EXCLUSIVE : फरार अभियुक्तबाट करोडौंको जग्गा हत्याउन कांग्रेस प्रदेश सांसद नै संलग्न

राजु पौडेल , नारायण अर्याल

झापा । कोशी प्रदेशमा निर्वाचित सांसद भुमीप्रसाद राजवंशी फरार अभियुक्तको नाममा रहेको २७ करोड मूल्य पर्ने जग्गा हत्याउन संलग्न रहेको खुलासा भएको छ । 

नेपाली कांग्रेस झापा ३ बाट प्रदेशसभा सदस्य निर्वाचित राजवंशीले अदालत, प्रहरी र स्वयम् पीडितलाई नै झुक्याएर मुद्दा मिलाईदिने बहानामा अभियुक्तको हक लाग्ने ३ बिगाह ७ कठ्ठा क्षेत्रफलको बिर्तामोडको जग्गा नामसारी गराइदिएका हुन् ।

भू–माफियाले लामो समयदेखि आँखा लगाएको झापाको बिर्तामोड ५ जात्रुबाडीकी हिमादेवी चौधरी र चिन्ता सिन्हाको संयुक्त हक लाग्ने जमिन सांसद राजवंशीले भूमाफियाको पञ्जामा पुर्याइदिएका हुन् । किर्ते गरी नामसारी भएको दोस्रो दिन नै उक्त जग्गा ११ जनालाई बिक्रि भएको पाइएको छ ।

२०७४ फागुन ९ गते भारतको पश्चिम बंगालस्थित चैनागिरीमा सुरेन्द्रलाल राजवंशीको शंकास्पद हत्या हुन्छ । राजवंशीको मृत्यु पछि उनको २ श्रीमती जेठी हिमादेवी चौधरी र कान्छी चिन्ता सिन्हाबीच राजवंशीको सम्पत्ति सम्बन्धी विवाद सुरु हुन्छ । 

बिर्तामोड ५ का सुरेन्द्रलाल राजवंशीको हत्या र त्यसपछिको अनुसन्धान र सम्पती किनवेचमा विगतदेखि गिरोह सक्रिय रहेको छ । २०७४ फागुन ९ गते भारतको पश्चिम बंगालस्थित चैनागिरीमा हत्या गरिएका राजवंशीको अनुसन्धानकै क्रममा चलखेल देखिएको थियो । इलाका प्रहरी कार्यलय अनारमनीका तत्कालिन डिएसपी कृष्ण कोइराला, असई अम्बिका पोखरेलको संलग्नतामा अर्जुनधाराका टेकबहादुर लिम्बु र चारपानेका धैरज राजवंशी जग्गा हत्याउन लागेका थिए ।

तर, आरोपित मध्ये कान्छि श्रीमती चिन्ता सिन्हा पक्राउ नपरेको भन्दै २०७८ पुस २७ गते अदालतले मुद्दा मुल्तबीमा राख्छ । सिन्हा फौजदारी कसुरका फरार अभियुक्त साबित हुन्छिन् । 


पतिको हत्यापछि पतिका नाममा रहेको जमिन आफ्नो नाममा एकलौटी पार्न जेठी श्रीमती हिमादेवीले विभिन्न निकाय गुहार्दै आएकी थिइन् । उनले मालपोत कार्यालय झापामा एकलौटी बनाउन निवेदन  पनि दिइन् । 

तर, मालपोत कार्यालयले २०७६ मंसिर ८ गते मृतककी कान्छी श्रीमती सिन्हा रहेको भन्दै अदालतबाट हकदार कायम गरी ल्याउन भनेको सिधाकुरालाई प्राप्त कागजातमा उल्लेख छ । जेठी श्रीमती हिमादेवीले अपुताली रोलक्रमबाट सिन्हालाई हटाई पाउँ भन्दै जिल्ला अदालत झापामा मुद्दा दायर गरिन् । २०७८ साल पुस २७ गते झपा जिल्ला अदालतले चौधरीको दाबीसँग सहमत हुन नसकिने फैसला गर्यो । 

अर्थात हत्या, शरीर बन्धक र अपहरण मुद्दामा अदालतमा आरोपितको रुपमा रहेकी कान्छी श्रीमतीको पनि सम्पत्तिमा हक लाग्ने भन्दै अदालतले उनको अनुमतिबिना हिमादेवीको माग अनुसार फैसला नहुने आदेश दियो । सुरेन्द्रलाल राजवंशीको हत्या नै सोही जग्गा किनबेचसँग सम्बन्धित रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो । तर, गिरोहको जग्गा हत्याउने प्रयास भने अदालत पुग्दा पनि अझै सम्भव भएको थिएन ।   

अनि जग्गा हत्याउन लागे प्रदेश सांसद 

सुरेन्द्रलाल राजवंशीको हत्या, त्यसपछिको मालपोत र अड्डा–अदालतको चक्र सकिदा पनि जग्गा माफियाले भने जसरी स्वार्थ पुरा भने भएको थिएन । त्यसपछि नेपाली कांग्रेसका प्रदेश सांसद भुमी प्रसाद राजवंशी यो प्रकरणमा प्रवेश गरे । सांसद राजवंशीले जग्गा हत्याउन अदालतको फरार सूचीमा रहेकी चिन्ता सिन्हालाई फकाउन भारत नै पुगे ।  

झापा जिल्ला अदालतबाट फरार सूचीमा रहेकी उनको मुद्दा मिलाईदिने भन्दै सांसदले कुराकानी अघि बढाए । सिन्हाका दाई सुप्रभवत सिन्हाकाअनुसार कोशी प्रदेशका सांसद राजवंशीले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै डर देखाएर मुद्दा मिलाइदिने भन्दै धम्क्याउन थाले । 

नेपाली कांग्रेसका प्रदेश सांसद भुमी प्रसाद राजवंशी

‘हाम्रो पारिवारिक आर्थिक अवस्था कमजोर थियो,’ सुप्रभवतले सिधाकुरासँग भने, ‘यही कमजोरीमा खेलेर उनले पटक पटक मुद्दा मिलाउने भन्दै घरमै आएर प्रलोभन देखाउने देखि डर त्रास समेत देखाए ।’ 

दाई सुप्रवात सिन्हाकाअनुसार राजवंशीले घटनापछि सहनाभुती दिन भन्दै घरमा पुगेका थिए । सिन्हाका अनुसार अदालतमा आफूले सबै सेटिङ मिलाएकाले चिन्ता अदालतमा उपस्थित भए धरौटीमा छुटाउने भन्दै नेपाल बोलाएका थिए । अदालतमा उपस्थित हुने भन्दै नेपाल आएका चिन्ता सिन्हा र उनका दाइलाई सांसद राजवंशीले मालपोत पुर्याए र औँठा छाप लगाए । सुप्रवातका अनुसार मालपोतको काम सकिएपछि मात्रै उनीहरुले जग्गा बिक्री नामसारी भएको पत्तो पाएका थिए । 

फरार भनिएकी चिन्ता सिन्हा र उनका दाइ सुप्रवात सिन्हा

सांसद राजवंशी र फरार रहेकी सिन्ह्वाकी दाई सुप्रभत सिन्हाको गोप्य म्यासेज सिधाकुरालाई प्राप्त भएको छ । ह्वाट्सएपमा भएको संवादमा राजवंशीले काम गर्ने हो कि होइन भनेर कुराकानी सुरु गरेका छन् । अधिकांस समय अडियो संवाद गरेका सांसद राजवंशीले २० हजार र ३० हजार भारुका दरले पैसा पठाएको स्क्रीनसट तथा भौचार पठाइरहेको देखिन्छ । 

म्यासेजमा सांसद राजवंशले कहिले आफू विराटनगरमा संसदमा छु भनेका छन् भने कहिले काठमाडौँ छु भन्दै म्यासेज गरेका छन् । साथै उनले जग्गा नामसारी नगरे सबै परिवारलाई मुद्दा चल्ने, नेपाल प्रहरीले भारतमै आएर भएपनि पक्राउ गर्ने भन्दै बारम्बार धम्कीपुर्ण म्यासेज गरेको देखिन्छ ।


मालपोत प्रशासन हातमा लिएर काम

रोचक कुरा त के छ भने सबै जग्गा हिमादेवीको नाममा एकलौटी भएको दोस्रो दिननै १७ जनालाई विक्री भएको छ । २०७९ पुस १२ गते हिमादेवी र सिन्हा जग्गाधनी भएको संयुक्त जग्गाको नामसारीका लागि बिर्तामोड–८ को वडा कार्यलयले जग्गा नामसारी सिफारिस बनाईदिएको देखिन्छ ।

सोही सिफारिस सहित भुमिसुधार तथा मालपोल कार्यालयमा फरार अभियुक्त सिन्हा स्वयम् उपस्थित भएर २०७९ पुस १३ गते हक छाडेको र १४ गते जग्गा नामसारी गरेको देखिएको छ । बिर्तामोड वडा नम्बर ८ को कार्यालय र मालपोत कार्यालय झापाले अदालत र आफ्नै आदेशविरुद्ध जग्गा नामसारी गर्दै राजिनामा पास गराइदिएको छ ।


सिन्हाले सबै जमिनको हक छाडी हिमादेवी चौधरीका नाममा एकलौटी गराएको भोलिपल्टै एकैदिनमा ११ जनालाई राजिनामा पास गरेको देखिन्छ । १७ वटा फरक फरक कित्ता नम्बर भएका ३ विगाह ७ कठ्ठा जमिन बिर्तामोड र भद्रपुरका प्रतिष्ठित मारवाडी र उनका श्रीमती तथा आफन्तका नाममा जग्गा पास गराइएको छ । 

बिर्तामोडमा हाल जग्गाको चलनचल्तीको मुल्य कठ्ठाको ५० देखि ६० लाख रुपैयाँ छ । हिमादेवीले ३ विघा ७ कठ्ठा अर्थात कुल ६७ कठ्ठा जमिन ४० लाख प्रति कठ्ठाका दरमा बेचेको एक खरिदकर्ता स्वीकार गर्छन् । तर, मालपोतमा भने ७ करोड १३ लाखको मात्रै थैली राखिएको  देखिन्छ । स्रोतका अनुसार उक्त जग्गा करिब २७ करोडमा खरिद बिक्री भएको छ । ठुलो रकममा चलखेल गर्न सकिने भएपछि २०७४ साल देखिनै यो जग्गामा धेरैको आँखा परेको स्थानीय बताउँछन् । 

जग्गा विक्री गर्न तगारो बनेकी राजंवशीकी कान्छि श्रीमती सिन्हाबाट जग्गा फुत्काउन बिर्तामोड नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जंङ्गे भनेर चिनिने अजय कार्कीदेखि तत्कालिन मालपोत कार्यालयका अधिकृत दीपेन्द्र खत्री लगायतका कर्मचारीहरुको सहयोगी बनेको प्राप्त प्रमाणहरुबाट खुल्छ । यो सबै घटनाको पछाडी कोशी प्रदेशका प्रदेश सांसद भुमीप्रसाद राजवंशीले राजनीतिक आवरण नै प्रमुख भएको जानकारहरु बताउँछन् ।  

प्रहरी भन्छ 'खोजी कार्य जारी छ' 

३ बिघा ७ कठ्ठा जमिन हिमादेवीको एकलौटी भएपछी करोडौँमा बेच्न मिल्ने लोभमा प्रदेश सांसद राजवंशीले पनि लाखौँ खर्चेर सिन्हालाई झापामा मात्रै ल्याएका छैनन्, नेपालमा चलेका सबै मुद्दा मिलाइदिने सर्तसहित २ लाख रुपैयाँ त यातायात खर्च नै दिएको खुलेको छ । झापा कै प्रशासनमा उपस्थित भएर फरार अभियुक्तलाई झुक्यानमा पारेर गलत लिखतमार्फत जग्गा हत्याउँदा पनि प्रहरी प्रशासन भने अनविज्ञ छ । 

झापाका एसपी दुर्गाराज रेग्मीले अदालतले फरार सूचीमा रहेका व्यक्ति प्रहरीको खोजी सूचीमा रहने बताउँछन् । तर चिन्ता सिन्हा वडा कार्यालय र मालपोत कार्यालयमा आएर जग्गा नामसारी गरेको विषयमा भने उनले जानकारी नभएको बताए । 

जग्गा हत्याउने किर्तेमा संलग्न सांसद राजवंशीले आफ्नो संलग्नता अस्विकार गरे । लामो प्रयासपछि  सिधाकुराको सम्पर्कमा आएका राजवंशीलाई हामीले सांसदले नै फरार अभियुक्तलाई झापा मालपोत पुर्याएर जग्गा नामसारी गरी विक्री गराउन भुमिका खेल्न मिल्छ भन्ने  प्रश्न सोधेका थियौँ ? जवाफमा उनले भने, ‘मलाई केही थाहा छैन् ।’ उनले आफूमाथि आरोप लगाउन  खोजेको भन्दै घटनामा संलग्न प्रमाण देखाउन माग गरे । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....