महिला यात्रुले नाटकीय ढङ्गले लुटिन इन्ड्राइभ चालक, इन्ड्राइभ कम्पनीले भन्यो, ‘हामी जिम्मा लिन्नौँ’

लक्ष्मण गिरी

काठमाडौँ । जुम्ला घर भएका सुरेन्द्र श्रेष्ठ (परिवर्तित नाम) विगत ३ महिनादेखि लोकसेवाको तयारी गर्दै पार्ट टाइममा अनलाइन राइड सेयरिङ प्लेटफर्म मार्फत यात्रु बोक्थे । 

कलङ्की बस्ने सुरेन्द्र गत भदौ २५ गते भक्तपुरको कमलविनायकस्थित आमा भेट्न गएका थिए । फर्कने बेला साँझ परिसकेको थियो । फर्कँदा खाली जानु भन्दा कोही यात्रुलाई लिएर गए तेल खर्च निस्कने सोचेर उनी इन्ड्राइभमा अनलाइनमा यात्रु पर्खिए । 


सोही क्रममा साँझको ६ बजेर ५३ मिनेट जाँदा उनलाई जोरपाटीका लागि एउटा रिक्वेस्ट (अनुरोध) आयो । उनले सो रिक्वेस्ट एसेप्ट (स्वीकार) गरे र यात्रुलाई फोन गरे । फोन गरेर यात्रु भएको लोकेसन (स्थान) मै पुगेका सुरेन्द्रले एक युवतीलाई पिक गरेर (उठाएर) गन्तव्यतर्फ लागे । 

चढेको केही समयमै ति महिला यात्रुले 'आफूसँग साथमा पैसा नभएको र मोबाइलमा पनि चार्ज सकिएका कारण गन्तव्यमा पुगेपछि ममीसँग पैसा मागेर दिने' बताइन । चालक सुरेन्द्रले पनि सो कुरा सजिलै स्वीकार गरे । 

त्यसको केही समयमै सुरेन्द्रलाई इन्ड्राइभबाट आएको त्यो रिक्वेस्ट क्यान्सिल अर्थात रद्द भयो । युवतीले 'मोबाइलमा चार्ज सकिन लागेको' बताएका कारण चार्ज सकियो होला भन्ने सोचेर सुरेन्द्रले वास्ता गरेनन् ।


यात्रा केही पार गरेपछि ति युवतीले पुनः 'घरमा आमा बिरामी भएका कारण औषधी लैजान पर्ने, आफूसँग साथमा पैसा र मोबाइलमा चार्ज नभएको' भन्दै सुरेन्द्रलाई ३ हजार दिन अनुरोध गरिन् । उनले सो पैसा समेत 'घरमा पुगेपछि आमासँग मागेर दिने' बताइन् । बिरामी नै भएको भनेपछि सुरेन्द्रले केही नसोची दिनभरि राइड गरेर कमाएको ३ हजार पैसा ती युवतीलाई थमाए । 

‘आमा नै बिरामी परेको भनेपछि कसो नदिउँ भन्ने लाग्यो । केही नसोची दिनभरि खाजा नखाई कमाएको पैसा उनको हातमा थमाइदिएँ ।’, सुरेन्द्रले सिधाकुरासँग भने, ‘हेर्दा सोझी थिइन् । मादक पदार्थ, लागू पदार्थ खाएर हिँड्ने खालको पनि लागेन । त्यही भएर पैसा दिएँ ।’

यतिसम्म कि सुरेन्द्रले आफ्नो बाइकमा तेल हाल्नुपर्ने भएपनि ती युवतीलाई पैसा दिएर आफूले बाटोमा अनलाइनबाट तेल हालेको पैसा तिरे ।

ती युवतीले एक फार्मेसीमा पुगेपछि सुरेन्द्रलाई औषधी किन्नका लागि भन्दै बाइक रोक्न भनिन् । फार्मेसीमा गएर औषधीसमेत किनिन् र गन्तव्यतिर लागिन् । 

उनीहरु इन्ड्राइभमा हालेको लोकेसन अर्थात जोरपाटी पुल नजिकै पुगे । तर, ती युवतीले 'घर अलिक भित्र भएका कारण त्यहाँ लगिदिन' अनुरोध गरिन् । राइड सेयरिङमा त्यस्तो भइरहने भएकाले सुरेन्द्रले युवतीले भनेकै स्थानमा पुर्याइदिए । 

गन्तव्यमा पुगेपछि ती युवतीले आमालाई भन्दै एक महिलालाई कल गरेर 'पैसा ल्याइदिन' अनुरोध गरिन् । ती महिलाले 'हुन्छ' भने पनि नआएपछि ती युवतीले नजिकैको पसललाई देखाउँदै 'त्यहाँबाट पैसा लिएर आउने' बताइन र पसलतर्फ लागिन् । त्यस समयसम्म सुरेन्द्रले बाइक फर्काउन लागे ।


बाइक फर्काएर २ मिनेट पर्खँदासमेत ती युवती नआएपछि उनले भक्तपुरमा ती युवतीलाई पिक गर्ने समयमा इन्ड्राइभ मार्फत कल गरेको नम्बरमा पुनः कल गरे । सो नम्बरमा कल गर्दा एक युवकले फोन उठाएर 'आफू कमलविनायकमा रहेको र ती युवतीले राइड बुक गरिदिन आग्रह गरेकाले आफूले इन्ड्राइभ गरिदिएको' बताए । 

उनले फोन काटे र ती युवतीले देखाएको पसलमा गए । 'ती युवती पैसा लिन भनेर त्यहाँ आएको' बताउँदै उनको खोजी गरे । तर, पसलमा भएका व्यापारीले 'आफ्नोमा कोही नआएको र मंगलबार मात्र त्यसै गरि युवतीहरुले सो स्थानमा ४/५  जनालाई ठगेको' जानकारी दिए । 

त्यसपछि भने सुरेन्द्रलाई आफू ठगिएको थाहा भयो । केही समय युवतीको पर्खाइमा त्यहि पसलमा पर्खि बसे । तर, युवती आउने कुनै पत्तो भएन । 

पसलेले समेत 'ती युवती त्यही स्थानमा बस्ने भए उनको फोटो हेरेर चिन्न सक्ने' बताए । त्यसपछि सुरेन्द्रले आफूले तेल हालेको पेट्रोल पम्प र ती युवतीले औषधी किनेको फार्मेसीमा सिसिटिभी चेक गर्न गए । त्यहाँबाट सिसिटिभी फुटेज लिएर ती पसलेकहाँ पुगेका सुरेन्द्रलाई 'आफूले ती युवती कहिल्यै नदेखेको' प्रतिक्रिया दिए । 


दिनभरी कमाएको पैसा लुटिएपछि उनी बुधबार बिहानै कमलविनायकस्थित ती युवतीलाई इन्ड्राइभ गरिदिने पसलमा पुगे र 'आफू लुटिएको' बताए । त्यतिमात्रै हैन, उनीहरुकै मिलेमतोमा आफू ठगिएको बताउँदै प्रहरीमा उजुरी दिने बताए । तर ती व्यक्तिले 'उनी आफूकहाँ आएको ग्राहक मात्रै भएको' प्रतिक्रिया दिए ।

त्यसपछि उनी ती युवतीविरुद्ध उजुरी दिन प्रहरी वृत बौद्ध पुगे । त्यहाँको प्रहरीले समेत 'इन्ड्राइभ कम्पनीले केही उजुरी नदिइ केही नहुने' भन्दै सुरेन्द्रलाई फर्काइदिए । 

उनले त्यसपछि इन्ड्राइभको नेपालस्थित सपोर्ट सेन्टरमा आफू ठगिएको जानकारी गराए । तर, इन्ड्राइभले गैर जिम्मेवार जवाफ पठायो । नेपालमा आफ्नो  कार्यालय नभएको बताउँदै इन्ड्राइभले एक्सन लिन्छौँ त भन्यो तर सहयोग भने गरेन । ‘ठगिएकोमा दुख व्यक्त गर्छौँ, हामी एक्सन लिन्छौँ’ चालकलाई इन्ड्राइभले पठाएको मेसेजमा भनिएको छ । 

घटना घटेको एक साता बित्न लाग्दासमेत कम्पनीले थप केही प्रतिक्रिया नदिएपछि सुरेन्द्रले पुन कम्पनीलाई झक्झकाए तर कम्पनीले आफू जिम्मेवार नहुने बतायो । ‘यसमा हामीले केही गर्न सक्दैनौँ ।’, कम्पनीले भनेको छ, ‘यो क्यान्सिल भएको राइड मा न हामीले कमिसन लिएका छौँ । राइड क्यान्सिल गर्ने सबैबाट हुन्छ । हामीले यो केही गर्न मिल्दैन ।’ 

आफू लुटिएकाे र साे विषय सरोकारवाला निकायमा जानकारी गराउँदासमेत वास्ता नगरेको भन्दै उनी सिधाकुराको कार्यालय आए । 

'आफू लुटिए पनि अरु राइडर नलुटिउन् भन्ने सोचेर आफू मिडियामा आउन चाहेको' उनी बताउँछन् । तीनै ठगिएका युवक सुरेन्द्रसँग सिधाकुराले गरेको कुराकानी यस्तो छ :

पूरा भिडियो :

नोटः पीडित युवकको अनुरोधमा उनको पहिचान गोप्य राखिएको छ ।

प्रतिक्रिया

  • 🛡 You have 1 message № 113. Open >> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1 27 days ago
    eyj33r

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....