काठमाडौं । आईसीसी टी २० विश्वकप अमेरिकामा सुरु भएको छ । सन् २०२४ का लागि सुरु भएको उद्घाटन खेल डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा सुरु भएको हो ।
उद्घाटन खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेको हो । यि दुवै टीम पहिलो पटक विश्वकप खेल्दैछन् । आयोजकको रुपमा अमेरिका सीधैं विश्वकपमा छनोट भएको हो भने क्यानडा अमेरिकी क्षेत्रको छनोट चरण जितेर विश्वकपमा पुगेको हो ।
यो समाचार तयार पार्दासम्म खेलको पहिलो पारी सकिएर क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ५ विकेटको क्षतिमा क्यानडाले १९४ रन बनाएको हो । अमेरिकाले जबाफी ब्याटिङ सुरु गरेको छ ।