स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !

सिधाकुरा

काठमाडाैँ । डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ । मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेङ्गी सङ्क्रमणको जोखिम बढेको हो । 

मङ्गलबार अपराह्न मन्त्रालय परिसरमा पुग्दा पार्किस्थलको छेउमा रहेका साना टहराको चेपमा रहेका पुराना टायरमा सफा पानी जमेको देखिन्थ्यो । स्वास्थ्यकर्मीका अनुसार डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । पुराना टायर, ड्रम, खाली बट्टा, पुराना भाँडाकुँडालगायतमा रहेको सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो । 

तर, सिङ्गो गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको जिम्मा लिएको मन्त्रालय नै डेङ्गीको सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्नमा चुकेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट अलग्गिएर छुट्टै मन्त्रालयको अस्तित्वमा आएको स्वास्थ्य मन्त्रालय अहिले प्रदेश स्वास्थ्य निर्देशनालयको भवनबाट सञ्चालन भइरहेको छ । मन्त्रालयका भित्री कक्ष र कोठा सफा र चिटिक्क देखिएपछि बाहिरी परिसर भने अव्यस्थित देखिन्छ । मुख्य भवनको अगाडिपट्टि रहेको उद्यान पनि सरसरफाइ नहुँदा घाँसको झाडीले ढाकिएको छ । 

चमेना गृहबाट निस्कने फोहर पनि भवनको पछाडिपट्टि लगेर जथाभावी फाल्ने गरिएको भेटिएको छ । पत्रु परेका गाडी, फर्निचरलगायत सामग्री समयमा लिलाम नगरी भद्रगोल अवस्थामा राखिएको छ । पार्किङ परिसरमै थन्किएको मिनिट्रकभरि टायर, कार्पेटलगायत कवाडी सामान अलपत्र छाडिएको छ । खुला ठाउँमा राखिएका ती सामानमा पनि आकाशबाट परेको पानी जमेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक गरेकै दिन मन्त्रालयको सरसफाइको अवस्था दयनीय थियो । हातमुख धुने बेसिनको पाइप फुटेपछि पानीको निकासका लागि तलपट्टि फोहर राख्ने भाँडो थापिएको थियो । 

पुराना फलामका सामान, जस्ता पाता, प्लाष्टिक, पानीका खाली बोतल जहीतहीँ छरिएको अवस्थामा थिए । अरुलाई सरसफाइको सबक सिकाउने स्वास्थ्य मन्त्रालयकै सरसफाइको अवस्था किन त्यस्तो रु मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले मन्त्रालयलमा नियमित सरसफाइ गर्ने गरिए पनि कतै छुटेको हुन सक्ने बताए । 'सरसफाइमा कमी भएको रहेछ भने हामी सम्बन्धित कर्मचारीलाई कुरा गर्छौँ, नयाँ मन्त्रालय भएकाले पनि केही व्यवस्थापकीय काम गर्न बाँकी छ', उनले भने ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताए । महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । 'वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ' रेग्मीले भने ।

जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको उनले बताए । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उनको भनाइ छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको रेग्मीले बताउनुभयो । डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभर हालसम्म झण्डै १२ हजार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा मात्रै गत पुसयता पाँच हजार बढीमा सङ्क्रमण पुष्टि भएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो ।  

आगामी कात्तिक महिनासम्म डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने देखिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर ५, ८ लगायतका वडा डेङ्गीबाट बढी प्रभावित भएको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....