सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ?

सिधाकुरा

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो । कायम भएको नयाँ मूल्यअनुसार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेकाे छ । तेजावी सुनको मूल्य एक लाख २९ हजार ४ सय र चाँदीको मूल्य एक हजार ५ सय २५ रुपैयाँ प्रतितोला कायम भएको छ । 


अघिल्लो दिनको तुलनामा एकै दिन तोलामा २ हजार एक सय रुपैयाँले मूल्य बढेपछि सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । पछिल्लो ४५ दिनयता उकालो लागिरहेको सुनको मूल्य अझै बढ्न सक्ने अनुमान अन्तराष्ट्रिय बजारमा गरिएको छ । 

नेपाली बजारमा फागुन एक गते यता ४५ दिनको मूल्य हेर्ने हो भने सुनको मूल्य तोलामा १२ हजार ३ सय रुपैयाँले बढेको छ । पछिल्लो एक महिना (१६ फागुन देखि चैत १६ सम्म) को मूल्य तुलना गर्दा तोलामै सुनको मूल्य ११ हजार ८ सय रुपैयाँले बढेको छ । 

एकै दिन तोलामा २१ सय रुपैयाँले मूल्य बढेर सुनको बिक्रि मूल्य एक लाख ३० हजार रुपैयाँ पुग्दा विवाह जस्ता शुभ कार्यको तयारी गरिरहेकाहरु महँगीले खुत्रुक्कै भएका छन् । सुन किन्न नसक्ने अवस्थामा उपभोक्ता पुग्नुको अर्थ सुनको बजार शिथिल हुनु हो । 

नेपालमा झण्डै २० हजार भन्दा बढीको संख्यामा रहेको सुन पसलमा यतिबेला सुनको कारोबार ओरालो लागेको सुन व्यवसायी किसान सुनुवार बताउँछन् । मूल्य बढेको बेला छिटफुट पुरानो सुन बिक्रि गर्न आउने बाहेक नयाँ गहनका लागि सुन किन्न त परको कुरा सुनको भाउ सोध्न समेत मानिसहरु नआएको व्यापारीहरुले बताएका छन् । काँचो सुनको मूल्यमा भएको बृद्धिले नै महँगो बनेको सुनमा ज्याला र जर्तीसमेत जोडिँदा सुन थप बहुमूल्य बनेको छ । 

सुन चाँदी व्यवसायी महासंघकाअनुसार एक तोला छापावाल सुनको गहना बनाउन ज्याल र जर्ती गरेर १८ हजार रुपैयाँ थप शुल्क लाग्छ भने तेजावी सुनको एक तोलाको गहना बनाउँदा २१ हजार ५ सय रुपैयाँ सुनमा थप गर्नुपर्छ । 

मानौँ तपाईंले एक तोलाको छापावाल सुनको सिक्रि किन्दै हुनुहुन्छ भने त्यसको आजको दिनको मूल्य एक लाख ४८ हजार रुपैयाँ पर्छ । तेजावी सुनको सिक्रि किन्दै हुनुहुन्छ भने त्यसको तयारी गहनको मूल्य एक लाख ५० हजार ९ सय रुपैयाँ पर्छ ।

कारोबार प्रभावित 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा भएको बृद्धिका कारण नयाँ सुनको बिक्रि प्रभावित भएको छ । महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार पुरानो गहना बिक्रि गर्ने छिटफुट बाहेक नयाँ गहना किन्न मानिसहरुले रुची देखाइरहेका छैनन् । 

अत्यवश्यक परेकाहरु बाहेकले सुनको गहना नकिनेको उनले बताए । यसै नै अफ सिजनको बेला बढेको मूल्यले व्यवसायीहरु थप समस्यामा परेको महासचिव बज्राचार्य बताउँछन् । 

बजारमा सुनको बिक्रि नहुँदा औपचारिक प्रणालीबाट आयात भएको सुन,  बैंकमा थन्किएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघकाअनुसार शुक्रबारसम्म नेपालका सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुमा ४ सय किलो सुन बिक्रि नभएर बसेको छ ।

किन बढीरहेको छ मूल्य ?

नेपालमा औपचारिक रुपमा उत्खनन्् र प्रशोधन नभएको बहुमूल्य धातु सुनको मूल्यको सबै कारण अन्तराष्ट्रिय बजार नै हो । अन्तराष्ट्रिय बजारमा मूल्य जे जस्तो हुन्छ त्यसैका आधारमा नेपालमा सुनको मूल्य तय हुने भएकाले यसमा नेपाली व्यवसायीहरुको खास भूमिका हुँदैन । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य विश्वका ठूला फेडरल बैंकहरुले कटौती गरेको बैंक निक्षेपको ब्याज र रुसी राष्ट्रपतिमा भ्लादीमिर पुटिनको पुनः विजय सुनको मूल्य बृद्धिको प्रमुख कारण भएको बताउँछन् । 

फेडरल बैंकहरुले निक्षेपको ब्याज कटौती गर्दा लगानीकर्ताहरु बैंकमा पैसा राख्दा भन्दा सुन खरिद गर्दा राम्रो प्रतिफल पाइने भन्दै सुनमा आक्रामक लगानी बृद्धि गरिरहेका छन् । जसका कारण सुनको माग अन्तराष्ट्रिय बजारमा बढेको छ । अर्कोतर्फ पुटिनले राष्ट्रपति निर्वाचन लगत्तै रुसलाई एक्ल्याउने प्रयास गरे घातक हतियारको प्रयोग हुनसंक्ने संकेत गरेपछि कतिपयले त्यसलाई परमाणु युद्धको संकेत भनी ब्याख्या गर्दा विश्व अर्थतन्त्र तरंगित भएको अनुमान गरिएको छ । 

कुनै कारणबस ठूलो युद्ध भएमा पैसाको मूल्य नहुने भन्दै  मानिसहरु सुनमा लगानी गर्न थालेको विश्लेषण गरिएको छ । पछिल्लो एक वर्षमा सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔँस २६०.७८ डलरले बढेको छ । पछिल्लो एक महिनामा मात्रै प्रतिऔंस १९७.६४ अमेरिकी डलरले सुनको मूल्य बढेको छ । 

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान भइरहेका कारण नेपाली बजार यसबाट थप प्रभावित हुनसक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....