काठमाडौँ । काठमाडौँको विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी भाडा नतिरी फरार भएको छ । विशाल बजार कम्पनीका अनुसार भाडामा पार्किङ सञ्चालन गर्ने कम्पनी झण्डै ५ करोड रुपैयाँ भाडा नतिरी सम्पर्क बाहिर छ ।
पार्किङ सञ्चालनका लागि अनुमति पाएको उज्वल निर्माण सेवाले भाडा नतिरेको कम्पनीले जनाएको छ । फर्मका सञ्चालक तेजबहादुर महत हुन् । उक्त फर्मले सम्झौता बराबरको ४ करोड ९२ लाख ६८ हजार ८४० रुपैयाँ भाडा नतिरेको कम्पनीले जनाएको छ ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार भाडा नतिरी कम्पनी फरार भएपछि भाडा चुक्ता गर्न आउनका लागि सम्झौताकर्ताका लागि ३५ दिने सूचना जारी गरिएको छ । भाडामा पार्किङ गर्न अनुमति पाएको कम्पनीको ठेगाना हुम्ला सिमीकोट हो ।