ओखलढुंगा । पहिरोमा पुरिएर ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी गाउँपालिका ५ सेर्नाकी ४० वर्षीया देवी खत्री रहेकी छिन् ।
गयराती गएको पहिरोले खत्रीको घर पुरेको हो । पहिरोले घर पुर्दा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका गाउँपालिकाका प्रमुख निशान्त शर्माले जानकारी दिए । घाइते मध्ये बाबुराम खत्रीको अवस्था चिन्ताजनक रहेको शर्माले बताए ।
घटना घटेको थाहा पाउनासाथ प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनाको थप विवरण आउन बाँकि छ