अरुण चौधरीः सरकारी जग्गामा लामो हात, २५ कम्पनीका मालिकको हिरासत बास

सिधाकुरा

काठमाडौँ । नेपालको चर्चित ब्यापारिक घरना चौधरी समूहका अरुण कुमार चौधरी पक्राउ परेका छन् । आठ फरक–फरक क्षेत्रका २५ कम्पनी र व्यवसायका मालिक चौधरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहिबार सरकारी जग्गा हिनामिनाको आरोपमा आफ्नै निवासबाट पक्राउ गरेको हो । 

सो आरोपमा ब्यूरोले सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । 


उनीहरुमाथि सरकारी स्वमित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेर सीजी रेसिडेन्सी प्रा.लि.को नाममा नामसारी गरेको आरोप छ ।नेपालको एक मात्र डलर अर्बपति बिनोद चौधरीको सहोदर कान्छो भाइ अरुणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले सीआईबीलाई अनुमति दिइसकेको छ । 

उद्योगी चौधरी पक्राउलाई लिएर निजी क्षेत्रका संघ संस्थाहरुले आपत्ति जनाएका छन् । बिगं्रदो आर्थिक अवस्थालाई थप मलजल गर्न उद्योगी व्यवसायीमाथि राज्यले धरपकड गरेको उद्योगी व्यवसायीहरुको छाता संगठनहरुको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार नै एक विज्ञप्ति जारी गर्दै राज्यले पहिले पक्राउ गरेर प्रमाण जुटाउने शैलीले उद्योगी व्यवसायीको मानमर्दन भएको भन्दै आपत्ति जनाएको छ । 

यस्तै, उद्योगी व्यवसायीहरुको अर्को छाता संस्था नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलनकै आयोजना गरेर आरोप प्रमाणित नहुँदै चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । परिसंघले उद्योगी एवम् व्यवसायी अरुण चौधरी पक्राउको निर्णय सच्याउन पनि माग गरेको छ । 

को हुन पक्राउ परेका चौधरी ?

काठमाडौँको न्यूरोडमा कपडाको व्यापार गर्ने लुनकरणदास चौधरीका ३ भाइ छोराहरु छन् । जेठो बिनोद चौधरी, माइलो बसन्त चौधरी र कान्छो अरुण चौधरी । लुनकरणले सुरु गरेको व्यवसायलाई बिस्तार गर्दै तीनै भाइ मिलेर खडा भयो चौधरी ग्रुप । खाद्य, पेय, निर्माणदेखि सेवा क्षेत्र हुँदै बैंक तथा वित्तिय संस्था, ट्रेडिङदेखि रियल स्टेटसम्म यो समूहको लगानी फैलियो । 

बाबु लुनकरणदासको बिरासतमा बनेको चौधरीको साम्राज्यमा तीनै भाइ एकै ठाउँमा भने रहन सकेनन् । सम्पत्तिको अंशबण्डा गरियो । बाबुको व्यापारको बिणो थामेका जेठो छोरा बिनोदले चौधरी ग्रुप नामको ब्राण्डसहितका धेरै जसो उद्योग र व्यवसाय आफ्नो भागमा राखेर भाइहरुको सम्पत्ति भाग छुट्याए । जसमा माइलो भाइ बसन्त चौधरीको नाममा नर्भिक अस्पताल र पशुपति बिस्कुट उद्योग भाग प¥यो । अरुण चौधरीको भागमा चाँदबाग स्कुल, हिमालयन ब्रुअरी, सुजुकीको नेपाल बिक्री लगायतका कम्पनी भागमा प¥यो । पुख्र्यौली सम्पत्तिका अलवा अरुण आफैँले छुट्टा भिन्दै भएपछि आफ्नो व्यवसायलाई सीजी होल्डिङ्सको नाममा बिस्तार थाले । उनी सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक हुन् । जसअन्र्तगत ८ फरक फरक क्षेत्रका दर्जनौँ उद्योग तथा व्यवसायहरु सञ्चालनमा छन् । 

होल्डिङ्स अन्र्तगत खाद्यन्न देखि रियल स्टेट, रेमिट्यान्स, ट्रेडिङ र अटोमोबाइलमा अरुणले आफ्नो व्यापार बिस्तार गरेका छन् । अटोमोबाइल व्यवसायमा यो समूहले नेपालमा सुजुकी गाडीको एजेन्सी बिक्रि गर्छ । यस्तै नेपाल ल्युव आयल अन्तरर्गत गल्फ लुब्रिकेन्टको कारोबार पनि होल्डिङ्सको प्रमुख कारोबार हो । यस्तै, सीजी लर्निङ अन्र्तगत समूहले भक्तपुरमा काठमाडौँ वल्र्ड स्कुल, सीजी इन्स्टीच्युट अफ म्यानेजमेन्ट, एक्सएल कलेज र प्रिमियर कलेज सञ्चालन गरेको छ ।  

कम्पनीले त्रिशक्ति डिस्टीलरी र हिमालयन ब्रुअरीमार्फत मदिराको उत्पादन र बिक्री गर्ने गरेको छ भने वित्तिय क्षेत्रतर्फ सीजी रेमिट्यान्स कम्पनी सञ्चालनमा छ । कम्पनीले सेफ ब्राण्डमा खाने तेलको उत्पादन र बिक्री पनि गर्दै आएको छ । हस्पिटालिटी क्षेत्र अन्र्तगत होटल र रिर्सोट निर्माण तथा व्यवस्थापनमा पनि यो समूह आक्रामक छ । यो समूहले मिराइकी रिर्सोट, टाइगरल्याण्ड सफारी रिर्सोट सञ्चालन गरिरहेको छ भने भंगेरी दरबार रिर्सोट, क्राउन प्लाजा होटल र लेमन ट्री होटल सञ्चालनको चरणमा छन् । घरजग्गा र अर्पाटमेन्ट कारोबारमा आक्रामक समूहसँग काठमाडौँ उपत्यकामै दर्जनौँ अपार्टमेन्ट  र भिल्लाहरु छन् । 

सीजी प्रोपर्टी अन्तर्गत यो समूहले सीटी स्केप टावर हात्तिवन, सीटी स्केप भिल्ला हात्तिवन र सीजी भिल्ला एक सुनाकोटी परियोजना सम्पन्न गरिसकेको छ । यस्तै, सीजी भिल्ला फेज २ सुनाकोटी, लेक भ्यू फेज १ र २ धापाखेल निर्माणको चरणमा छ । यस्तै सीजी हाइट भैंसेपाटी, बुढानिलकण्ठ, र पनौती फेज एक, दुई, तीन निर्माण सम्पन्न हुने चरणमा छन् । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....