स्वास्थ्य चौकी छ, जाने बाटो छैन

सिधाकुरा

८ असोज,बागलुङ । सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन ।

काठेखोला गाउँपालिका–२ भीमापोखरा स्वास्थ्य चौकीको भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ । वरिपरि झार उम्रेको छ । बाहिरबाट हेर्दा यो झाडीभित्रको जीर्ण घरजस्तो देखिन्छ । झण्डै  तीनकरोड लागतमा बनेको यो भवन अलपत्र परिरहेको बेला नजिकैको पुरानो भवनमा भने ठाउँ नपुगेर सेवा प्रवाह गर्न बाध्य भइरहेको स्वास्थ्यकर्मी बताउँछन् । 

नयाँ भवनबाट दिनुपर्ने सेवा पुरानो भवनबाट दिँदा ठाउँ अभाव भएको छ । ‘बर्थिङ सेन्टर’समेत रहेको भीमापोखरामा प्रसूति कक्ष, बिरामी जाँच, स्वास्थ्यकर्मीको आबाससहित प्रशासन कक्ष र ‘कोल्डचेन’ कोठा बनाउन पुग्ने गरी भवन भने अलपत्र परेको हो ।

भवन बनिसकेर पनि स्वास्थ्य चौकीमा जाने सडक नभएपछि अलपत्र परेको हो । पहिला पूर्वी खण्डबाट जाने सडक बनाउने सहमतिअनुसार भवन बनेको थियो भने अहिले पश्चिमतर्फको जग्गा खोजी भएकोमा जग्गावालाले नदिएर भवन उपयोगविहीन भएको स्थानीयले बताएका छन् । “हामीले पूर्वतर्फको बाटोमा जोड्ने गरी भवन बनाएका हौँ, तर अहिले घर जोखिममा पर्ने भएर सडक जोडिएको छैन”, काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सोम शर्माले भने, “पश्चिमतर्पmको सडक खुलाउने सहमति भइनसकेकाले ढिला भएको हो ।” 

स्वास्थ्य चौकीका प्रमुख आशिस सापकोटाले भवन बनिसकेपछि सरुवा भएर आएकाले पूर्वशर्त के कस्तो भएका छन् भन्ने बुझ्न नसकेको जानकारी दिए । 

पूर्वसहमति भएको तर्फको सडक नखुलाइएको र पछि नजिक परेपछि जग्गा माग्दा नपाएको उनले बताए । बनेको भवन जीर्ण भएको तर पुरानो भवनमा बसेर काम गर्न अप्ठेरो भएको स्वास्थ्यकर्मी बताउँछन् । 

स्वास्थ्य चौकीमा दक्ष प्रसूतिकर्मीको दरबन्दी छ तर कोठा अभावमा गोपनीयता स्वास्थ्यकर्मीको गुनासो छ । उपचारपछि राख्ने कोठा तथा सरसफाइका लागि भित्रै शौचालयको अभाव छ । नयाँ भवनमा सबै व्यवस्थापन भए पनि सञ्चालनमा आउन नसकेको हो । बनेको भवन हालको सडकदेखि सिँढीबाट झर्नुपर्ने स्थानमा छ । पश्चिमतर्फ बाँसघारी छ । त्यो फाल्दा पहिरो जाने खतरा छ भने पूर्वतर्फ सडक खन्दा दुईवटा घर बग्ने जोखिम छ । 

स्थानीयले चार रोपनी जमिन दिएपछि भवन बनाउने अवसर पाए पनि प्रयोगमा ल्याउन समस्या भएको वडा अध्यक्ष विद्यापति शर्माले बताए ।

भवन सञ्चालनमा ढिला भएकाले उपचारमा आउने बिरामी पनि फर्केर सदरमुकाम जाने गरेको स्थानीय गीता शाहीले बताइन् । 

“भवन जीर्ण भएको र नयाँमा सर्न नपाएकोले बिरामीले गाडी भेटेसम्म सदरमुकाम धाउँछन्”, उनले भनिन्, “कसको पहलले भवन सञ्चालनमा आउने होला ?” 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....