ललितपुर। किसानहरू खेतमा धान रोप्न व्यस्त छन्। वर्षा पश्चात धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन् । देशका अधिकांश फाँटमा किसानहरूलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ ।
ललितपुरको बुङ्गमती क्षेत्रमा किसानहरू धान रोप्न सुरु गरिसकेका छन् । पानी ढिला पर्नुले धान रोप्न ढिला भएको किसानहरू बताउँछन्। ललितपुरको बुङ्गमती, खोकना धान उत्पादन हुने क्षेत्र हुन् । असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लगाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ ।