले भिजेको बिल र खाता बगरमा सुकाएर बसेका व्यवसायीहरुमाथि राज्यले फरक व्यवहार गरेको पाण्डे बताउँछन् ।

रातोपाटी डटकमले सार्वजनिक गरेको भिडियोअनुसार फलफूल र तरकारी बजारमा बिलबिजक र मूल्य जाँच गर्दै हिंडेका मन्त्रीलाई व्यापारीहरु लखेटेको देखिन्छ । ‘भ्रष्ट मन्त्री मुर्दावाद, राज्य संयन्त्र मुर्दावाद । राज्य आउने बेला यही हो ? यस्ता फटाहा मन्त्री त एक चाहिएन, दुई चाहिएन, तीन चाहिएन, गुण्डा मन्त्री ?’ सर्वजनिक भएको भिडियोमा विरोध गरिरहेका व्यवसायीहरुले भनेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी डिकबहादुर कार्कीले मन्त्रीसहितको अनुगमन टोलीलाई अवरोध गर्नेलाई सार्वजनिक अपराधको कसुरमा कारबाही गर्न जिल्ला प्रसाशनमा सिफारिस गरिएको बताए । उनकाअनुसार अनुगमन बिथोल्न करिब २ सयको संख्यामा मानिसहरु एकीकृत भएर लागेको भिडियोहरु हेरेर थाहा पाएको बताए । ‘महानिर्देशक स्तरीय बैठकबाट २१ गते सोमबार कारबाहीको निर्णय भएको छ,’ कार्कीले भने,‘सार्वजनिक अपराधको मुद्दामा कारबाही गर्न भनिएको छ ।’ मन्त्रीसहितको अनुगमन बिथोल्न व्यापरीहरु नै लागेको विभागको भनाई छ ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी महासंघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले पनि कालीमाटी, बल्खु र कुलेश्वर क्षेत्रको साझा समस्याबारे राज्यले नबुझेको बताउँछन् । ‘९ फिटसम्म बाढीले डुबेको छ । हिलो र पानी अझै पन्छाउन सकेको छैन् । बाढी गएको २ सातासम्म सरकार के छ भनेर सोध्न आएकै छैन् तर एक्कासी खाता हेर्न आए पछि समस्या भए जस्तो लाग्छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्,‘करोडौँ क्षतिका कारण व्यवसायीहरु चाड नै बिग्रिएको अवस्थामा राज्यले के गर्नु पर्ने थियो ? के गर्यो ? त्यो उसले मूल्यङ्कन गर्नु पर्छ ।’ यो बर्खामा मात्रै कालीमाटी देखि बल्खुसम्म ३ पटक डुबेको उनले बताए । 

कारबाही किन ? 

मन्त्रीमाथि घटना भएको दिन आफू त्यहाँ नरहे पनि सो दिन राज्यका निकाय कुलेश्वर क्षेत्र आएर आहतमा परेका व्यापारीमाथि पिडा दिने काम भएको महासंघका महासचिव बिनोद पाण्डे बताउँछन् । ‘घटना मैले पनि समाचारबाट थाहा पाएँ,’ महासचिव पाण्डे भन्छन्,‘यस्तो नहुनु पर्ने थियो । समस्यामा भएका व्यापारीलाई कस्तो छ भन्ने बुझ्न नआएको राज्य एकाएक बिल बिजक र मूल्य हेर्न आएपछि व्यपारीहरु आक्रोशित भएको हुनुपर्छ ।’ पाण्डे यसै आधारमा थप कारबाही गरिनु झनै गलत भएको बताउँछन् । व्यापारीले पनि गलत गर्न हुन्न राज्यले पनि व्यापारीको समस्या बुझिदिनु पर्ने उनको भनाई छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अध्यक्ष गिता आचार्य राज्यले व्यवसायीलाई तर्साउने काम गरेको बताउँछन् । बाढीले डुबेको व्यापारीलाई नतर्साउन उनले आग्रह गरे । ‘बाढीले डुबेका छन् । करोडौँ गुमाएका छन्,’ आचार्य भन्छन्,‘यस्तो बेलामा मन्त्री स्टण्ड गर्न हिंड्ने होइन ।’ व्यवसायीहरुले यतिबेला राज्यको संरक्षण खोजेको उनले बताए ।

तस्विरःरातोपाटी टिभि

प्रतिक्रिया

  • 💿 Notification; You got a transfer #UU93. Go to withdrawal =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=e022e0fbce295e65a6d1fe8c03b300fc& 💿 2 days ago
    frkxem
  • 📲 You have received a email № 391. Read > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=e022e0fbce295e65a6d1fe8c03b300fc& 📲 9 hours ago
    k4je0x

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....