काठमाडाैँ । मन्त्रीपरिषद् बैठकले निर्णय नगरिदिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकाश भएका छन्।
गत असार १० गते गृहमन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
असार १८ गते एआइजी उमेशराज जोशी उमेरहदका कारण अवकाशमा गएका थिए। उनी अवकाशमा जानुपूर्व नै समितिले एआइजीमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको थियो। सिफारिसका आधारमा पोखरेल पनि उमेर हदका कारण २ दिनका लागि मात्रै एआइजी हुनेवाला थिए तर उनको विषयमा मन्त्रीपरिषद बैठकले कुनै निर्णय नगर्दा उनी डिआइजीमै अवकास भएका हुन् ।
डिआइजी पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख थिए।
प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीको उमेर हद ५६ वर्ष हो । त्यसपछि उनीहरु स्वत अवकासमा जाने प्रावधान छ ।