'माथिको आदेश' भन्दै धर्नारत आरतीका बाबुआमा माथि 'प्रहरी ज्यादती' (भिडियो सहित)

सिधाकुरा

छोरीको न्यायका लागि १२१ दिनदेखि माइतीघरमा धर्नारत आरती साहका बाबु आमालाई प्रहरीले माथिको आदेश भन्दै धरपकड गरेको छ ।

आरतीका बाबु विनोद शाह, आमा निर्मला देवी र मामा प्रेम साहलाई प्रहरीले सनिबार धरपकड गरी सिहंदरबार प्रहरी वृतमा पुर्याएको छ । साथै आरतिको न्यायको माग गर्दै लेखिएको तुल ब्यानर समेत च्यातेको छ ।

सिंहदरबार प्रहरी वृतमा प्रहरीको घेरामा रहेको आरतीमा मामाले सिधाकुरासँग भने “आरतिको बाबा बिरामी हुनुहुन्छ, शरीर फुलेको छ, आज पनि हामी अनशनमै थियौ, एक्कासि प्रहरी आएर माथिको आदेश भन्दै हाम्रो पाल ब्यानर च्यात्यो र हामीलाई जबरजस्ती गाडीमा हालेर चौकीमा ल्याएको छ ” ।


प्रहरीवृत्त सिंहदरबारका इन्चार्ज डिएसपी रविन्द्र गुरुङले भने फोन उठाएनन् । धनुषाको जनकपुरमा उपमहानगरपालिका ९ की २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो ।

माइतीपक्षले आरतीका श्रीमान पक्षले दाइजोको निउँमा हत्या गरेको दाबी गर्दै आएका छन् भने श्रीमान पक्षले आरतीले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । विवाह पछि निरन्तर दाइजोको दबाब दिइरहेका परिवारले हत्या गरेर अस्पताल पुर्याएको आरतीका बाबु आमा बताउँछन् ।

आरतिको मृत्यु लगत्तै जनकपुरमा प्रदर्शन गर्दा प्रहरीले हातपात गर्नुका साथै घटना दबाउन खोजेको भन्दै उनीहरू काठमाडौँ आएर धर्न सुरु गरेका हु्न् । प्रहरीले श्रीमानपक्ष सँग मिलेर मुद्दा कमजोर बनाएको बताउँदै आएका छन् ।

उनीहरूले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का र डीएसपी बेदप्रकाश गौतमले अत्याचार गरेको बताउँदै आएका छन् । माइतीघरमा उनीहरूको तस्विर अंकित ब्यानर लगाएर धर्ना बसको शनिबार १२१ दिन पुगेको छ ।

यस अघि बुधबार राति १० बजे उनीहरू बसिरहेको ठाउँमा पुगेर ४ जनाले पाल तथा ब्यानर काटेका थिए । प्रहरीको तस्विर अंकित ब्यानर काट्दै गरेकाहरूले आरतीका बाबु विनोदलाई चक्कु देखाएका थिए । उनीहरूले चिच्याउन थालेपछि त्यहाँबाट भागेका उनीहरू मध्ये एक जनाको फोन खसेको थियो ।

घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर राजकुमार सिहंले उक्त फोन विनोदको हातबाट खोसेर लगेका थिए । धर्नास्थलमा सुरक्षा लागि बसेको हवल्दारलाई इन्स्पेक्टर राजकुमारले नै अन्नपूर्ण न्युरो अस्पतालमा लफडा बन्दै पठाएका थिए तर उक्त समयमा अस्पतालमा कुनै लफडानै भएको थिएन ।

घटना ४ दिनसम्म पनि प्रहरीले न धर्नामा बसेकाहरूलाई गएर चक्कु देखाउँदै प्रहरीको तस्विर अंकित ब्यानर काट्नेलाई नियन्त्रणमा लिएको छैन । बरु शनिबार धर्नामा बसेका आरतीका परिवारलाई नै नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार एसपी खड्का र डीएसपी गौतमले ब्यानरमा आफ्नो फोटो राखेर आँफुहरुलाई मानसिक तनाव भएको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए । त्यसपछि गृह मन्त्रालयकै आदेश अनुसार उक्त पोस्टर हटाउन प्रहरी माइतीघर पुगेको प्रहरीले जनाएको छ । ब्यानर हटाउन नदिएपछी उनिहरुलाई नियन्त्रण लिएको जनाएको छ । उसो त प्रहरीले शनिबार ब्यानर हटाउन आफै गएको स्वीकार गरेपनि बुधबार राति ब्यानर काट्न गएकाहरूका विषयमा भने मौनता साँधेको छ । 

यता आरतीको मृत्यु प्रकरणमा पुर्पपक्षकालागि थुनामा रहेका आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन साहलाई पनि उच्च अदालतले साधारण तारेखमा छाडेको छ । उनीहरूलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....