काठमाडौँ । काठमाडौँको न्यूराेडमा काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक किनारा सडक विभागले फेरि बनाउन थालेको छ । सोमबार बिहान सडक विभागको टोली न्यूरोड पुगेर महानगरले भत्काएकाे सडक किनारामा ग्राभेल भर्ने, कालोपत्रे हालेकाे हाे ।
काठमाडौँ महानगरपालिकाले फुटपाथ मापदण्ड भन्दा कम भएको भन्दै मुख्य सडकको किनारा काटेर फुटपाथ विस्तार गर्न लागेको छ । साथै महानगरपालिकाले यसअघिनै सडक विभागलाई पत्र काटेर फुटपाथ विस्तारका विषयमा जवाफ मागेपनि सडक विभागले कुनै जवाफ नदिएको महानगरको मेयर बालेन्द्र साह बालेनले नगर समितिको बैठकमा बताएका थिए ।
साथै दैनिक एक लाख पैदल यात्रु हिड्ने फुटपाथ मापदण्ड अनुरुप नभएको भन्दै मापदण्ड अनुसारको फुटपाथ बनाउनका सडक काटिएको जवाफ दिएको थिए ।
त्यसपछि गत शुक्रबार विभागले बालेनसँग जवाफ माग्दै कानुनी प्रक्रियामा जाने बताएकाे थियो । तर आज भने विभागले भत्काएको सडक पुर्न थालेको छ ।
तस्विरः सुदिप श्रेष्ठ