जब धनुषाकी १८ वर्षीया रजीना खातुन एक घण्टा शिक्षामन्त्री बनिन्...

सिधाकुरा

जनकपुरधाम ।  ‘रिल’ मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा मन्त्री बन्नु नौलो विषय थिएन । तर ‘रिल’ मा देखेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजीनाले कल्पनासमेत गरेकी थिइनन् ।  

बुधबार उनको जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रजीना एक घण्टाका लागि मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री बनिन्। कहिल्यै मन्त्रालय नटेकेकी १८ वर्षीया युवती एकाएक मन्त्री बनेपछि एकछिन अक्मकिइन् । जब प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले आफू बसेको कुर्सी खाली गरेर रजीनालाई जिम्मेवारी हस्तान्तरण गरे तब यो घटनाले स्वयं रजीना र उनीसँगै आएका बालिकाहरुले हर्षविभोर हुँदै ताली पड्काए । 

कलिलो उमेरकी किशोरी अर्कोतर्फ सीमान्तकृत मुस्लिम समुदायकी एक महिला । प्रदेश सरकारले पहिलो पाँचवर्षे कार्यकाल सकेर दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म सो समुदायबाट कुनै पनि महिलाले मन्त्री बन्ने अवसर पाएका छैनन् । यहीबेला मुस्लिम समुदायकी एक किशोरी मन्त्री बनेपछि माहोल एकछिन खुसीसँगै स्तब्ध बन्यो । रजीना बेलाबेला भावुक बनिन् । 

“मन्त्रालय र मन्त्री बस्ने कोठा कस्ता हुन्छन् भनेर नदेखेकी म एकाएक मन्त्री भएपछि सपनाजस्तै लागिरहेको छ”, मलीन मुद्रामा उनले भनिन्,  “यो जिम्मेवारी मेरो र आम किशोरीहरुको आत्मसम्मान, अवसर र सहभागिताको एक अभिव्यक्ति पनि हो ।”

यो घटना न रिलमा हो न रियलमा । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा गत ११ अक्टोवरदेखि सुरु भएको ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रमअन्तर्गत बुधबार प्रतिकात्मक रुपमा रजीनालाई एकघण्टे मन्त्री बनाइएको हो । यो अभियान सञ्चालन गरिरहेको प्लान इन्टरनेसनल नेपालका अञ्जु शाक्यले किशोरी सशक्तिकरणको एक नियमित अभियानअन्तर्गत यस्तो अभ्यास गरिएको जानकारी दिईन् । 

“अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ देखि विभिन्न सरकारी निकाय, सङ्घसंस्था, मिडिया, दूतावास, शैक्षिक संस्थालगायतमा एक दिनका लागि प्रमुख व्यक्तिको कार्यभार किशोरीलाई हस्तान्तरण गर्ने अभियान चलिरहेको छ”, शाक्यले भनिन्, “यो कार्य देशका विभिन्न सात जिल्लाका ५० जना किशोरीहरूले विभिन्न संस्थामा ५० पदको नेतृत्व लिईसकेका छन् । जिल्ला, प्रदेश, सङ्घीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वका बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्नेमा छलफल हुने गरेको छ ।”

उनका अनुसार सोही अभियानअन्तर्गत मधेस प्रदेशमा पनि ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम भइरहेका छन् । बुधबार बिहान आयोजित उक्त कार्यक्रममा प्रदेश सरकारका शिक्षामन्त्री यादव पनि कार्यक्रम अवधिभरसँगै रहे । सो क्रममा मन्त्रीको हैसियतमा रजीनाले मन्त्रालयका योजना, गतिविधि र कार्यक्रमबारे जानकारी लिनाका साथै सहभागी अन्य सहकर्मीबाट प्रश्नोत्तर शैलीमा जिज्ञासासमेत सुनिन्

जवाफमा मन्त्री रजीनाले भनिन्, “मन्त्रालयका योजना सुनेर मलाई खुसी लागेको छ । तर हाम्रो गाउँघरमा सामुदायिक विद्यालयको अवस्था नाजुक छ । पर्याप्त कक्षाकोठा, टेबुल कुर्ची, शौचालय छैनन् । किशोरीहरुलाई महिनावारी भएका बेला विद्यालय जान निकै कठिन भइरहेको छ । प्याड दिने भनिए पनि हामीले आवश्यकतानुसार पाएका छैनौँ । त्यसकारण भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण सिकाइमा विशेष ध्यानदिन म आग्रह गर्दछु ।”

रजीनाको आत्मविश्वास मिश्रित गुनासो, अपेक्षा र पीडा प्रत्यक्ष हेरिरहेका  मन्त्री यादवले युवतीहरुलाई भविष्यमा नेतृत्व लिन र आत्मविश्वास बढाउनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने धारणा राखे। “मधेस प्रदेश सरकारले किशोरीहरुका लागि बेटी पढाऊ, बेटी बचाउ, छोरी शिक्षा, छोरी बीमा, साइकल वितरणलगायतका योजनाहरु ल्याएको छ”, उनले भने, “ती योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिँदादिँदै पनि सबै ठाउँका समस्या समाधान गर्न सकिएको छैन । म नेतृत्वमा रहुन्जेल तपाईंहरुका गुनासा सम्बोधनको प्रयास गर्नेछु ।”

प्लान इन्टरनेसनल नेपालको पूर्वी क्षेत्रीय कार्यालय जनकपुरका प्रबन्धक रविशङ्कर पण्डितले महिला सशक्तीकरणबारे सचेतना फैलाउन र अवसर पाएमा महिलाले पनि सबै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले रजीनालाई एक दिनका लागि मन्त्री बनाइएको बताए । 

“गल्र्स टेक ओभर अभियानले बालिका तथा किशोरीलाई निर्णायक भूमिकामा राखी उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतीका बारेमा जानकारी लिन, उनीहरुका साझा सवालमा निर्णायकर्ता, नेता तथा परिवर्तनका संवाहकको दृष्टिकोण परिवर्तन गर्न सघाउ पुगोस् भन्ने हाम्रो उद्देह्यले हो ।” साथै किशोरीलाई सशक्त महसुस गराउन, उनीहरूलाई रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

एकघण्टे मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् । शारिरिक रुपमा अपाङ्गतासमेत रहेकी खातुन स्थानीयस्तरमा बालविवाह नियन्त्रण, छोरीलाई शिक्षा, सामाजिक कुरीति तथा कुसंस्कारविरुद्ध एक अभियानीका रुपमा पनि परिचित छिन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....