सबथोक गुमाएका बेसहारा प्रियंका–मनिषा, बाबुको हत्यापछि आमाले जङ्गलमा छाडिन

जियालाल साह

वीरगंज । गत फागुन ३ गते पर्साको धोबिनी गाउँपालिका -४ की ८५ वर्षीया देवन्दी देवीको निधन भयो । बयोवृद्ध उनको कालगतिको मृत्युपछि गाउँलेहरूले सोही दिन साँझ सिक्टा नदीको छठिया घाटमा शव लिएर पुगे । तर, अन्तिम संस्कार गर्ने परिवारका सदस्य कोही भएनन् । गाउँकै कसैले मृतककी छोरीकी जेठी छोरी अर्थात नातिनी प्रियङ्कालाई दागबत्ती दिन लगाउने प्रस्ताव गरे । 

घरमा पुगेर १० वर्षीया प्रियङ्कालाई घाटमा ल्याइयो । छिमेकी र आफन्तहरूकै सल्लाहमा नातिनीले हजुरआमालाई अन्तिम दागबत्ती दिइन । १० वर्षको कलिलो उमेरमा छठिया घाटको चिसो सिरेटोमा हजुरआमाको देहलिला समाप्त हुँदै गर्दा प्रियङ्का चिच्याउँदै रोइरहेकी थिइन । भनिरहेकी थिइन 'मेरो सबैथोक सक्कियो ।'


बाबुको हत्या, आमाले जङ्गलमा छोडिन 

धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडीका दशई ठाकुर हजाम र देवन्ती देवीको दुई छोरी थिए । छोरीहरू जेठी सुष्मा देवी र कान्छी रमिता देवी । जेठीको भारत विहारको टेढाकटिमा विनोद ठाकुरसँग विवाह भयो भने कान्छी छोरी रमिताको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीका रामबचन ठाकुरसँग बिहे भएको थियो । 

रामबचन ठाकुर र रमिता देवीको कोखबाट दुई वटा छोरीहरू जन्मिए । प्रियङ्का र मनिषा । अहिले प्रियङ्काको उमेर १० वर्षको भयो भने मनिषा ७ वर्षकी मात्रै छिन् ।

वैदेशिक रोजगारीका लागि भारतको पञ्जाब गएको बेला २०७३ सालतिर अज्ञात व्यक्तिले बाबु रामबचनको हत्या गरिदियो । बुबाको हत्या भएकै वर्ष मनिषा जन्मिएकी थिइन । तर, आमा रमिता देवीले बुबाको हत्या भएकै वर्ष प्रियङ्का र मनिषालाई जङ्गलमा छोडेर अर्कैसँग विवाह गरेर भागिन् । 

गाउँलेले जङ्गलमा रुँदै गरेको अवस्थामा दिदी बहिनीको उद्धार गरे । आमाले जङ्गल छोडेका दिदी बहिनीलाई स्थानीयले काकाको घर पुर्याएका थिए । आफ्नै काका श्यामबदन ठाकुरले उनीहरूको रेखदेखको जिम्मा लिन इन्कार गरे । त्यसपछि गाउँलेले मामाघरकी हजुरआमालाई खबर गरे । दुवै जनालाई हजुरआमाको घर पठाए । 

दोस्रो विवाह गरेकी आमाको पनि अकालमै मृत्यु भयो । ७७ वर्षीया वृद्ध हजुरआमाले मजदुरी गरेर र सरकारले प्रदान गरेको वृद्धभत्ताले दुबै दिदी बहिनीलाई जेनतेन खानलाउन  पुर्याएकी थिइन । दुवै दिदी बहिनीलाई स्थानीय विद्यालयमा पढाएकी थिइन् । तर, दिदी बहिनीको एक मात्र सहारा रहेकी देवन्दी देवीको निधन भयो । त्यसपछि दिदी बहिनीको आफ्नो भन्नु कोही रहेनन् ।


किरियामा बेसहारा दिदी बहिनी

पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडीमा अहिले दिदी बहिनी हजुरआमाको किरियामा छन् । हजुरआमाको अन्तिम संस्कारका लागि समेत गाउँलेले एक एक सयका दरले चन्दा उठाएका थिए । तर, जसले श्रम गरेर दुई नातिनी पालेकी थिइन्, उनको नै निधनपछि प्रियङ्का र मनिषाको बिचल्ली भएको छ । 

स्थानीय इन्दुदेवीका अनुसार किरिया बसेकी १० वर्षीया प्रियङ्का कुमारी र बहिनी मनिषा कुमारी दुवैको शरीर गलेको छ । उनीहरु के गर्ने के नगर्ने सोच्न सक्ने अवस्थामा समेत छैनन् । 

स्थानीय नरेश पटेलको एकधुर जग्गामा फुसको छाप्रोमा खाटसमेत नरहेको अवस्थामा पराल ओछ्याएर दिदी बहिनी बस्दै आएका उनी बताउँछन् । ‘यी दुवै दिदी बहिनी चिसोमा डर तथा भयले रातभरि सुत्न सक्दैनन् । जर्जर झुपडीमा बस्दै आएका दुवै दिदी बहिनी यतिबेला हजुरआमाको श्राद्धको लागि रकमको खोजीमा छिन्,’ पटेलले भने । घरमा भएको केही अन्न र स्थानीयले मागिदिएको २५ सय रुपैयाँले हजुरआमाको श्राद्ध र आफ्नो खर्च पढाई कसरी गर्ने भन्नेमा दिदी बहिनी अलमल छन्। उनीहरूले सहयोगका लागि मनकारीहरूसँग अपिल समेत गरेका छन् । 



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....