एमसीसीले बनाउने प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयको बिरोध

सिधाकुरा

२२ भदौ, दमौली । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले बिहीबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै नागरिकको माग तथा गुनासो सुनुवाइ नगरी एकतर्फी रुपमा जग्गा अधिग्रहणको सूचना प्रकाशित गरिएकामा विरोध जनाएका हुन् । 

प्रसारण लाइनको टावर पर्ने भनी उल्लेख गरिएको तारमुनिका बारेमा केही नबोलिएको भन्दै प्रसारण लाइनको सर्भे गर्दादेखि नै आयोजनाबाट वैज्ञानिक रुपमा नसोचिएको बताइएको छ । केही दिनअघिको भेलाबाट स्थानीय जग्गाधनीहरुले सरोकार समितिको गठनसमेत गरेका छन् । सरोकार समितिले एमसिसी परियोजनाको जग्गा अधिग्रहणको नीतिप्रति असहमति जनाउँदै जग्गा अधिग्रहण गर्न नदिने निर्णय गरेको सरोकार समितिका संयोजक उमाकान्त रेग्मीले जानकारी दिए । 

रातमाटे–दमौली–बुटवल चार सय केभी प्रसारण लाइनमा परेका जग्गाधनीहरुसँग कुनै परामर्श नै नगरी जिल्ला प्रशासन कार्यालयले जग्गा अधिग्रहणसम्बन्धी सूचना प्रकाशन गरेकोप्रति आफूहरुको असहमति रहेको उनको भनाइ छ । कृषिलाई प्राथमिकता दिने भनी राज्यले नीति बनाउने भन्ने र विभिन्न बहानामा कृषियोग्य जग्गा नष्ट गर्ने काम भएको सरोकार समितिका सचिव अशोकराज बताउँछन् । उनले उचित विकल्प खोजी प्रसारण लाइन लैजानुपर्नेमा विकल्प नखोजिएको गुनासो गरे । ‘प्रभावित कृषकको पुस्तौँदेखि जीविकोपार्जन गर्दै आएको पैतृक जमिन पूर्ण रुपमा नष्ट हुने हुँदा जग्गा अधिग्रहणमा हाम्रो मन्जुरी छैन ।’

नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि प्रशासन कार्यालयले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको थियो । त्यसका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले यही भदौ १२ गते सूचना जारी गरेको छ । आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा पर्ने जग्गा तथा जग्गामा रहेका घरगोठ, टहरा, कटेरा तथा रूखबिरुवासमेत स्थायी रुपमा अधिग्रहण गर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उदफा १ को प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सो समेतको दाबीका लागि २१ दिने सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए । 

उक्त ऐनको दफा १० अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रूखबिरुवा बालीनालीलगायत अन्य संरचना भए सो समेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा दिन आग्रह गरिएको छ । 

साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए त्यसको कारण खोली ऐनको दफा ११ बमोजिम सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने सहायक प्रजिअ गैरेले बताए । प्रसारण लाइन निर्माणका लागि आँबुखैरेनी गाउँपालिका–४ को पुरेबेसीबाट उत्तर, लोर्याङबाट दक्षिण, सिउरेनीबाट उत्तर, वडा नं ४ कै काफलडाँडाबाट उत्तर, वडा नं ५ को लाब्दीबाट दक्षिण, वडा नं ५ कै बगाई नजिक, वडा नं ६ को डाँडागाउँबाट उत्तर, सिरानुखोलाबाट दक्षिण, घोरेगाउँबेँसीबाट उत्तर, ज्यामिरे र छापस्वााराबाट दक्षिण, जलभञ्ज्याङ नजिकैको जग्गा अधिग्रहण गरिनेछ । 

बन्दीपुर गाउँपालिका–६ को बनगिया नजिक, कल्लेरीबाट उत्तर, गाम्पाबाट दक्षिण, बासपानीबाट उत्तर, वडा नं ३ को माथिल्लो हलथुम्का नजिकै कुकुर्दीबाट दक्षिण, वडा नं २ को बेलकुनाबाट दक्षिण, धितालडाँडाबाट उत्तर, व्यास नगरपालिका–१४ को आफ्रेडाँडाबाट उत्तर, ठूडेगैराबाट दक्षिण, वडा नं १३ को बेलभञ्ज्याङ, डाँडाचोकबाट दक्षिण, चारघरेबाट उत्तर, थामेडाँडा नजिकै, लामेटारीबाट दक्षिण, बेलचौताराबाट उत्तर, भड्खालाबाट दक्षिणतर्फको जग्गा अधिग्रहण गरिनेछ । 

ऋषिङ गाउँपालिका–१ को डाँडाखुदी नजिकै बाँझोबाट उत्तर, अङ्गेरीथुम्का नजिकै तल्लो सेटाङबाट उत्तर, वडा नं ६ को धरमपानीबाट उत्तर, ज्यामिरेखानबाट दक्षिण, वडा नं ७ को देउरीपानीबाट उत्तर, वडा नं ७ को बारी लिकन्दीबाट दक्षिण, वडा नं ८ को नयाँ ऋषिङबाट उत्तर, झिरुवासबाट दक्षिण धारुङबाट उत्तर, वडा नं ८ कै धरुम भञ्ज्याङबाट दक्षिणको जग्गा अधिग्रहण गरिनेछ । 

घिरिङ गाउँपालिका–८ को मोचाबारीबाट दक्षिण गोर्दी र मचाबारीबाट उत्तर, वडा नं ५ को धाकर्दीबाट दक्षिण, बेलभञ्ज्याङबाट पूर्व साभुङ र मानपुरबाट दक्षिण, वडा नं ३ को खिलाबाट दक्षिण, पोखरीछाप र डाँडाथोकबाट दक्षिण, गैराथोक नजिकै, नेवार हटिया नजिकै, सिलिङचोकबाट दक्षिण, वडा नं २ को फलादीबाट दक्षिण, देउरालीबाट उत्तर, दुमकोटबाट उत्तर, वडा नं १ को चङमराङबाट उत्तरतर्फको जग्गा अधिग्रहण गरिनेछ । परियोजनामार्फत रातमाटेदेखि नयाँ दमौली र नयाँ बुटवलदेखि नयाँ दमौलीसम्म प्रसारण लाइन निर्माण हुनेछ ।


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....