काठमाडौँ । सिमलतालको भेलबाढीसँगै त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजिका लागि भारतीय उद्धार टोली नेपाल आएको छ । गृह मन्त्रालयका अनुसार प्राविधिक सहयोगका लागि मन्त्रालयको अनुुरोधपछि १२ जनाको उद्धार टोली काठमाडौँ आएर घटनास्थलमा जाँदै छन् ।
असार २८ गते नारायणगढ मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेका २ वटा बस र ६२ यात्रु मध्ये अहिलेसम्म २३ यात्रुकाो मात्रै शव भेटिएको छ भने बसको अवस्था पत्तो लागेको छैन ।
नेपालका तिनवटै सुरक्षा निकायले नेपालमा उपलब्ध भएका सबै स्रोत साधनको प्रयोग गरि खोजि कार्य जारी राखेपनि अपेक्षित उपलब्धी प्राप्त नभएपछि थप प्राविधिक तथा दक्ष जनशक्तिका लागि भारतसँग सहयोग मागिएको थियो ।