स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ (अडियोसहित)

सिधाकुरा

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का बुद्धिमान राई, नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिमित छन् । राईले वार्षिक ३५ सय रुपैयाँ बीमा शुल्क तिर्दै आएका छन् । यसबाट पाउने स्वास्थ्य सेवा लिनका लागि उनको नजिकको स्वास्थ्य केन्द्र हो, चौदण्डीगढी नगरपालिकाको आधारभुत नगर अस्पताल । पुस ४ गते स्वास्थ्यमा समस्या देखिएपछि राई अस्पताल पुगे । स्वास्थ्य बीमा भएपछि १ लाख बराबरको उपचारका लागि ढुक्क थिए ।


चिकित्सकले उनलाई औषधि लेखिदिए । सबै औषधिको भुक्तानी स्वास्थ्य बीमाले कभर गर्ने भनेपनि लेखिएका सबै औषधि अस्पतालको फार्मेसीले दिएन । उनी फार्मेसीले दिएको मात्रै औषधी बोकेर घर फर्किए । तर नपाएका औषधीको जानकारी पुर्जीमा कतै उल्लेख गरिएन । बुद्धिमानले मात्र नभई चौदण्डीगढी आधारभुत अस्पतालमा स्वास्थ्य बिमाबाट पाइने सेवा लिन पुग्ने सबैले भोग्ने समस्या यही हो ।

बिरामीलाई चाहिने र स्वास्थ्य बिमाबाटै पाइने औषधि समेत नदिने फार्मेसी र अस्पतालका कर्मचारीले स्वास्थ्य बिमा बोर्डमा भने बिरामी पुर्जीमा लेखिएका सबै औषधिको भुक्तानी दाबी गर्ने गरेका छन् । पुर्जी लेखिएका तर नदिइएका औषधिको मात्र नभई, पुर्जीमा औषधिको नाम थप गरेर समेत भुक्तानी दाबी हुने गरेको अस्पतालका चिकित्सकले नै खुलासा गरेका छन् । 


यस्तो गर्दा पत्तो नै नपाई बिमित बिरामीले लिएको सेवा भन्दै धेरै रकम उनीहरूले पाउने १ लाख बराबरको थैलीबाट घट्दै जान्छ । बुद्धिमानका आफन्त बुद्धीहाङ राईसँग कुरा गर्दै चौदण्डीगढी आधारभुत अस्पतालका चिकित्सक डा.नन्दन साहले बिरामीको पुर्जी दुरुपयोग गरेर स्वास्थ्य बिमाको रकम हिनामिना भैरहेको बताएको हुन् ।

सिधाकुरालाई प्राप्त भएको डा.साहको अडियो रेकर्डअनुसार बिमित बिरामीको औषधि उपचार गरिएको पुर्जाको नक्कल फाइल चौदण्डीगढी नगर अस्पतालका कर्मचारीसँग पनि हुन्छ । ति पुर्जीमा उल्लेख भएका सबै औषधि बिरामीलाई दिइएको हुँदैन । 

तर कर्मचारीले बिरामीलाई नदिएको औषधिको समेत दाबी माग गर्छन् । डा. साहले भने नदिइएको औषधिको मात्रै होइन, चिकित्सकले लेखेका औषधिमा कर्मचारीले आफैँ थपेर समेत थप रकम भुक्तानी माग गर्छन् । तर बिरामीलाई भने यसको पत्तो हुँदैन ।

साहले अडियोमा भनेका छन्, ‘चिकित्सक भएर २ ओटा औषधि लेखेर पठाइदिएको हुन्छु । त्यो २ लाइनमा अट्छ । तर हस्ताक्षर गर्ने ठाउँ पेजको अन्त्यमा हुन्छ । अन्य ठाउँ खाली हुन्छ । त्यही खाली ठाउँमा थप औषधिको नाम लेखेर भुक्तानीका लागि पठाउने गरिएको छ ।’ उनी थप्छन्, ‘हस्ताक्षर भन्दा तलको औषधि बिमाले रिजेक्ट (अस्विकार) गर्ने भएकाले हस्ताक्षर सबैभन्दा अन्त्यमा मात्र गराउने गरिएको छ ।’ डा. शाहले बिरामीका नाममा पुर्जा बनाएर समेत बिमा रकम भुक्तानी हुने गरेको बताए ।

उनले भने ‘मलाई यति पैसा दिन्छु, नयाँ पुर्जा काट्दे भन्दै फोन आइरहेको हुन्छ । त्यसमा मैले आजसम्म पनि मबाट हुँदैन त्यो कुरा भन्ने गरेको छु । तपाईँले अरुलाई भन्नुहोस्, मबाट चाहिँ हुँदैन यो कुरा भन्ने गरेको छु । तर अरुबाट बिरामीका नाममा पुर्जा बनाएर बिमा रकम भुक्तानी लिने काम भैरहेको छ ।’

चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीले भने बिरामीका नाममा फर्जी पुर्जी बनाएर बिमा भुक्तानी दाबी गर्न नपाइने बताए । उनले भने ‘बिरामीलाई कम औषधी दिएर, धेरै औषधीको रकम भुक्तानी मागिएको छ भने सम्बन्धित सबै कारवाहीमा पर्छन् ।’

यता आधारभुत नगर अस्पतालका प्रमुख समेत रहेका मेयर कालुमान लामाले भने प्रमाणसहित गुनासो आए कारवाही गर्ने बताए । 

स्वास्थ्य विमा बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले भने बिरामीको खाताबाट बढी रकम भुक्तानी गरिएको पाइएमा सम्बन्धित अस्पतालसँगको सम्झौता रद्दसँगै संलग्न व्यक्तिहरूलाई कारवाही हुने बताइन् ।‘बिरामीले सुविधा लिएको एक हप्ता भित्र अस्पतालले भुक्तानीका लागि बोर्डमा पठाइसकेका हुन्छन्, चिकित्सकको हस्ताक्षरसहित प्राप्त भएका कागजपत्रलाई हेरेर भुक्तानी गरिन्छ।’ कडेलले भनिन्, ‘बोर्डमा पठाउने बेलामै फर्जी विवरण भरेर पठाइएको छ भने छानबिन हुन्छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....